Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नेकपा (माओबादी केन्द्र) रसुवाको एकता भेला सम्पन्न

\"vela\"रसुवा, ३० साउन । बिभिन्न समयमा बिभाजित भएका माओवादी पार्टीहरु बिच एकता भए सँगै रसुवा जिल्लामा पनि एकता प्रकृयाले औपचारिकता पाएको छ् । नेकपा (माओबादी केन्द्र) रसुवाको जिल्ला एकता भेलाले आगामी असोज ७ र ८ गते जिल्ला सम्मेलन आयोजना गर्ने गरी ३११ सदस्यीय आयोजक समिति गठन गर्दै श्रावन २९ गते कालिकास्थानमा एक भेला सम्पन्न गरेको नेकपा माअ‍ोवादी केन्द्र रसुवाले जनाएको छ । “जनबादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्दै समाजबादी क्रान्तिको दिशामा अघि बढौ, जलबिधुत, जडीबुटी, पर्यटन र रसुवागढी नाकाको सहि सदुपयोग गर्दै सम्वृद्धि रसुवा निर्माणमा अगी बढौ“ भन्ने मुल नाराका साथ नेकपा (माओबादी केन्द्र) का केन्द्रिय स्दस्य ईन्द्र गौतम ’जगतजंग’ को सभापतित्वमा सम्पन्न भेलामा नेकपा (माओबादी केन्द्र) का सचिबालय सदस्य हितबहादुर तामाङ प्रमुख अतिथि रहेका थिए । \"vela कार्यक्रमका बिशेष अतिथिमा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य कमला रोक्का रहेकी थिईन भने अतिथिहरुमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बिमला सुबेदी, केन्दिय सदस्य धर्म अधिकारी ’जगदिश’ लगयत रहेका थिए । भेलाको औपचारिक उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा (माओवादी केन्द्र) का सचिबालय सदस्य हित बहादुर तमाङले गरेका थिए । महाधिबेसन आयोजक समिति सदस्य मेघनाथ घिमिरे ’प्रभाकर’ ले प्रमुख अतिथी, अतिथिहरु लगायत सहभागि सबैलाई स्वागत मन्तब्यद्वारा स्वागत गर्दै भेलाको औचित्य र आवश्यकता बारे प्रकाश परेका थिए भने फुर्बा तामाङ्, उद्धब रिजाल, बसन्त लामा र साहस न्यौपानेले आआफ्नो क्षेत्रको राजनैतीक तथा सांगठनिक रिपोर्टिङ राखेका थिए । पार्टी केन्द्रको सर्कुलर मेघ बहादुर ढकाल (प्रकास)ले बाचन गरेर सुनाएका थिए । कार्यक्रममा प्रशिक्षणात्मक मन्तब्य राख्दै कार्यक्रमका प्रमुख आतिथि तथा माओवादी केन्द्रका सचिबालय सदस्य हित बहादुर तमाङले टुटफुट र विभाजनले माओवादी आन्दोलनमा पारेको असर र एकताको आबस्यकता लगायत समसामयिक राजनीतिका बिषयमा पार्टिका तर्फबाट धारणाहरु राख्दै सम्मेलन आयोजक समितिलाई निर्देसन सहित शुभकामना दिएका थिए । बिशेष अतिथि कमला रोक्काले माओवादीहरु बिभाजित हुँदा परिवर्तनका एजेन्डाहरु पनि पराजित हुने भएकाले रूपान्तरण सहितको एकताको आवश्यकताबोध गरिएकाले नै १० वटा माओवादी पार्टिहरु बिचको एकता सम्भब भएको भन्दै हिजोका टुट्फुट र बिभाजनबाट पाठ सिकेर एकताबद्ध हुँदै जनताको बिचमा गएर पार्टी निर्माण गर्नुपर्ने बताइन । नेकपा (माओवादी केन्द्र) रसुवाका इन्चार्ज बिमला सुबेदीले जिल्ला सम्मेलन आयोजक समितिको प्यानल प्रस्तुत गरेकी थिईन । जसमा ३११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति एक मतले पारीत गरिएको थियो । भेलामा बिमला सुबेदी, धर्म अधिकारी ’जगदीश’ लगायतले शुभकामना मन्तब्य राखेका थिए । त्यसैगरि भेलाले आगामी जिल्ला सम्मेलनमा प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने निर्णय समेत गरेको छ । जिल्ला सम्मेलन आयोजक समितिका सम्योजक ईन्द्र गौतम ’जगतजंग’ ले जिल्ला सम्मेलन भब्यतापुर्बक सम्पन्न गर्नकालागी कार्यविधि सहितको कार्यविभाजन प्रस्तुत गर्दै एकताबद्ध भएर सम्मेलनको तयारीमा लाग्न आग्रह गर्दै भेला समापन गरेका थिए । कार्यक्रमको सन्चालन नेकपा माओवादी केन्द्रका सदस्य माधव लामिछाने ‘समिर’ ले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: