Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन माग

\"parliament1\"काठमाडौँ, ३० साउन । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन, आवश्यकता र प्राथमिकताका आधारमा आयोजना र कार्यक्रमका लागि बजेट विनियोजन गर्न तथा जिविसले दिएको प्रस्तावका आधारमा मात्र बजेट विनियोजन गर्न माग गरे । काँग्रेसकै ज्ञानुकुमारी छन्त्यालले वर्षात्सँगै बागलुङमा भएको बाढीपहिरोका घटनाको तथ्याङ्क प्रस्तुत गर्दै पीडितलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न ध्यानाकर्षण गराइन । नेकपा ९एमाले०का केशवप्रसाद बडालले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले देशको शिर उठाउने ढङ्गबाट लिएको अडान, निर्णय र कामलाई अवमूल्यन हुने काम नगर्न वर्तमान सरकारलाई सझाव दिए । नेकपा ९माओवादी केन्द्र०का छमबहादुर गुरुङले प्राकृतिक प्रकोपका घटना झेलिरहेको गोरखालाई पछिल्लो पटक फिस्टेल हेलिकोप्टर दुर्घटनाले थप पीडामा पारेको बताउँदै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे । सोही दलका कमला दोङले अन्तरजातीय विवाहको घटनामा काभ्रेपलाञ्चोकमा अजित ढकालको हत्या भएकाले दोषीलाई कारबाहीका लागि माग गरिन । तराई– मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले यातायात व्यवस्था कार्यालयका शाखा सबै जिल्लामा पु¥याउन तथा खेत जोत्ने ट्र्याक्टरको नवीकरण बापतको राजस्वको शुल्क घटाउन र नवीकरण गर्ने समयावधि बढाउन माग गरे । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले राजनीतिक दलका नेताले मेडिकल अस्पताल सञ्चालन गरेको र सामान्य बिरामीलाई पनि सघन उपचार कक्षमा राखेर अनावश्यकरुपमा पैसा असुल्ने काम गर्ने काम भएकाले त्यसलाई रोक्न माग गरे । यसअघि आजको शून्य समयमा रामअयोध्याप्रसाद यादव, रामअवतार पासवान र रामहरि खतिवडाले वर्षायामसँगै तराईमा भएको डुबान, सिँचाइ समस्या तथा राहादानी शुल्कमा भएको विभेदका घटनाबारे ध्यानाकर्षण गराएका थिए । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी भदौ १ गते बिहान ११ बजे बस्ने छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: