Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बाढी पहिरो पीडित भन्छन्ः गाँस होइन बास चाहियो

\"Pyuthanप्युठान, २८ साउन  । प्युठानका बाढीपहिरो पीडितले गास भन्दा पनि तत्काल बासको माग गरेका छन् । उनीहरुले चर्केका र भत्केका घरहरुमा बस्न मुश्किल भएकोले तत्काल अस्थायी बासको व्यवस्थापन गरिदिन सबैको ध्यानकर्षण गराएका छन् । उनीहरुले भनेका छन् , ‘गाऊघरमा साउने मकै छन् । खानालाई कुनै समस्या छैन तर बास भत्किएर बसिनसक्नु भएको छ ,सहयोग गर्ने हो भने बासको प्रबन्ध गरिदेऊ ।’ साउन १० र ११ गते परेको मुसल धारे पानीको कारण आएको बाढी पहिरोले घरबार विहीन भएका पुजा ७ टुकलाल शर्माले भने हामीलाई राज्यले तत्काल बासको व्यवस्था गरिदियोस् । शर्माको तालेघरमा रहेको २ तल्ले ढुंगे घर अहिले पहिरोको कारण धरापमा परेको छ । घर भत्किन थालेपछि छिमेकी सिम्लेमा शरण लिएर बसेका उनले भने “ मेरो त घर नै गयो । भोक मेटाउन बारीका मकैं कोपरे पनि हुन्छ तर शीर ओत्ने तत्काल एउटा छानो भए हुन्थ्योें” शर्मा जस्तै पुजाकै बसन्ती के.सी, निमु गिरी, सुमा गिरीको पनि घर भत्कीदा उनीहरु स्थानिय शिसु कल्याण प्रा.विमा साना लालाबाला सहित ओत लागेर बसिरहेका छन् । निमानन्द शर्मा, मोहन घर्ति, हिते घर्ति सहित पुजामा मात्रै ९ घर बस्नै नहुनेगरी चर्र्किएको र भासीएको छ । उनीहरु भन्छन् वर्षातको समयमा खाना त जसो तसो हुन्छ बरु त्रिपाल , टिन पाए छाप्रो हालेर बस्न हुन्थ्यो । घर चर्किएर बस्नै नहुने भएका बाटुलपाटाका खेमराज उपाध्ययले भने “ समस्यै समस्या छ । अब छिट्टै त्रिपाल र टिनको व्यवस्था गरे हुन्थ्यो ।” साउन १० र ११ गते परेको मुसलधारे पानीको कारण गएको पहिरोले खोरपाता टोल अहिले जोखीममा छ । सो टोलको पश्चिम तर्फको भाग चिरैचीरा परेको छ । तल खानीखोलाबाट निस्केको पहिरो पुजाको गाविस भवन जोड्ने कच्ची मोटरबाटोलाई काट्दै उक्त टोलका टेकुलाल शर्मा, देविराम शर्मा, भानुभक्त शर्मा, चन्द्रप्रसाद शर्मा, देविराम शर्मा (साहु जेठा) का घरको सूर सम्म पुगेको छ । पहिरोका चीरा घर गोठ सम्म परेपछि उक्त टोलका बासिन्दा अहिले न घर छाडेर अन्यत्र जान सकेका छन नत घरभित्र ढुक्क साथ बस्न सकेका छन् । घर नभत्किएका कारण उनीहरु राहत पाउने सूचिंमा समेत परेका छैनन् । बाढीपहिरो पीडितलाई दिनहूं विभिन्न संघसंस्थाले राहत वितरण गर्ने गरिरहेका छन् तर उनीहरु त्यो सूचिंमा पर्दैनन किनकी उनीहरुको घर पहिरोमाथी भए पनि भत्केको छैन ढलेको छैन । यो सम्बाददाताले बाढीपहिरो ग्रस्त क्षेत्रमै गएर स्थलगत रिर्पोट तयार पार्ने क्रममा उनीहरु भन्दै थिए भएभरको सम्पति बाढी र पहिरोले खाइदियो अब हामी कहां जाने के गर्ने ? राज्यको निकाय पनि अझै सम्म आएको छैन , सोधपुछ गरेको छैन । टेकुलाल शर्माको खेतबारी र खरेन गरेर १६ रोपनी बाढी र पहिरोले ध्वस्त बनाइदिएको छ । देवीराम शर्माको ४ रोपनी, चन्द्रप्रसाद शर्माको १३ रोपनी बारी पनि पहिरोले तानेको छ । शर्माहरुको जस्तै स्थानिय झिमरुक नदिको बाढीले पुजा ७ कुरिला चौरमा रहेको देवीराम शर्माको ३ रोपनी, टीकाबहादुर के.सीको ४ रोपनी, महेन्द्रा कुमारी खत्रीको १५ रोपनी धान रोपेको खेत अहिले बगरमा परिणत भएको छ । रोश बहादुर खत्री , बेगबहादुर खत्री र महेन्द्र के.सीको ओढारबांगको खेत खोलामा मिसीएको छ । लाल बहादुर के.सी, टोपबहादुर के.सी, बेगमलाल शर्मा, विण्णु बहादुर के.सी, बालाराम शर्मा, रामप्रसाद शर्मा लगायत धेरैको खेत खरेन पनि पहिरोले पुरीदिएको छ । यी त प्रतिनिधी घटना मात्रै हुन् । पुजा गाविसमा यस्ता करिब ९० घरपरिवारको खेत बारी र खरेन पहिरो र बाढीले ध्वस्त बनाइदिएको छ । उनीहरुको कुनै निकायले अहिले सम्म सोधीखोजी नगरेकोप्रति उनीहरु दुखीः छन् । राज्यका नियमक निकाय बाढीपहिरोमा परी मृत्यु भएका परिवारप्रति मात्रै केन्द्रित भएको तर जीउंदालाई बचाउन खासै योजनाबद्ध काम नगरेकोप्रति स्थानियहरु रुस्ट देखिएका छन् । यता जिल्ला प्रशासन कार्यलयले प्युठानमा राहत लिएर जाने संघसंस्थामाथी खासै नियमन गर्न सकेको छैन । यस ैहप्ता काठमाण्डौंबाट आएको एक संस्थाले सालविसौना बाडेको राहतमा पुराना कपडाहरु परेको र ती कपडाहरु केही व्यक्तिले फड्के सालिविसौनाको जंगलमा लगेर फालिदिएको समेत देखियो । यसैगरी राहतमा चामल दाल लिएर जाने संस्थाले पनि राजनिती बढी गर्ने गरेको जुन पार्टि निकटको मान्छेले लिएर जान्छे उसले भोटकालागी बाडेंको जस्तो पनि हुने गरेको एक राजनितीक दलका नेताले जनाए । प्रशासनले जंक फुड वितरणमा भने रोक लगाएको छ । बाढीपहिरो पीडितहरुको यथार्तता हेर्दा राहत दिन वा लैजान खोज्ने संघसंस्थाले प्युठानमा जति सकिन्छ त्यति नै घर बनाउन ध्यान दिएमा त्यो सबैभन्दा उत्तम हुने पत्रकार महासंघ प्युठानका सभापति गिरु प्रसाद भण्डारीले सुझाव दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: