Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

को बन्दैछ गच्छदारको तगारो ?

\"bijayakumar काठमाडौं, २८ साउन । सत्ताभन्दा सितिमिति बाहिर नबसेका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार यतिबेला चाहेर पनि सत्तामा आउन सकेका छैनन् । केपी ओली नेतृत्वको सरकारमा पनि उपप्रधान र भौतिक योजना तथा यातायात मन्त्री बनेका गच्छदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनमा नयाँ सरकार गठन हुने भएपछि अन्तिम समयमा ओलीको साथ छाडे । नयाँ गठबन्धन बनिसकेपछि पनि गच्छदारसँग नयाँ गठबन्धनका नेताहरुले गच्छदारसँग छलफलहर गरेनन् । तर गच्छदारले भने एक्कासी ओली सरकारलाई छाडेर प्रधानमन्त्रीको निर्वाचनमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भोट दिए । सरकारभन्दा बाहिर नबसेका गच्छदारले प्रचण्डलाई भोट दिएर आफ्नो सिट सुरक्षित गरेका थिए । सरकार गठन भएको दुई साता बढी भइसक्दा पनि गच्छदारले भने मन्त्रीको सपथ लिन पाएका छैनन् । गच्छदारलाई सरकारमा जानबाट कसले रोकेको छ त भन्ने धेरैलाई लागेको थियो । गच्छदारको मुख्य विरोधी पूर्ववर्ती पार्टी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नै भएकाले उनकै कारण गच्छदार सरकारमा जानबाट रोकिएको धेरैलाई लाग्यो । गच्छदारलाई सरकारमा ल्याउने भएपछि उपेन्द्रले आफू सरकारमा नआउने संकेत गरेकैले गच्छदारलाई सरकारमा ल्याउन चासो दिइएन । तर मधेसी मोर्चा भने अहिलेसम्म पनि सरकारमा जाने निश्चित भइसकेको छैन । मधेसी मोर्चाले आफूहरुको माग पूरा भएमा मात्रै सरकारमा जाने बताइरहेको छ । आफूहरुको माग पूरा भएमात्रै सरकारमा जाने बताएको मोर्चाले भने एकपछि अर्को नयाँ नयाँ बखेडा झिक्दै आएको त्यसैले मोर्चासँग सहज सहमति हुने सम्भावना देखिएको छैन । मधेस आन्दोलनलाई फेरि उठाउने तयारी गर्दै मोर्चाले सीमा निर्धारण आयोगले गरिरहेको स्थानीय पुनःसंरचनाको कामसमेत रोक्नुपर्ने माग गरेको छ । मधेसी मोर्चाकै केही नेताहरुले सरकारमा जान इच्छा जनाइरहेकाबेला मोर्चाकै प्रमुख घटक संघीय समाजवादी फोरम नेपालले आयोगको कामलाई प्रभावित तुल्याउन छुट्टै मधेस प्रदेश घोषणा गर्दैछ । पर्सादेखि झापासम्मको भूभाग समेटेर मधेस प्रदेश घोषणा गर्ने तयारी गरेको फोरमले प्रदेश कार्यसमितिसमेत गठन गरी राज्यको संरचनालाई अस्वीकार गर्ने संकेत गरिसकेको छ । राज्य पुनर्संरचनामै असन्तुष्टी जनाएका उपेन्द्र सहजै सरकारमा आउने सम्भावना पनि देखिएको छैन । तर आफूसँग छुट्टिएर नयाँ पार्टी बनाएका गच्छदारलाई पनि रोक्ने काम उनले गरेको स्रोतको भनाइ छ । उपेन्द्रसँगै गच्छदारलाई सरकार जानबाट रोक्ने काम कांग्रेस–माओवादी गठबन्धनका प्रमुख नेता कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गरेका छन् । उनले गच्छदारलाई सरकार ल्याउन अनिच्छा देखाएका छन् । गच्छदारले भने आफूलाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसँग लविङ गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: