Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

किन जाँदै छन् दुई उपप्रधानमन्त्री चीन र भारत ?

\"mahara-nidhi-750\"काठमाडौँ, २७ साउन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी भारत भ्रमण र भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको वातावरण बनाउन केन्द्रित हुने बताएका छन् ।

मन्त्रालयमा रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँगको भेटमा उनले संविधान निर्माणपछि केही समय असहज देखिएको नेपाल–भारत सम्बन्ध सुधार गर्नसमेत आफ्नो भ्रमण केन्द्रित रहने बताए ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरेको थियो । उपप्रधानमन्त्री महराको भ्रमण चीनका राष्ट्रपति सि जिन पिङको सम्भावित नेपाल भ्रमण र दुई देशको सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुने उपप्रधानमन्त्री निधिले बताए ।

प्रधानमन्त्री दाहालले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने र समन्यव बढाउने उद्देश्यसहित आफूहरुलाई उक्त देशमा पठाउन लागेको उनको भनाइ छ ।

एक-डेढ महिनामा संविधान संशोधनको प्रक्रिया टुङ्गिने

उपप्रधानमन्त्री निधिले आन्दोलनरत मधेसी, जनजाति, थारुको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिए।

उहाँले संविधानमा सबैको अपनत्व महसुस गराउन सरकार तयार रहेको धारणा राखे। उपप्रधानमन्त्री निधिले भने, “सीमाङ्कन, राष्ट्रियसभाको गठन र वैवाहिक नागरिकताको विषयमा मुख्य विवाद देखिएको छ, यसमा के कति गर्न सकिन्छ, प्रयासरत छौँ ।” उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चासँगको थप छलफल गरेर एक÷डेढ महिनामै संसद्मामा संविधान संशोधन प्रस्ताव दर्ता हुने जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टी सहमत हुन नसक्ने भन्ने अभिव्यक्ति दिएपनि संशोधनमा सहयोग गर्ने आफूले विश्वास लिएको उनको भनाइ छ । उनले भने, “उहाँले (अध्यक्ष ओलीले) संविधान गतिशील दस्तावेज भएको र यसमा संशोधन गर्न सकिन्छ भन्नुभएको छ । त्यसैले एमालेले संविधान संशोधन प्रस्तावमा सहयोग गर्ने विश्वास लिएका छौँ ।”

सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सातबुँदे सहमति मधेसी मोर्चासँग भएको तीनबुँदे सहमतिअनुरुपका काम सरकारले अगाडि बढाइसकेको उनले जानकारी दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: