Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नेबिसंघको महाधिवेशन लम्बिदा देउवालाई राहत !

\"deuwa\"काठमाडौं, २५ साउन । नेबिसंघको विवादले महाधिवेशन लम्बिदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राहत भएको छ । सरकार विस्तारका लागि आफ्नो तर्फबाट मन्त्रि छान्न सकस भएका देउवालाई नेबिसंघ विवादले राहत भएको हो । कांग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएपछि र पार्टीभित्रकै विभिन्न गुटलाई भागबण्डा मिलाउँदा आफ्नो भागमा परेको मन्त्री छान्न देउवालाई सकस छ । मन्त्री छान्न नसकेकै कारण देउवाले नेबिसंघको महाधिवेशनपछि मात्रै आफ्नो तर्फबाट मन्त्री चयन गर्ने भन्दै आलटाल गरेका छन् । पार्टीभित्रका विवादका कारण देउवाले आफ्ना पक्षका दुई मन्त्री मात्रै छानेका छन् । कांग्रेसका विमलेन्द्र निधी र रमेश लेखकले मात्रै मन्त्रीको सपथ लिएका छन् । कांग्रेसको भागमा परेको अझै ११ वटा मन्त्रीको टुंगो लगाउन देउवालाई हम्मेहम्मे परेको हो । कांग्रेसका रामचन्द्र पौडेल, कृष्ण सिटौला तथा खुमबहादुर खड्काले भनेका मान्छेलाई मन्त्री बनाउनुपर्ने भएपछि समस्या भएको हो । देउवा आफैले जीवनबहादुर शाही, चन्द्र भण्डारी, मोहन बस्नेत, शङ्कर भण्डारी, केशवकुमार बुढाथोकी, भिष्म आङदेम्बे, बहादुरसिंह लामा लगायतलाई मन्त्री बनाउन चाहेका छन् । उता पौडेलले भने आफ्नो तर्फबाट ६ जनाको नाम अघि सारेको स्रोतको भनाइ छ । पौडेलले शेखर कोइराला, नवीन्द्रराज जोशी, सितादेवी यादव, रामकृष्ण यादव, कमला पन्त र राजन केसीलाई मन्त्री बनाउन देउवालाई दबाब दिएका छन् । यस्तै, अर्का नेता कृष्ण सिटौलाले पनि आफूले भनेका कम्तिमा दुई जनालाई मन्त्री बनाउन देउवालाई दबाब दिएका छन् । कांग्रेसको १३ औं महाधिवेशनमा दोस्रो पटकमा सिटौलाले देउवालाई सहयोग गरेका थिए । सिटौलाको आफ्नो गुट भए पनि त्यसयता देउवालाई साथ दिँदै आएका छन् । सिटौला भीमसेनदास प्रधान र उषा गुरुङको नाम अघि सारेको स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: