Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सरकारमा आउनेजति सबै दलसँग प्रचण्डले आज छलफल गर्दै

\"meeting काठमाडौं, २४ साउन । ब्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनमा बनेको नयाँ सरकारमा सहभागी हुन चाहने राजनीतिक दलहरुबीच सोमवार छलफल हुने भएको छ । राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल भए पनि पछिल्लो समयमा प्रमुख राजनीतिक दलहरु नै सहमतिका लागि तयार नदेखिएपछि बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन भएको छ । बहुमतीय प्रक्रियाबाटै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भए पनि सकेसम्म सबै दललाई सरकारमा सहभागी गराउने प्रयास प्रधानमन्त्री प्रचण्डले गरेका छन् । त्यसैको पहल स्वरुप प्रम प्रचण्डले सोमबार सरकारमा सहभागी नभए पनि सरकारलाई सहयोग गर्ने दलहरुलाई समेत छलफलमा लागि बोलाएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयकाअनुसार खासगरी संविधान जारी नहुँदैदेखि आन्दोलनमा रहेका मधेसवादी दलहरुलाई सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ । प्रधानमन्त्रीमा सपथ लिएको भोलिपल्ट नै मोर्चासँग तीन बुँदे सहमति भएपछि त्यसको कार्यान्वयनका लागि छलफल थालेका प्रचण्डले प्रमुख सत्तासाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । नेपाली कांग्रेसको महाधिवेशन जारी रहेका कारण साउन २५ गतेपछि मात्रै सरकार विस्तार गर्ने दुई दलबीच सहमति भएकाले त्यसबीचमा अन्य दलहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल थालेका हुन् । प्रधानमन्त्रीले मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा मन्त्रीको नाम पठाउन आग्रह गरिसकेका छन् । राप्रपा र राप्रपा नेपालबीच मंगलबार नै पार्टी एकीकरण घोषणा गरिने भएकाले राप्रपाले मन्त्रीको नाम पठाउन सकेको छैन । सोमवार अपरान्ह ४ बजे नेपाली कांग्रेससहितका सत्तारुढ तथा सहयोगी दलहरुसँग छलफल गर्न सिंहदरबारमै छलफल डाकिएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending