Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

रियो ओलम्पिक आजदेखि, नेपालका ७ खेलाडी सहभागी

\"rio-2016\" काठमाडौं, २१ साउन । ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा शुक्रबारबाट सुरु हुँदैछ । गृष्मकालिन ओलम्पिकको यो संस्करण ऐतिहासिक मराकाना रंगशालामा विशेष समारोहकाबीच उद्घाटन हुँदैछ । १७ दिनसम्म चल्ने रियो ओलम्पिकमा बढी २ सय ७ राष्ट्रका १० हजार ५ सय खेलाडीले ३१ खेलका ३ सय ६ विधामा प्रतिस्पर्धा गर्नेछन् । १० हजार ५ सय खेलाडीमध्ये नेपालका ७ खेलाडीको सहभागिता रहनेछ । नेपालकी पौडी खेलाडी गौरीका सिंह सबैभन्दा कान्छी खेलाडी मानिएकी छन् । यसपटक नेपालबाट पौडीका शिरिष गुरुङ र गौरीका सिंह, एथ्लेटिक्सका हरिप्रसाद रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपुहामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तानले ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । यी ७ खेलाडीमध्ये आर्चरीका मोक्तानले शुक्रबार नै प्रतिस्पर्धा गर्दैछन् । आर्चरी अर्थात धनुषवाणको व्यक्तिगत रकिर्भ विधामा प्रतिस्पर्धा गर्दैछन् । मोक्तान दुईदिन अघि पुगिसकेका छन् । अन्य नेपाली खेलाडीमध्ये पौडीकी गौरिका सिंहले सय मिटर ब्याकस्ट्रोक, शिरिष गुरुङले सय मिटर फ्रिस्टाईल, एथ्लेटिक्सका हरी रिमालले ५ हजार मिटर, सरस्वती भट्टराईले १५ सय मिटर, जुडोकी फुपु ल्हामु खत्रीले महिला ६३ केजी मुनी तथा तेक्वान्दोकी निशा रावलले महिला ६७ केजी मुनी प्रतिस्पर्धा गर्दैैछन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीको झण्डा बोकेर शरणार्थीहरुको एक टोलीले पनि ओलम्पिकमा सहभागिता जनाउँदैछ । शरणार्थी टोलीमा दक्षिण सुडानका ५ तथा सिरियाका दुई र कंगोका दुई र इथियोपियाका एक शरणार्थी खेलमा सहभागी हुँदैछन् । दक्षिण सुडान र कोसोभो पहिलो पटक सहभागि हुँदैछन् । रियो ओलम्पिकमा अमेरिकाले सबैभन्दा बढी ५ सय ५४ खेलाडी ब्राजिल पठाउँदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending