Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

प्रचण्डलाई खुला पत्रः आशा असीमित, परिस्थिति असहजताबीचकाे परीक्षा

सम्माननीय प्रधानमन्त्री ज्यू, फेरि एउटा निकै अप्ठ्यारो र असहज परिस्थितिमा तपाईले देशको नेतृत्व सम्हाल्दै हुनुहुन्छ । सफल कार्यकालको शुभकामना छ । त्यसो त तपाईले जटिल र चुनौतीपूर्ण परिस्थितिलाई समेत जबर्जस्तरुपमा अगाडि बढाउँदै आउनु भएको छ । परिस्थितिका घेराबन्दीहरुलाई चिरेर अगाडि बढ्नु तपाईको विशेषता पनि हो, भलै यसरी चिरेर अगाडि बढ्दा निर्दिष्ट बाटोबाटा दायाँ बायाँ नभइएको होइन । तर गतिशीलता र क्रमभङ्गतालाई तपाईले आफ्नो शैली बनाउनु भएको छ । यसअर्थमा अहिलेका चुनौतीहरु तपाईले सामना गर्न सक्नुहुनेछ भन्ने आशा छ । त्यसैपनि हाँस्दा हाँस्दै रुने र रुँदारुँदै हाँस्ने अवस्थालाई तपाईले कैयनपटक सामना गरिसक्नुभएको छ । प्रधानमन्त्री ज्यू, व्यवस्थापिका संसदमा तपाईको प्रधानमन्त्री पदको समर्थनमा नेपाली कांग्रेस र संविधानमा असन्तुष्ट गठबन्धनका दल प्रस्तावक बनेका छन् । वर्गीय राजनीति गर्दै आएका तपाईंका लागि यही समीकरण एउटा मुख्य चुनौती हो । एकातिर आफ्नो वर्ग र समुदायको हितमा अघि बढ्नु, अर्कोतर्फ आफैले यथास्थितिवादी भनेर संघर्ष गर्दै आएकाहरुसँग सहकार्य, यो चुनौतीलाई तपाईले सन्तुलित ढंगले सामना गर्नुहुनेछ भन्ने आशा छ । \"PM-Prachanda\"व्यवहार कम तर भाषणमा ज्यादा राष्ट्रवादको गीत गाएको एमाले र ओली सरकारको  ‘भर्चुवल राष्ट्रवाद’को इमेज जानी नजानी आम नेपालीमा बसेको छ । यो अर्काे चुनौती हो । नेपालीहरु तर्कमा भन्दा भावनामा बढी बग्ने गर्छन् । यो तपाईले राम्रोसँग बुझ्नुहुन्छ । तपाईले संसदमा बोल्दै बजेटको सन्दर्भमा यो कुरा व्यक्त समेत गर्नुभयो । तर हामी गरीब, निमुखा, सधैं ठगिएका नेपाली जनताले तर्क भन्दा तत्कालको सपनालाई नै सत्य ठान्छौं । यो एउटा ठूलो चुनौती हो । यो कोरा सपनाको संसारलाई यथार्थको संसारमा लैजाने आधार तपाईले निर्माण गर्नुपर्ने छ । यो चुनौती हो र नेपाली जनताको अपेक्षा पनि । नेपाली जनता अहिले दुखमा छन्, लामो कालखण्डकादेखिका आन्दोलनहरुले समेत उनीहरुको दैनिक जीवनमा कुनै परिवर्तन ल्याउन सकेको छैन । यो सँगै एकातिर प्राकृतिक विपत्ती निम्त्याएको अप्ठ्यारो स्थिति छ भने अर्काेतिर राज्यको गैरजिम्मेवारीपन र नेतृत्वको असफलताले मौलाएको भ्रष्टाचार, कालोबजारी, महंगीले जनजीवन दयनीय र लाजमर्दाे अवस्था छ । यो अवस्थालाई लोककल्याणकारी सुशासनमुखी राज्य सञ्चालनका माध्यमबाट अगाडि लैजानुपर्ने अर्को चुनौती तपाईसामु छ । यो चुनौती त्यति लर्तरो छैन । कारण यसका लागि तपाई एक्लोको भूमिकाले भन्दा पनि समग्र गठबन्धन र कर्मचारीतन्त्रको भूमिकाले मुख्य भूमिका निर्वाह गर्छ । यहाँनेर तपाईंले नेतृत्वको कौशलता कसरी देखाउनु हुन्छ, त्यसैमा जनताका यी दैनिक समस्या र अपेक्षाहरुको भविष्य निर्भर हुने छ । भारतका लागि तपाईको छवि विद्रोही नेताको हो । विश्वभरीका पूँजिवादी देशहरुका लागि तपाईं अहिले पनि विद्रोही कमाण्डर हो । रातो झण्डा देख्न समेत नचाहनेहरुले तपाईको सरकारलाई बिरोध नगरेपनि त्योस्तरमा सहयोग नगर्न सक्छन् । त्यसैले छिमेकीलगायत मित्रराष्ट्र देशहरुसँग कुटनीतिकलगायत राजनीतिक सम्बन्ध इतिहासमै कमजोरी भएको अवस्थामा तपाईले नेपालको राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीतिलाई नयाँ उचाईमा लैजानुपर्ने चुनौती विद्यमान छ । यसलाई उच्च राजनैतिक सुझबुझ र कुटिलताका साथ स्थापित गर्नु आवश्यक देखिन्छ । प्रधानमन्त्री ज्यू, यावत देशी, विदेशी असन्तुष्टिका बाबजुद जारी भएको नेपालको संविधानको मर्म र भावना अनुरुप कार्यान्वयनका लागि तर्जुमा हुनुपर्ने कानुनु संशोधन हुनुपर्ने ऐन नियम र आवश्यक पूर्वाधार तथा जनशक्तिको तालमेल मिलाउनु पनि कम चुनौतीपूर्ण छैन । अझ संविधानका असन्तुष्टिहरु हल गर्न सबै पक्षलाई सन्तुलनमा ल्याउनु, एमालेसँग बिग्रेको सम्बन्ध पुनस्थापित गर्नु र संविधानको संशोधनमार्फत यसको कार्यान्वयनको कार्यभार पुरा गर्नु दुरुह काम छन् तपाईका अगाडि । एकातिर असन्तुष्टका माग सम्बोधन गर्नु, अर्कोतर्फ आफैले राखेका संविाधनमाथिा असहमतिहरुलाई समेत सम्बोधन गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ तपाईले । मात्रात्मक नै किन नहोस्, संविधान निर्माणको बेला तपाई आफैले फरक मत भनेर दर्ता गराएका प्रावधानहरुलाई पनि अगाडि बढाउन तपाईले पहल गर्नु जरुरी छ । [caption id=\"attachment_86331\" align=\"alignleft\" width=\"250\"]\"लेखक\" लेखक[/caption] सधैं खोट चिहाईरहने नेपालको मिडिया, बुद्धिजिवी वर्ग, कम्युनिष्टको ‘क’ पनि सुन्न र देख्न नसक्ने अन्तर्राष्ट्रिय जगतसमक्ष समन्वय गरी विकास निर्माण, सुशासन र सही मानेमा र लोकतन्त्रको अभ्यास र परिवर्तनको महशुस गर्ने वातावरणको सिर्जना गर्ने अर्काे चुनौतीपूर्ण काम हो । यो सँगै ओली सरकारले बाँडेका सपना, लथालिंग भएका राष्ट्रिय गौरवका योजना/परियोजना, धरासायी भएको देश अर्थतन्त्र र आत्मकेन्द्रित बनेको कर्मचारीतन्त्र गरिवी, वेरोजगारी, महंगी, प्राकृतिक विपत्तिले आक्रान्त बनेका नेपाली जनतामाझ उच्च सतर्कता र सुझबुझका साथ सहकार्य सहमति र समन्वय गरी आशा जगाउनुपर्ने छ । प्रधानमन्त्री ज्यू, सबै कुरा गर्न एकै पटक सम्भव हुँदैन तर सुरुवात कहाँ र कसरी गर्ने, कुन कुरा आम जनताका लागि प्रमुख हो भन्नेतर्फ सम्वेनशील हुन जरुरी छ । गठबन्धन सरकारको नेतृत्व आफैमा चुनौतीपूर्ण रहेको सन्दर्भममा तपाईले केही अप्रिय लाग्ने निर्णय गर्नुपर्ने हुन सक्छ, केही निर्णय आफ्नो इच्छा विपरित पनि गर्नुपर्ने हुनसक्छ । आशा राखौं, तपाईले मुख्य गरी शान्ति प्रक्रिया, संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माणका हकमा राष्ट्रिय समझदारी कायम गर्न सक्नुहुनेछ । यसैगरी जनताको गाँस, बास र कपासको समस्या हल गर्न केही पूर्वाधार या आधार निर्माण गर्ने काम तपाईले गर्न सक्नुहुने छ । तपाईको कार्यकालमा सबै कुरा सम्भव नहोला, तर समृद्धीको एउटा भिजन, परिदृश्य र आधारस्तम्भ मात्रै तपाईले कायम गरि दिन सके यो नै तपाईको कार्यकालको सफलता हुने छ । फेरी पनि सफल कार्यकाल र सवृद्ध नेपालको शुभकामना !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending