Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रचण्डलाई खुला पत्रः आशा असीमित, परिस्थिति असहजताबीचकाे परीक्षा

सम्माननीय प्रधानमन्त्री ज्यू, फेरि एउटा निकै अप्ठ्यारो र असहज परिस्थितिमा तपाईले देशको नेतृत्व सम्हाल्दै हुनुहुन्छ । सफल कार्यकालको शुभकामना छ । त्यसो त तपाईले जटिल र चुनौतीपूर्ण परिस्थितिलाई समेत जबर्जस्तरुपमा अगाडि बढाउँदै आउनु भएको छ । परिस्थितिका घेराबन्दीहरुलाई चिरेर अगाडि बढ्नु तपाईको विशेषता पनि हो, भलै यसरी चिरेर अगाडि बढ्दा निर्दिष्ट बाटोबाटा दायाँ बायाँ नभइएको होइन । तर गतिशीलता र क्रमभङ्गतालाई तपाईले आफ्नो शैली बनाउनु भएको छ । यसअर्थमा अहिलेका चुनौतीहरु तपाईले सामना गर्न सक्नुहुनेछ भन्ने आशा छ । त्यसैपनि हाँस्दा हाँस्दै रुने र रुँदारुँदै हाँस्ने अवस्थालाई तपाईले कैयनपटक सामना गरिसक्नुभएको छ । प्रधानमन्त्री ज्यू, व्यवस्थापिका संसदमा तपाईको प्रधानमन्त्री पदको समर्थनमा नेपाली कांग्रेस र संविधानमा असन्तुष्ट गठबन्धनका दल प्रस्तावक बनेका छन् । वर्गीय राजनीति गर्दै आएका तपाईंका लागि यही समीकरण एउटा मुख्य चुनौती हो । एकातिर आफ्नो वर्ग र समुदायको हितमा अघि बढ्नु, अर्कोतर्फ आफैले यथास्थितिवादी भनेर संघर्ष गर्दै आएकाहरुसँग सहकार्य, यो चुनौतीलाई तपाईले सन्तुलित ढंगले सामना गर्नुहुनेछ भन्ने आशा छ । \"PM-Prachanda\"व्यवहार कम तर भाषणमा ज्यादा राष्ट्रवादको गीत गाएको एमाले र ओली सरकारको  ‘भर्चुवल राष्ट्रवाद’को इमेज जानी नजानी आम नेपालीमा बसेको छ । यो अर्काे चुनौती हो । नेपालीहरु तर्कमा भन्दा भावनामा बढी बग्ने गर्छन् । यो तपाईले राम्रोसँग बुझ्नुहुन्छ । तपाईले संसदमा बोल्दै बजेटको सन्दर्भमा यो कुरा व्यक्त समेत गर्नुभयो । तर हामी गरीब, निमुखा, सधैं ठगिएका नेपाली जनताले तर्क भन्दा तत्कालको सपनालाई नै सत्य ठान्छौं । यो एउटा ठूलो चुनौती हो । यो कोरा सपनाको संसारलाई यथार्थको संसारमा लैजाने आधार तपाईले निर्माण गर्नुपर्ने छ । यो चुनौती हो र नेपाली जनताको अपेक्षा पनि । नेपाली जनता अहिले दुखमा छन्, लामो कालखण्डकादेखिका आन्दोलनहरुले समेत उनीहरुको दैनिक जीवनमा कुनै परिवर्तन ल्याउन सकेको छैन । यो सँगै एकातिर प्राकृतिक विपत्ती निम्त्याएको अप्ठ्यारो स्थिति छ भने अर्काेतिर राज्यको गैरजिम्मेवारीपन र नेतृत्वको असफलताले मौलाएको भ्रष्टाचार, कालोबजारी, महंगीले जनजीवन दयनीय र लाजमर्दाे अवस्था छ । यो अवस्थालाई लोककल्याणकारी सुशासनमुखी राज्य सञ्चालनका माध्यमबाट अगाडि लैजानुपर्ने अर्को चुनौती तपाईसामु छ । यो चुनौती त्यति लर्तरो छैन । कारण यसका लागि तपाई एक्लोको भूमिकाले भन्दा पनि समग्र गठबन्धन र कर्मचारीतन्त्रको भूमिकाले मुख्य भूमिका निर्वाह गर्छ । यहाँनेर तपाईंले नेतृत्वको कौशलता कसरी देखाउनु हुन्छ, त्यसैमा जनताका यी दैनिक समस्या र अपेक्षाहरुको भविष्य निर्भर हुने छ । भारतका लागि तपाईको छवि विद्रोही नेताको हो । विश्वभरीका पूँजिवादी देशहरुका लागि तपाईं अहिले पनि विद्रोही कमाण्डर हो । रातो झण्डा देख्न समेत नचाहनेहरुले तपाईको सरकारलाई बिरोध नगरेपनि त्योस्तरमा सहयोग नगर्न सक्छन् । त्यसैले छिमेकीलगायत मित्रराष्ट्र देशहरुसँग कुटनीतिकलगायत राजनीतिक सम्बन्ध इतिहासमै कमजोरी भएको अवस्थामा तपाईले नेपालको राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीतिलाई नयाँ उचाईमा लैजानुपर्ने चुनौती विद्यमान छ । यसलाई उच्च राजनैतिक सुझबुझ र कुटिलताका साथ स्थापित गर्नु आवश्यक देखिन्छ । प्रधानमन्त्री ज्यू, यावत देशी, विदेशी असन्तुष्टिका बाबजुद जारी भएको नेपालको संविधानको मर्म र भावना अनुरुप कार्यान्वयनका लागि तर्जुमा हुनुपर्ने कानुनु संशोधन हुनुपर्ने ऐन नियम र आवश्यक पूर्वाधार तथा जनशक्तिको तालमेल मिलाउनु पनि कम चुनौतीपूर्ण छैन । अझ संविधानका असन्तुष्टिहरु हल गर्न सबै पक्षलाई सन्तुलनमा ल्याउनु, एमालेसँग बिग्रेको सम्बन्ध पुनस्थापित गर्नु र संविधानको संशोधनमार्फत यसको कार्यान्वयनको कार्यभार पुरा गर्नु दुरुह काम छन् तपाईका अगाडि । एकातिर असन्तुष्टका माग सम्बोधन गर्नु, अर्कोतर्फ आफैले राखेका संविाधनमाथिा असहमतिहरुलाई समेत सम्बोधन गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ तपाईले । मात्रात्मक नै किन नहोस्, संविधान निर्माणको बेला तपाई आफैले फरक मत भनेर दर्ता गराएका प्रावधानहरुलाई पनि अगाडि बढाउन तपाईले पहल गर्नु जरुरी छ । [caption id=\"attachment_86331\" align=\"alignleft\" width=\"250\"]\"लेखक\" लेखक[/caption] सधैं खोट चिहाईरहने नेपालको मिडिया, बुद्धिजिवी वर्ग, कम्युनिष्टको ‘क’ पनि सुन्न र देख्न नसक्ने अन्तर्राष्ट्रिय जगतसमक्ष समन्वय गरी विकास निर्माण, सुशासन र सही मानेमा र लोकतन्त्रको अभ्यास र परिवर्तनको महशुस गर्ने वातावरणको सिर्जना गर्ने अर्काे चुनौतीपूर्ण काम हो । यो सँगै ओली सरकारले बाँडेका सपना, लथालिंग भएका राष्ट्रिय गौरवका योजना/परियोजना, धरासायी भएको देश अर्थतन्त्र र आत्मकेन्द्रित बनेको कर्मचारीतन्त्र गरिवी, वेरोजगारी, महंगी, प्राकृतिक विपत्तिले आक्रान्त बनेका नेपाली जनतामाझ उच्च सतर्कता र सुझबुझका साथ सहकार्य सहमति र समन्वय गरी आशा जगाउनुपर्ने छ । प्रधानमन्त्री ज्यू, सबै कुरा गर्न एकै पटक सम्भव हुँदैन तर सुरुवात कहाँ र कसरी गर्ने, कुन कुरा आम जनताका लागि प्रमुख हो भन्नेतर्फ सम्वेनशील हुन जरुरी छ । गठबन्धन सरकारको नेतृत्व आफैमा चुनौतीपूर्ण रहेको सन्दर्भममा तपाईले केही अप्रिय लाग्ने निर्णय गर्नुपर्ने हुन सक्छ, केही निर्णय आफ्नो इच्छा विपरित पनि गर्नुपर्ने हुनसक्छ । आशा राखौं, तपाईले मुख्य गरी शान्ति प्रक्रिया, संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माणका हकमा राष्ट्रिय समझदारी कायम गर्न सक्नुहुनेछ । यसैगरी जनताको गाँस, बास र कपासको समस्या हल गर्न केही पूर्वाधार या आधार निर्माण गर्ने काम तपाईले गर्न सक्नुहुने छ । तपाईको कार्यकालमा सबै कुरा सम्भव नहोला, तर समृद्धीको एउटा भिजन, परिदृश्य र आधारस्तम्भ मात्रै तपाईले कायम गरि दिन सके यो नै तपाईको कार्यकालको सफलता हुने छ । फेरी पनि सफल कार्यकाल र सवृद्ध नेपालको शुभकामना !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending