Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सरकार, अझै कति टेन्टमा बस्ने ? : भूकम्पपीडित

\"vukampa-pidit\"मेलम्ची, १९ साउन । वैशाख १२ गतेको भूकम्पले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ काफ्ले खोलाका नरबहादुर कार्कीले आफ्नो पाँचजनाको परिवारसहित तीन महिना एकसरो त्रिपालमै दिनरात कटाए । सरकारले पुनःनिर्माणका लागि दिने भनेको रकम कुरामा मात्र सीमित भएपछि अझै कति समय टेन्टमा बिताउने निश्चित नभएको पीडितको गुनासो छ । पछिल्लो समय पुनःनिर्माणका लागि अनुदान सम्झौताको लहर चलेपनि सम्झौता भएका कतिपय गाविसमा अहिलेसम्म रकम वितरण हुन सकेको छैन, जसका कारण अझै पनि एकसरो टेन्टमा घामपानी सहेर बस्न बाध्य झन् जिल्लाका अधिकांश भूकम्पपीडित । भूकम्पबाट थलिएका जिल्लाका भूकम्पपीडितले अझै सुरक्षाको प्रत्याभूति गर्न सकेका छैनन्, पीडित भन्छन् । अब भूकम्पले केही गर्दैन, भएका सबै घरदेखि भौतिक संरचना ढलेका छन् तर पनि बर्खाको समयमा पहिरो र घरभित्र पस्ने पानीको भलले सताउने गरेको पाल्चोक गाविसका स्थानीय शिक्षक नारायण गिरी बताउँछन् । बर्खाको समयमा टहराको चारैतिरबाट पानी छिर्ने हँुदा आफ्नो टाउकोसमेत ओत्याउन समस्या पर्नेमा टहरामा नै अटाएर राखिएको खाद्यान्न, लत्ताकपडासमेत जोगाउन मुस्किल हुने हेलम्बुका स्थानीयवासी साङ्गे ह्योल्मो बताउँछन् । भूकम्पले घर भत्किएपछि टिनको टहरोमा बस्न बाध्य भएका पीडितले अझै कति समय अनुदानको पर्खाइमा अस्थायी टिनको छानोमा बस्नुपर्ने हो निश्चित छैन । भूकम्पपछि जिल्लाका प्रायः सबै अस्थायी टहरामा बस्न बाध्य छन् । अनुदानमा दिने भनेको पहिलो किस्ताको ५० हजारले सिमेन्ट त किन्न पुग्दैन भने त्यति रकमले घरको जगसमेत खन्न नसकिने पीडितको गुनासो छ । सरकारद्वारा स्थायी आवास निर्माणका लागि अनुदान सम्झौता भइसक्दा पनि पहिलो किस्ताको रु ५० हजार रकम पनि अहिलेसम्म नपाएको र त्यसको लागि आफूले के गर्नुपर्ने हो कस्तो प्रक्रिया अपनाउनुपर्ने हो केही थाहा नभएको किउल गाविस शेर्माथाङ गाउँका स्थानीयवासी कर्मातोप्के लामा ९ह्योल्मो० बताउँछन् । भुकम्पले भत्काएको घर र अस्थायी रुपमा बस्दै आएको र अविरल वर्षाका कारण टहरामा पानी छिरेपछि भूकम्पपीडितले अझै समस्या झेल्नु परेको जिल्लाको हिमाली गाउँ गुन्साका स्थानीयवासी काले गोलेले बताए । लामो समयदेखि सरकारको आशामा बसेका सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडितले अहिले सरकारको पुनःनिर्माणको गति केही अघि बढेको भएपनि सरकारले भूकम्पपीडितको वास्तविक समस्या अझै बुझ्न नसकेको मेलम्ची नगरपालिकाका बासिन्दा टोमशङ्कर दुलालको गुनासो छ । खुल्ला आकाशमुनि शरण लिएर आफ्नो गुजारा चलाइरहेका जिल्लाका गुन्सा, गुम्बा, गोल्चे र सेलाङ लगायतका अति विकट गाविसका स्थानीयवासीलाई आफूले कसरी सरकारद्वारा दिने भनेको स्थायी आवास निर्माणको रकम पाउने वा नपाउने हो अझै केही पत्तो छैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending