Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रचण्डलाई एमालेले सर्वसम्मत प्रधानमन्त्री बन्न नदिने

\"Kp-Oli-Prachanda\" काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले सर्वसम्मत रुपमा प्रधानमन्त्री बनाउनबाट रोक्ने भएको छ । प्रचण्ड कांग्रेससहितको समर्थनमा प्रधानमन्त्री बन्ने निश्चित भए पनि सर्वसम्मत प्रधानमन्त्री बन्न नदिन एमाले आफ्नो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार खडा गर्ने भएको छ । एमाले संसदीय दलका नेता तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नउठ्ने भएपछि दलका उपनेता सुभाष नेम्वाङलाई नै प्रधानमन्त्री बनाउने पक्का भएको हो । एमालेका युवा नेता रविन्द्र अधिकारीले सोमवार रिपोटर्स क्लबको साक्षात्कारमा दलका नेता ओली प्रधानमन्त्रीमा नउठ्ने पक्का भएपछि उपनेता नेम्वाङ प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताए । अधिकारीले अहिलेको अवस्थामा बहुमतीय सरकारबाट मुलुकले निकास नपाउने दाबी गर्दै सहमति नै आवश्यक भएकोमा जोड दिए । संविधान कार्यान्वयन र तीन वटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नका लागि सहमति आवश्यक भएको उनको भनाइ छ । लोकमानले संसदलाई छले एमाले नेता अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले संसदलाई पनि छल्ने काम गरेको आरोप लगाए । एक दुईवटा राम्रो काम गरेको बहानामा संसदलाई छल्ने काम गर्न नमिल्ने उनको भनाइ छ । उनले ब्यक्तिलाई नभई संस्थालाई बलियो बनाउनुपर्ने बताए । विरामी भएको बहानामा संसदलाई छल्ने काम गर्न नहुने उनको भनाइ छ । कार्कीका सम्बन्धमा संसदमा हुने छलफलमा आफूहरुले पनि भाग लिने उनले जानकारी दिए । अख्तियार प्रमुख कार्की भने संसदीय समिति र संसदले बोलाउँदा समेत संसदमा उपस्थित भएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending