Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

मुस्ताङमा फेला परे १७ वटा हिउँ चितुवा

\"leopard\"मुस्ताङ, १७ साउन । हिमाली जिल्ला मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०सँग सहकार्य गरेर हरियो वन नामक संस्थाले गरेको अध्ययनले उक्त सङ्ख्यामा हिउँ चितुवा भेटिएको जनाइएको छ । सोह्रवटै गाविसमा एक्यापले गाविसस्तरीय संरक्षण समितिमार्फत वन्यजन्तु संरक्षण र अवैध चोरी सिकारी नियन्त्रण अभियान सञ्चालन गरेपछि विगत तीन वर्षयता जिल्लामा हिउँ चितुवाको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको थियो । यसअघि, मुस्ताङमा आधिकारिक रुपमा हिउँ चितुवाको गणना भएको थिएन । दुई वर्षअघि हरियो वनले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक नभए पनि जिल्लामा १७ वटा हिउँ चितुवा भेटिएको एक्याप जोमसोमकी प्रमुख निरु थापाले जानकारी दिनुभयो । “हरियो वनले हामीलाई प्रतिवेदन दिन भने बाँकी छ”, उहाँले भन्नुभयो, “त्यसबाट प्राप्त भएपछि कुन–कुन ठाउँमा कति भन्ने कुरा जानकारी हुन्छ ।” खासगरी एक वर्षअघि उपल्लो मुस्ताङको छुसाङ, घमी र सुर्खाङ क्षेत्रमा स्थानीय किसानले पालेका भेडाच्याङ्ग्रा माथि सामूहिक रुपमा हिउँ चितुवाको आक्रमणको घटना बढेको थियो । अवैध चोरी सिकारीका कारण घोरल, रतुवालगायतका वन्यजन्तुको सङ्ख्या घटेपछि आहाराको अभावमा हिउँ चितुवाको सङ्ख्या पनि घट्ने सरोकारवाला निकायको भनाइ छ । उपल्लो मुस्ताङसहित, जोमसोम र कोबाङ गाविसको वन क्षेत्रमा बढी हिउँ चितुवा भेटिएको अनुमान गरिएको छ । जोमसोमको ठिनी क्षेत्रमा सबैभन्दा बढी हिउँ चितुवा रहेको स्थानीयले जानकारी दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: