Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

लोकतन्त्रको उपलब्धिः आठ वर्षमा आठ प्रधानमन्त्री

\"pm-office-singhadurbar\"काठमाडौं, १६ साउन । नेपालमा लोकतन्त्र स्थापना भएपछिको आठ वर्षमा ८ प्रधानमन्त्री भएका छन् । ऐतिहासिक संविधानसभाको पहिलो निर्वाचन सम्पन्न भएपछि २०६५ सालमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका थिए । प्रचण्ड प्रधानमन्त्री भएको आठ वर्षपछि उनै प्रचण्ड तीन दिनपछि पुनः प्रधानमन्त्री बन्दैछन् । गणतन्त्र स्थापना भएपछि एकले अर्कोलाई ढालेर वर्षपिच्छे प्रधानमन्त्री बन्नुले देशको विकास हुन नसकेको भन्दै आलोचना पनि हुँदै आएको छ । प्रचण्डपछि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएका थिए । एमाले नेता नेपाललाई ढालेर एमालेकै नेता झलनाथ खनाल प्रधानमन्त्री भए । खनालपछि फेरि माओवादी नेतृत्वमा सरकार बन्यो । पूर्व माओवादी नेता डा.बाबुराम भट्टराई नेतृत्वको सरकार पनि एक वर्ष भन्दा धेरै समय टिक्न पाएन । भट्टराई प्रधानमन्त्री भएकैबेला संविधान जारी नै नगरी संविधानसभा विघटन भयो । ऐतिहासिक संविधानसभाको विघटनपछि दोस्रो संविधानसभाको निर्वाचन गर्न भन्दै प्रधानन्यायाधीस खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाइयो । उनलाई मन्त्रिपरिषद अध्यक्षको पदले मात्रै सम्बोधन गरियो । रेग्मीपछि कांग्रेस पूर्व सभापति सुशील कोइराला प्रधानमन्त्री बने । कोइराला प्रधानमन्त्री भएको समयमा नयाँ संविधान जारी गरियो । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार गठन भयो । ओली नेतृत्वको सरकारले सहमतिअनुसार काम नगरेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले साउन ६ गते प्रधानमन्त्री पदबाट राजिनामा दिए । ओलीपछि अब फेरि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भएको छ । ०६२/६३ को जनआन्दोलनबाट शाही शासन अन्त्य भएपछि कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending