Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रस्तावित ११ न्यायाधिसको नाम सर्वसम्मत अनुमोदन

\"highकाठमाडौँ, १६ साउन । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश सात र चार वरिष्ठ अधिवक्ताको नाम अनुमोदन गरेको समितिका सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए । सर्वोच्च अदालतका न्यायाधीशमा अनुमोदन हुनेमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन् । वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्लको नाम पनि समितिले सुनुवाइपछि अनुमोदन गरेको छ । कार्कीको नाम सिफारिसमा परेकाहरुको सूचीमा पाँचौँ वरियतामा छ । उनीसँगै यसअघि महान्याधिवक्ता र नेपाल बार एसोसिएसनका अध्यक्षको अनुभव छ । नेपालको संविधानले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति हुने व्यक्तिको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था गरेको छ । अनुमोदित नाममध्ये कार्यकाल र उमेर हदका हिसाबले प्रस्तावित न्यायाधीश श्रेष्ठ तथा वरिष्ठ अधिवक्तात्रय कार्की, राउत र मल्ललाई प्रधानन्यायाधीशको सम्म जिम्मेवारी मिल्ने सम्भावना देखिएको छ । पछिल्लो नियुक्तिपछि अदालतमा प्रधानन्यायाधीश समेत तीन महिला न्यायाधीश हुनुहुने छ । न्यायपरिषद्बाट २०७२ साल फागुन १८ गतेको निर्णयानुसार उहाँहरुलाई अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएकामा संसदीय सुनुवाइ विशेष समिति गठनमा भएको ढिलाइ र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावसम्बन्धी विषयले समेत सुनुवाइको काम पछि सरेको थियो । समितिले गत बुधबार र बिहीबार उउनीहरुको सुनुवाइ गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending