Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ओली नेपाली राजनीतिमा पश्चगमनका पुजारी हुन्

[caption id=\"attachment_85577\" align=\"alignleft\" width=\"250\"]\"लेखक                                    लेखक[/caption] भनिन्छ, सुनको परीक्षा अग्निमा हुन्छ । ओलीको परीक्षा देशको कार्यकारीका रुपमा नौ महिना भयो र मान्छेहरुले उनको असली हैसियत बुझे पनि भलै एउटा ठूलो समूह अहिले पनि दिग्भ्रमित छ र उनलाई राजनेता मात्र सोचिरहेको छैन अब्बल राष्ट्रवादीको पगरी समेत गुताइरहेको छ र उनको लामो विगत नियाँल्दा यो पगरी अन्यायपूर्ण हुनसक्छ । यो घडी त ओली ‘उम्केको माछो तीन धार्नी, मरेकी छोरी जम्दार्नी’ जस्तै बनेका छन् र जे बोल्दा पनि पत्याइदेलान् घ्यूलाटा मान्छेहरुले भन्ने भ्रान्ति छ उनीसँग । उनलाई पूर्णतः भ्रम छ यतिबेला प्रचण्ड र देउवाप्रति खनिएका मान्छेहरु उनका स्थायी अनुचर बन्लान् । यो भन्दा मिथ्या कुरा अरु केही हुनै सक्दैन । दुनियाँले एक दिन बुझ्नेछ र सत्य बुझ्नै पर्नेछ प्रचण्डविना न त उनी प्रधानमन्त्रीको कुर्चीमा विराजमान हुन्थे न त देशभक्त देखिन नै । महाकाली बेचेर एक खर्ब विस अर्व नेपालले कमाउँछ भन्ने बहादुर र हिम्मतदार (!) नेता यिनै थिए । नेपालमा कम्युनिष्टको साख बढिरहेका बखत तत्कालीन एमाओवादीलाई सङ्कुचनमा पार्नका निम्ति भारतले प्रयोग गरेका निमित्त नायक थिए ओली र त हिन्दूस्तान टाइम्सले लेखेको छ– ‘माओवादीलाई साइजमा ल्याउन भारतले ओलीलाई ठूलो लगानी गरेको छ ।’ जहाँसम्म प्रचण्डको सवाल छ, उनले भारतले फुटेको आँखाले पनि देख्न नसक्ने झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा होस् वा संविधान घोषणा गर्दा, सुरुङ युद्ध घोषणा गर्दा होस् वा स्वयं ओलीलाई सत्तामा पु¥याउँदा– उनले भारत विरोधी छवि बनाएकै हुन् भलै यदाकदा अडानमा अल्मलिँदा उनीविरुद्ध गालीगलौजका सोला फ्याकिन्छन् । जतिबेला सुशील कोइरालाले भद्र सहमति तोडेर दक्षिणको उक्साहटमा पुनः प्रधानमन्त्री बन्ने तिगडम गरे त्यतिबेला ओलीलाई थापेको प्रचण्डको दरिलो काँध अहिले किन फोहोर गर्न उद्यत छन् ओली ? कुरा बुझिनसक्नु छ ।
प्रचण्डविना न त उनी प्रधानमन्त्रीको कुर्चीमा विराजमान हुन्थे न त देशभक्त देखिन नै ।
भूकम्पले थिलथिलो भएको राज्यमा नाकाबन्दी थोपरेर छिमेकीले जुन कुकृत्य ग¥यो, त्यो रवैयाविरुद्ध खुट्टा नकमाउँदा ओलीलाई सबैले वाहवाही गरेकै हुन् भलै त्यसको पर्दा पछाडि सबैभन्दा ओलीको ढाल बन्ने मान्छे प्रचण्ड थिए । त्यत्रो सास्ती झेलेर पनि अर्थात् खोक्रो पेट र चिसो चुलो हुँदा समेत सरकारविरुद्ध गालीका पर्रा छुटेनन् बरु तालीले स्वागत गरेकै हुन् र ओलीलाई राष्ट्रवादी कित्तामा जबर्जस्त घिसारेकै हुन् । तर ‘जसको जौ खानु उसैको जुगा मुड्नु’ भनेझैं उनले माओवादीलाई जब काखमा राखेर छुरा हान्ने साजिस गरे, अवश्यमेव सैह्य भएन यो हर्कत माओवादीलाई र सुपाच्य पनि । अनगिन्ती विकासे सपना बेच्ने ओली के पदमा रहिरहेका भए ती काम गर्थे त ? पानीजहाज चलाउन उनको सरकारले कति रकम विनियोजन ग¥यो ? ग्याँसका पाइप जोड्न कति बजेट छुट्यायो ? हावाबाट बिजुली निकाल्न के के पूर्वाधार तयार गरे ? मेट्रो रेल कुदाउन कहाँकहाँ सम्भाव्यता अध्ययन गर्न अह्राए ? २०–५० करोडले नेपाल भरिका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा चक्रपथ तयार हुन्छन् ? नारायणकाजीदेखि कृष्ण सिटौला र रामचन्द्र पौडेल सम्मलाई प्रधानमन्त्रीको पद बाँड्नका निम्ति यिनले पार्टीभित्र ककसको अनुमति लिए ? के प्रधानमन्त्री पद यिनको बपौती हो ? संसद विघटनसम्मको ध्वाँस दिँदा र साम, दाम, दण्ड, भेद कुनै कामयावी नभएर राजीनामा दिँदा पनि किन विवादास्पद बाधा–अड्काउन फुकाउ अधिकार प्रयोग गर्न उक्साए राष्ट्रपतिलाई ? जगजाहेर छ, कालाकोटधारीदेखि स्वतन्त्र नेपालीका नाममा आफ्ना आउरेबाउरेलाई उफार्दा समेत कुनै लछारपाटो लगाउन नसकेको कारण उनी विक्षिप्त बनेका हुन् । ‘एक दामको ल्वाङका निम्ति दश दामको स्वाङ’ पार्ने ओली नेपाली राजनीतिमा पश्चगमनका पुजारी हुन् भनेर नचिन्ने छ नै को र ? सायद प्रचण्डलाई उतिबेला लाग्यो होला ‘गधा धोएर गाई पो बनाउन सकिन्छ कि ?’ जेहोस्, अब एउटा परिघटनाको पटाक्षेप भइ नै सकेको छ ।
नाकाबन्दी थोपरेर छिमेकीले जुन कुकृत्य ग¥यो, त्यो रवैयाविरुद्ध खुट्टा नकमाउँदा ओलीलाई सबैले वाहवाही गरेकै हुन् भलै त्यसको पर्दा पछाडि सबैभन्दा ओलीको ढाल बन्ने मान्छे प्रचण्ड थिए ।
अबको बाटो भनेको फेरि पनि तरल राजनीतिलाई प्रष्ट दिशाबोध दिने नै हो । अवको सरकार सस्ता सपना सौदा गर्ने निकम्मा होइन, जे बोल्छ त्यो गर्छ र जति सक्छ त्यति गर्छ भन्ने भाव जगाउने हुनु जरुरी छ । कुरा होइन, काम गर्ने बन्नु आवश्यक छ । सस्तो वाहवाहीको इनामका निम्ति इमान बेच्ने निर्लज्ज सरकार बन्नु हुन्न अब । ईख पाल्ने होइन, इच्छाशक्ति भएको सरकारले नै धुमिल राजनीतिलाई सङ्ल्याउन सक्छ । सञ्चारमाध्यममा सार्वजनिक भएका अप्रिय खबरहरु, जो दक्षिण छिमेकीसँग जोडिएका छन्, लाई कामबाटै गलत भएको पुष्टि गर्न सके भने प्रचण्डको साख उचो रहने छ र कद बढ्नेछ अन्यथा उनको हालत पनि ओलीको भन्दा पृथक हुने छैन । अलिक भावुक भइदिँदा ठाउँ ठाउँ चिप्लिएको र अडानमा हलचल आएका कुरालाई आत्मसात नगरी प्रचण्डले यात्रा तय गरे भने यो राष्ट्रको स्वाभिमान मात्र सिद्धिने छैन, कम्युनिष्ट आन्दोलन नै विघटनको डिलमा पुग्नेछ ।
‘एक दामको ल्वाङका निम्ति दश दामको स्वाङ’ पार्ने ओली नेपाली राजनीतिमा पश्चगमनका पुजारी हुन् भनेर नचिन्ने छ नै को र ?
एउटा छिमेकीसँग लम्पसार पर्ने र अर्कोलाई दुत्कार्ने ओली नीति कति घातक छ भनेर सिद्ध भइसकेको वर्तमान घडीमा समदूरीको सम्बन्ध थालनी गर्नु प्रचण्डको एउटा गहन जिम्मेवारी हो । भूकम्प पीडितलाई उनले पनि सपना देखाएका छन् र संविधान कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । अब जनजनले हेर्ने छन्, आफ्ना वचनमा कति अडिने हुन् प्रचण्ड । उनलाई लाग्ने गरेका लाञ्छनाको प्रस्टीकरण कामले दिने बेला आएको छ उनले । ओलीको बहिर्गमन र प्रचण्डको पुनरागमनमा दिल्लीको हात देख्नेहरुको विगविगी छ यतिबेला । यो तर्कलाई कुतर्क हो भनेर पुष्टि गर्नु पनि प्रचण्डको जिम्मेवारी हो । प्रचण्ड वास्तवमै राजनेता बन्ने वा अस्थिर प्रधानमन्त्री यसको छिनोफानो उनले चालेका र आगामी दिनमा चाल्ने कदमले गर्ने नै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending