Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

प्रचण्डलाई इतिहासले माफ नगर्ने पूर्वमन्त्री बस्नेतको उद्घोष

\"Prachanda-in-house\"काठमाडौं, १६ असार । पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युगपुरुषको सङ्ज्ञा दिएका छन् । युवा सङ्घ नेपाल भक्तपुर नगर कमिटीले आयोजना गरेको बृहत् युवा भेला एवम् युवा पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै बस्नेतले जनताको नजरमा प्रधानमन्त्री ओली युगपुरुष भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकार छाड्ने बेलासम्म पनि नेपालको राष्ट्रियतालाई विदेशीसामु झुक्न नदिएको र छोटो अवधिमा पनि जनताको पक्षमा कार्यक्रम ल्याएको भन्दै युग पुरुषको सङ्ज्ञा दिएका हुन । उनले भने–“भारतीय नाकाबन्दीको सामना गर्दैै आमनागरिकको मनमनमा राष्ट्रियताको भावना जागृत गराउने वर्तमान सरकारले जनमुखी बजेट र कार्यक्रम ल्याउँदै चीनसँगको उपलब्धिमूलक सम्झौता गर्न सफल व्यक्ति प्रधानमन्त्री ओली अहिलेका युगपुरुष हुन् ।” निर्वाचन र संविधान कार्यान्वयनमा अग्रसरता लिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार छाडेर अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई इतिहासले माफ नगर्ने उनको भनाइ थियो ।उनले भने – “माओवादीप्रतिको जनताको झिनो विश्वास पनि अब चुँडिएको छ, अबको निर्वाचनमा जनताले त्यसलाई सावित गरिदिनेछन् ।” मनमोहन अधिकारीको नौ महिने शासनकाललाई जनताले आजसम्म पनि स्मरण गरेको चर्चा गर्दै उहाँले ओली नेतृत्व सरकारलाई पनि आमनागरिकले कहिल्यै नभुल्ने उनको जिकिर थियो ।कार्यक्रममा उनले अमेरिकी गृह मन्त्रालयले यसवर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गर्दै हालै प्रदान गरेकोे पुरस्कार प्राप्त गरेर देशकै नाम उच्च राखेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई ताम्रपत्र प्रदान गरी सम्मान गरेका थिए। त्यस अवसरमा युवा सङ्घ केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजालगायतले एमालेले अब आगामी निर्वाचनलाई लक्षित गरेर देशव्यापी कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending