Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

मधेसका दुई खेलाडी : सडकमा उपेन्द्र, सदनमा गच्छदार

\"gachchhadar-upendra\" काठमाडौं, १५ साउन । नेपालका राजनीतिमा मधेस सबैका लागि चुनौतीको विषय बनेको छ । ०४६ सालको प्रजातन्त्रको पुनःस्थापनापछि राजनीतिक दलहरुको भोट पनि मधेसमै निर्णायक हुन्थ्यो । मधेसको भोट पाएर नै कांग्रेस–एमाले सत्तामा पुगेका हुन्थे । नेपाल सद्भावना पार्टीबाहेकका मधेसवादी दलहरु अस्तित्वमा थिएनन् । मधेसी नेताहरु कांग्रेस एमालेबाटै राजनीतिक गरेका थिए । माओवादी जनयुद्धसँगै मधेसी नेताहरु पनि ह्वात्तै उठे । माओवादी जनयुद्धबाट स्थापित केही मधेसी नेताहरु क्षेत्रीय राजनीतिका रुपमा छुट्टै संगठित हुन थाले । कांग्रेस एमालेमा रहेका मधेसी नेताहरु पनि क्षेत्रीय दलहरुप्रति आकर्षित भए । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभाको चुनावमा मधेसवादी दलहरु मधेसको अस्तित्वमा आए । जनयुद्ध लडेर आएका उपेन्द्र यादव र लामो समय कांग्रेसबाट राजनीति गर्दै आएका विजय गच्छदार मिलेर ‘मधेसी जनाधिकार फोरम’ स्थापना गरेका थिए । फोरम एक्लैले ५२ सिट ल्याएपछि मधेसको शक्तिका रुपमा सरकारमा सहभागिता भएपछि भने यादव र गच्छदार एक ठाउँ रहन सकेनन् । गच्छदारले आधा सांसदहरु लिएर पार्टी फुटाए । त्यसपछि भने यादव र गच्छदारको सम्बन्ध दरार पैदा भयो । एकले अर्काको अस्तित्व अस्वीकार गर्न थाले । अहिले यी दुई नेता आफूलाई सबै भन्दा बढी दुश्मन ठान्छन् । संविधान जारी हुनेबेलामा मधेसवादी दलहरु मधेस आन्दोलनमा होमिएपछि गच्छदारले थारु समुदायको प्रतिनिधित्व गर्दै छुट्टै थारु आन्दोलन चलाए । तर उनी आन्दोलनमा धेरै दिन टिक्न सकेनन् र सरकारमै फर्किए । तेस्रो पार्टी भएपछि उपेन्द्रले मधेसको ‘मसिहा’ ठाने माओवादीमा रहेकाबेला राज्य समिति सदस्य रहेका उपेन्द्र यादव मधेसको क्षेत्रीय राजनीतिबाट उदयपछि आफूलाई मधेसको मसिहा नै ठाने । \"Upendraपहिलो चुनावमै ५२ सिट हात पारेपछि उपेन्द्रले आफूलाई मधेसवादी अन्य नेताहरुलाई मात्र होइन, राष्ट्रिय राजनीतिमा रहेका ठूला पार्टीहरुकै समकक्षीका रुपमा राखे । पहिलो संविधानसभाको चुनावमा युद्धबाट आएको पार्टी माओवादी सबै भन्दा ठूलो पार्टी भए पनि संविधानसभामा दुई तिहाई सिट आउन सकेन । जसका कारण मधेसबाट नयाँ शक्तिका रुपमा आएको फोरम सत्ताको खेलमा निर्णायक बन्न पुग्यो । सत्तामा निर्णायक देखिएको फोरम विभाजनपछि सरकारमा च्याँखे थाप्ने ठाउँमा मात्र पुगे । बिडम्बना माओवादीबाटै राजनीतिमा उदाएका उपेन्द्र शान्ति प्रक्रियामा माओवादीको दुश्मनका रुपमा खडा भए । गौर घटना घटाएका उपेन्द्र अन्ततः २०६५ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भए । प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएर उनले अन्तर्राष्ट्रिय सम्बन्धसमेत स्थापित गरे । सडकबाट स्थापित भएका उपेन्द्र परराष्ट्रमन्त्री भइ अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन सफल त भए तर अहिले पनि सडकमै छन् । सत्ताको \'चास्नी\'बाट निश्कन सकेनन् गच्छदार नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक करियर शुरु गरेका विजयकुमार गच्छदार झण्डै १५ वर्ष कांग्रेसको राजनीति गरे । नेपाली कांग्रेसका लागि उनी मधेसको खम्बा नै बने । सुनसरी जिल्लाको पचरा–८ मा जन्मिएका गच्छदार ०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि २०४८ सालको पहिलो संसदीय निर्वाचनमा कांग्रेसबाटै निर्वाचित भए । \"bijayakumarत्यसपछि उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा राज्यमन्त्री हुने समेत मौका पाए । जतिबेला पूर्व राष्ट्रपति डा.रामवरण यादव पनि राज्यमन्त्री बनाइएका थिए । सत्ताको रसास्वादन गर्न पाएपछि भने गच्छदार सित्तिमित सरकारभन्दा बाहिर बस्नुपरेको छैन । गिरिजाबाटै संसदीय राजनीतिको खेल सिकेको गच्छदार संसदीय राजनीतिमा अहिले पनि माहिर छन् । गिरिजाको कार्यकालमा मन्त्री भएका उनी देउवाको सरकारमा समेत मन्त्री बन्न सफल भए । ०६२/६३ को जनआन्दोलनपछि उपेन्द्रको साथमा नयाँ रंगका साथ उदाएका गच्छदार त्यसपछि भने सबैजसो सरकारमा सहभागी हुँदै आएका छन् । एमाले नेता माधव नेपालको कार्यकालमा उपप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री भएका उनी पूर्व माओवादी नेता बाबुराम भट्टराईको पालामा गृहमन्त्री भए । पछिल्लो केपी ओली नेतृत्वको सरकारमा दोस्रो बरियताको मन्त्री बन्न सफल गच्छदार नयाँ गठबन्धनको सरकार बन्ने तयारी भइरहँदा ओलीको साथ छाडेर नयाँ सरकारमा जान खुट्टा उचालिरहेका छन् । सरकारमा जान खुट्टा उचालेका गच्छदार अन्नतः उपेन्द्रकै तघारो बनेका छन् । उपेन्द्रको मोर्चा सरकारमा सहभागी नभएमा गच्छदार मन्त्री बन्ने निश्चित रहेको स्रोत बताउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies