Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नयाँ गठबन्धनको सरकारका डिजाइनर खुमबहादुर !

\"congresh_khum-bahadur-khadka-750\" काठमाडौं, १५ साउन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा सरकार गठन हुँदैछ । सम्भवतः दुई चार दिनभित्रै नेपालले नयाँ प्रधानमन्त्री पाउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानअनुसार सहमतीय सरकार गठनको आह्वान गरेको सोमबार एकसाता पुग्छ । सहमतीय सरकार गठनको एकसाताको समय भने सहमतीय भन्दा बहुमतीय सरकार गठनको छिनोफानोमै सकिँदैछ । सहमतीय सरकारको सम्भावना नै नरहे पनि सहमतिका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने औपचारिकता मात्रै निभाइएको छ । यहिबीचमा कांग्रेस–माओवादी गठबन्धनबीच नयाँ सरकार गठनका लागि आन्तरिक तयारी भइरहेको छ । सरकारमा जाने मन्त्रीहरुको मुख्य दुई दलले आन्तरिक तयारी गरिरहँदा नेपाली कांग्रेसका सरकारका डिजाइनर हिन्दुवादी नेता खुमबहादुर खड्का रहेको कांग्रेस स्रोतको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाका मुख्य प्रतिष्पर्धी मानिएका रामचन्द्र पौडेल भन्दा खड्का नै प्रभावशाली देखिएका छन् । उनको बलियो प्रभावका कारण देउवालाई खड्कासँग भागबण्डामा मन्त्रालय बाँँडफाँडको तयारी गरेका छन् । दुई दलको सहमतिअनुसार सरकारको नेतृत्व लिने माओवादी केन्द्रलाई ८ मन्त्रालय र कांग्रेसलाई गृह मन्त्रालयसहित १२ मन्त्रालयको बाँडफाँड भएको हो । ओली सरकारमै रहेका अन्य दलहरुले पनि ओलीको साथ छाडेर आएकाले साना दलहरुलाई समेत भाग पुर्याउँदा भने कांग्रेस–माओवादी भागबण्डामा कटौती हुने देखिएको छ । मन्त्री भागबण्डाको रस्साकस्सी भइरहँदा पौडेल पक्षबाट भने हिन्दु राष्ट्रको एजेण्डा बोक्ने र देउवालाई नै भित्री रुपमा सघाउने नेताहरु मन्त्रीको सूचीमा परेका छन् । खड्काले अाफू पक्षका नेताहरूलार्इ मात्र हाेइन, अाफ्नै पत्नी शीला खड्कालार्इसमेत मन्त्री बनाउँदैछन्र । काग्रेसको १३ औं महाधिवेशनबाट पनि पनि खुमबहादुरले लोकप्रिय मत प्राप्त गरेका थिए । खुला केन्द्रीय सदस्यमा खड्काले सबैभन्दा बढी मत ल्याउने शेखर कोइरालाभन्दा दुई मत मात्रै कम पाएका थिए । २०४८ सालकै संसदीय निर्वाचनबाट निर्वाचित खड्का भ्रष्टाचार अभियोगमा जेल जीवन विताएर फर्किएका हुन् । नैतिक हिसाबले खराब ठहरिएपछि पनि पार्टीमा उनी लोकप्रिय नै भए । जसले संविधानसभाको निर्वाचनपछि आफ्नै पार्टीको निर्णयविपरीत हिन्दु राष्ट्र निर्माणका लागि अभियान चलाएका थिए । आफू हिन्दु राष्ट्रकै पक्षमा रहेको खड्काले बताउँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: