Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

डेढ महिनादेखि यातायात अवरुद्ध

\"rampur पाल्पा, १५ साउन । पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन डेढ महिनादेखि चल्न नसक्दा यस भेगका नागरिक मर्कामा परेका छन् । गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगत डेढ महिनादेखि ठप्प छन् । रामपुर बसपार्कबाट स्याङ्जाको साँखर, तनहुँको गजरकोट घिरिङ भिमाद हँुदै काठमाडौँका लागि छुट्ने सवारीसाधन नचल्दा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नुपरेको छ । निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी २०७१ साल जेठबाट पुल निर्माण कार्य सुरु गरे पनि समयमा नै सो पुल नबन्दा सवारीसाधन वर्षा लागेपछि ठप्प हुने गर्दछन् । साढे ३७ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहेको मोटरेबल पुल १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिए पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम भएको छ । सडक डिभिजन कार्यालयको रु तीन करोडको लागतमा निर्माणाधीन यस मोटरेबल पुल गत मङ्सिरमै सम्पन्न गरिसक्नुपर्ने थियो । निर्माण कम्पनीका ठेकेदार तेजप्रसाद बरालले नाकाबन्दीले समयमा नै सामान उपलब्ध नहुँदा काम लम्बिएको बताए । उनका अनुसार कालीगण्डकीको पानी खोलामा पसेकाले दसँै अगाडिसम्म काम रोकिने छ । आगामी पुुस माघसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बरालले बताउनुभयो । पुलकै कारण बर्खायाम सुरु भएदेखि दसँै अगाडिसम्म यातायातका साधन अवरुद्ध हुँदा निकै कष्ठकर यात्रा गर्नुपरेको स्थानीय रामप्रसाद श्रेष्ठले बताए । सवारीसाधन नचल्दा पूर्वी पाल्पाका रामपुर नगरपालिका, बाकामलाङ, सहलकोट, नवलपरासीको रकुवा, रुचाङ, डेढगाउँ, स्याङ्जाको चापाकोट, साँखर, सेखाम र तनहुँको गजरकोट, घिरिङ सुन्धाराका स्थानीयलाई यात्रा गर्न समस्या परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending