Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कीर्तिमानी विश्व रेकर्ड राख्दै पोग्बालाई युनाइटेडले भित्र्र्यायो

\"paul-pogba\"काठमाडौं, १५ साउन । विश्वका ठुला दुई धनि क्लब म्यानेचेष्टर युनाईटेडले रियल म्याड्रिडलाई पछि पार्दै युभेन्टस्का मिडफिल्डर पाउल पोग्बालाई भित्र्र्याएको छ । फ्रान्स राष्ट्रिय टोलीका खेलाडी समेत रहेका पोग्बाले युरो २०१६ मा समेत शानदार प्रदर्शन गरेका थिए । पोग्बा भित्र्र्याउने होडबाजीमा रहेका रियल र युनाईटेडमध्य विश्व किर्तिमानी रकम १०० मिलियन पाउण्ड (४१ अर्ब ९ करोड)मा युनाईटेडले बाजी मारेको हो । युनाईटेडबाट नै २०१२ मा युभेन्टस् पुगेका पोग्बालाई उतिबेला ४० मिलियन पाउण्डमा बेचेको थियो । आफुले ४ वर्षअघि बेचेको भन्दा ६० मिलियन पाउण्ड बढी तिरेपछि पोग्बा फेरी युनाईटेड फर्किएका हुन् । युनाईटेडले पोग्बासँग ५ वर्षको सम्झौता गरेको छ । सम्झौताअनुसार युभेन्टस्ले पोग्बालाई २० प्रतिशत बोनस रकम उपलब्ध गराउनेछ । युनाईटेडबाट पोग्बाले २ लाख ९० हजार पाउण्ड तलब प्रतिहप्ता बुझ्नेछन् । पोग्बाले युनाईटेडमा ६ नं. को जर्सी पाउनेछन् भने पोगबा अमेरिकामा रहेका कारण उनको मेडिकल जाँच लस एन्जलसमा गराइएको बताइएको छ । तर युनाईटेडले यो सम्झौतालाई सार्वजनिक गरिसकेको भने छैन । यो सम्झौतासँगै पोग्बा विश्वका सबैभन्दा महंगा खेलाडी भएका छन् । यसअघि २०१३ मा गेराथ बेललाई टोटनह्यामबाट रियल म्याड्रिडले ८६ मिलियन पाउण्ड तिरेको थियो भने २००९ मा म्यानेचेष्टर युनाईटेडले नै क्रिष्टिएना रोनाल्डोलाई ८० मिलियन पाउण्डमा रियललाई बेचेको थियो । पोग्बाको विकल्प हिगुइन पोग्बालाई किर्तिमानि रकममा बेच्नुअघि नै युभेन्टस्ले अर्जेन्टिनाका फरवार्ड गोन्जालो हिगुइनलाई आबद्ध गरेको थियो । हिगुइन अर्को इटालियन क्लब नेपोलीबाट ७६ मिलियन पाउण्ड (१ अर्ब ७ करोड) मा युभेन्टस् आबद्ध भएका हुन् । २८ वर्षे हिगुइनले पनि युभेन्टस्मा ५ वर्षे सम्झौता गरेका छन् । हिगुइनले ६.३ मिलियन वार्षिक तलब पाउनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending