Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

अबकाे युद्ध साइबर युद्ध हुन्छ : मोहन वैद्य

पछिल्लो समय विभिन्न माओवादी घटकहरुबीच एकता भएपछि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ एक्लो भएको भन्दै उनलाई एकताविरोधी नेता भनेर पनि आरोप लाग्ने गरेको छ । तर वैद्य भने आफूलाई एक्लो भएको भन्ने आरोप अस्वीकार गर्छन् । नेपालको पछिल्लो राजनीति अवस्थाको बारेमा खुलेर कुराकानी गरेका वैद्यले राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्न झनै गम्भीर बनेको बताए । नयाँ संविधान जारी हुनुअघि सर्वपक्षीय राजनीतिक सम्मेलन गर्नुपर्ने माग गर्दै आएको वैद्यले संविधान पुनर्लेखन पनि अस्वीकार गरे । एक्लै हिडेका वैद्यले क्रान्ति गर्न नसक्ने आरोप लागिरहेका वैद्यको धापासीस्थित निवासमा पुग्दा क्रान्तिप्रति झनै उत्साहित भएर कुरा गरे । वैद्यले अबको क्रान्ति हिजोको जस्तै तरिकाले नहुने भन्दै अबको युद्ध युद्ध साइबर युद्ध हुने बताए । विश्वमा प्रविधिका विकासले फाइदा नै भएको उल्लेख गर्दै क्रान्तिकारीहरु पनि न्यूक्लीयर र आधुनिक हतियारहरुबाट लड्न सक्ने दाबी गरे । उनले साम्राज्यवादीहरुको भूमण्डलीकरणबाट मात्र नभइ सर्वहारावर्गको पनि भूमण्डलीकरणमा जोड दिए । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर नयाँ गठबन्धनको सरकार बन्न लागिरहेको बेला मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’सँग गरिएको संक्षिप्त कुराकानी । \"mohan माओवादी केन्द्र र एमालेको गठबन्धन टुटेर अहिले कांग्रेस माओवादीबीचको नयाँ गठबन्धनमा सरकार बन्दैछ । तर राष्ट्रवादी सरकार हटाएर कतैको निर्देशनमा नयाँ गठबन्धन बनेको आरोप लगाइँदैछ । यी राजनीतिक घटनाक्रमलाई तपाईँले कसरी हेर्नुभएको छ ? पहिलो कुरा त यो संसदीय ब्यबस्थाभित्र सरकार बनाउने ढाल्ने प्रक्रिया चलिरहन्छ । सरकारमा रहेकाहरुले पनि त्यो खालको तजबिजहरु गर्छन् । अहिले एउटा सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्ने पक्ष र अविश्वासको प्रस्ताव भोग्नेवाला दुवै राष्ट्रबादी होइनन् जस्तो लाग्छ मलाइ । तर पनि केपी ओली प्रधानमन्त्री भएको बेलामा पारबहन लगायतका सम्झौता गरेको काम चाँही जायज नै मान्न सकिन्छ । बाहिर उनी राष्ट्रवादी हुन् भन्ने त चर्चा चलि नै रहेको छ तर चर्चा चलाइएजस्तो त्यति धेरै राष्ट्रबादी भने चाँही होइनन् । तै पनि उनले केही राम्रो काम चाँही गरेका हुन । यतापट्टि एमाओबादी नेतृत्वले खेलिरहेको भूमिकाले स्थिति अझ जटिल हुने हो कि भन्ने लाग्छ । किनभने यो चर्चा परिचर्चा चलिरहेको छ, बाहिरका अखबारहरुमा पनि यस्ता कुराहरु आइरहेका छन् । बाहिरका अखबारहरुले अहिलेका प्रधानमन्त्री बेठीक थिए, अब आउने प्रधानमन्त्री ठीक छन् भनेर पक्ष लिएजस्तो देखिन्छ । यो स्थिति हेर्दा राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्न अझै गम्भीर बन्ने हो की भन्ने अवस्था छ ।   तपाईँहरुले बारम्बार भन्ने गरेको राष्ट्रियताको खतरा ओली सरकारको बर्हिगमनपछि झनै बढेको हो त ? राष्ट्रियताको खतरा त धेरै गम्भीर छ । यो विषयलाई त अझ बढी उठाउनुपर्ने हुन्छ । राष्ट्रियताको विषयमा त अझै बढी खतरा छ । लोकतन्त्रको त के कुरा भयो र ? लोकतन्त्र त भन्दिए भैहाल्यो । लोकतन्त्र अर्थतन्त्रमा पनि अभिब्यक्त हुनुपर्दैन । यो पोलिटिक्समा पनि अभिब्यक्त हुनुपर्दैन । संसदमा बस्या’छ, खा’छ, भाषण गर्या’छ, त्यो लोकतन्त्र भन्छन् । आर्थिक क्षेत्रमा, साँच्चिकै हक अधिकारको क्षेत्रमा आयो भने त्यो लोकतन्त्र हुँदैन । राष्ट्रियताको कुरा त अब देखिने गरी नै थप पैदा हुने स्थिति भयो भन्ने लाग्छ । हाम्रो के हुन्छ भने, राष्ट्रिय स्वाधिनताको निम्ति संघर्षको तयारी गरेर नै जाने हुन्छ ।
देशलाई राष्ट्रियता र जनतन्त्रको गम्भीर रोग लागेको छ । राष्ट्रियताको पनि समस्या छ, जनतन्त्रको पनि समस्या छ । दुईतिर क्यान्सर लागेकाले एकातिर मात्रै अपरेशन गर्छु भनेर हुँदैन । 
  राष्ट्रियताको खतरा त त्यो अवस्थामा हुन्छ कि जब अहिलेको संविधान कार्यान्वयन हुन सक्दैन भनेर पो भन्छन् ? त्यो कुरा बिल्कुल गलत हो । राष्ट्रियता, लोकतन्त्र, जनतन्त्र सबै एक ठाउँमा जोडिएका हुन्छन् । राष्ट्रियता, लोकतन्त्र र जनजीविका एकदमै को–रिलेटेड एकअर्कासँग सम्बन्धित भएर गइराखेको छ । त्यसकारणले राष्ट्रियताबिनाको लोकतन्त्र साम्राज्यवादी विस्तारबादी लोकतन्त्र हो । त्यो तरिका त देखियो नि त । राष्ट्रियता र लोकतन्त्रको समस्या एकैचोटी हल हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । एमाओवादीका साथीहरुसँग हाम्रो त्यहिँनिर पर्या हो । पहिले बाबुरामजीले लोकतन्त्रको हल गर्नुपर्यो भनेर त्यस्तै गर्नुभयो । एकपटक लोकतन्त्रको हल गर्ने अर्को पटक राष्ट्रियताको भन्ने नै हुँदैन । राष्ट्रियता, लोकतन्त्र र जनतन्त्रको हल एकैपटक गरिनुपर्छ । देशलाई राष्ट्रियता र जनतन्त्रको गम्भीर रोग लागेको छ । राष्ट्रियताको पनि समस्या छ, जनतन्त्रको पनि समस्या छ । दुईतिर क्यान्सर लागेकाले एकातिर मात्रै अपरेशन गर्छु भनेर हुँदैन । जनताको जनतन्त्रमा पनि क्यान्सर लगाइदिएका छन् । दुवैको एकैपटक निदान गर्नुपर्छ । क्यान्सर जनतामा होइन, शासक वर्गमा लागेको छ । अवसरवादीहरुमा क्यान्सर लागेको छ ।   त्यो क्यान्सर निको पार्ने उपाय तपाईँहरुसँग के छ त ? क्यान्सर निको पार्ने भनेको त संघर्षको तयारीबाट नै हो । जनताकोबीचमा जाने र संघर्षको तयारी गर्नुपर्छ । संघर्षकाबीचबाट क्यान्सर हट्छ । यी समस्याहरु समाधान गर्न संघर्षबिनाको बिकल्प छैन । संघर्षबाट नै त्यो क्यान्सरलाई फाल्नुपर्छ ।   अहिलेको केपी ओलीको सरकार संविधानमा उल्लेख भएको संक्रमणकालीन अवस्थासम्म रहिरहनुपर्दथ्यो भन्ने हो तपाईँहरुको बुझाइ हो ? त्यो चाँही हामी भन्दा बाहिरको कुरा हो । यो प्रक्रियामै हामी सहभागी भएका छैनौं । त्यसैले यसमा हामीले यो वा त्यो भन्ने कुरा नै होइन । सारमा यी कोही पनि ठीक छैनन् । जनताको सरकार नआइकन केही पनि हुँदैन भन्नेमा हामी प्रष्ट छौं । ओली सरकार रहनुपर्छ भन्ने पनि होइन । ओली सरकार बस्नैपर्छ भन्ने पनि होइन र उनी आउनैपर्छ भन्ने कुरा पनि होइन । देश र जनताको हिसाबले हेर्दा यो वा त्योमा केही फरक छैन । जनताको सरकार नआइकन कुनै पनि समस्या हल हुँदैनन् । तर ठ्याक्कै अहिलेकै सन्दर्भमा हेर्दा ओली राष्ट्रबादी देखिने र एमाओवादी नेतृत्व राष्ट्रबिरोधी देखिने बडो बिचित्रको सिन देखिएको छ ।   यस्तो विचित्रको ‘सिन’ देखावटी मात्रै कि, साँच्चीकै होला त ? त्यो त भबिष्यले पुष्टि गर्ला । ओलीको हिजोको इतिहास हेर्दा त राष्ट्रवादी होइनन् भन्ने कुरा प्रष्ट नै छ । तर अहिले परिस्थितिले उनलाई त्यस्तो बनायो । त्यस्तो बनाएन भन्ने कुरा पनि आएन । अब यतापटि हेर्दा, एमाओबादी नेतृत्वको साइज अब खस्कदै खस्कदै जाने होला भन्ने जस्तो स्थिति देखिन्छ ।   \"mohanयी राजनीतिक परिघटनाकाबीच राज्य संयन्त्रमा तपाईँहरुको प्रवेश कसरी हुन्छ ? अब स्थानीय निकायको निर्बाचन भयो भने तपाईँहरु पनि निर्बाचनमा जाने स्थिति रहन्छ कि ? हाम्रो सैद्धान्तिक दृष्टिकोणले हेर्दा संसदीय चुनावहरु आवश्यकता अनुसार उपयोग पनि गर्न सकिन्छ र बहिस्कार पनि गर्न सकिन्छ । उपयोग र बहिष्कारको कुराहरु त भइ नै हाल्छ । परिस्थितिको बिश्लेषण गरेर त्यो बेला के गर्न उपयुक्त हुन्छ, त्यो निर्णयमा पुग्छौं । उपयोग गर्ने अवस्था पनि हुनसक्छ, बहिष्कार गर्ने पनि अवस्था आउन सक्छ । तर प्रतिक्रियाबादी राज्यसत्ताको सरकारमा स्थायी रुपले पक्ष र प्रतिपक्ष भएर बस्ने र उपयोग गर्नेकोबीचमा गुणात्मक फरक छ । लेनिनले दुमाहामा पनि जारशाहीको उपयोग गरेका थिए । उपयोग आवश्यकता अनुसार हुन पनि सक्छ । तर उपयोग गर्ने कुरा र प्रतिक्रियाबादी राज्यसत्तामा गएर बस्नु भन्ने फरक कुरा हो । जनमत संग्रह, संविधानसभाजस्ता कुनै कुनै खासखासस्थितिमा उपयोग गर्ने कुरा हुन सक्छ । विशिष्ट अवस्थामा उपयोग गर्न नसकिएला भन्ने कुरा होइन । हामीले संविधानसभाको बेलामा हामीले उपयोग गर्यौं, त्यो अलग कुरा हो । तर संविधानसभाको चुनाव भइ संविधान बनिसकेपछि र पक्ष प्रतिपक्षको मान्यता बनिसकेपछि त्यो सरकारमा जाने भन्ने कुरा त नितान्त गलत कुरा हो ।   संविधान जारी नहुँदासम्म तपाईँहरुले सर्बपक्षीय सम्मेलन भनी राख्नु भएको थियो तर संविधान जारी भइ कार्यान्वयन पनि हुने अवस्थामा पुगिसकेपछि तपाईँहरु अब कसरी अगाडि बढ्नु हुन्छ त ? संविधान कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने नै अझै पनि निश्चित छैन । संविधान कार्यान्वयन हुने अवस्था पनि देखिएको छैन । तर संविधान कार्यान्वयन गर्न उनीहरुले कोशिस गरिरहेका छन् । अब ठ्याक्कै कसरी कार्यान्वयन गर्ने र यी विभिन्न खेलाडीहरुले कहाँ लैजान खोजेका हुन भन्ने कुरा पनि थाहा छैन । कार्यान्वयन गर्नेहरुलाई नै केही थाहा छैन । ओलीले के कार्यान्वयन गर्न लागेका थिए, प्रचण्डजी गएपछि के कार्यान्वयन गर्ने हुन वा देउवाले कार्यान्वनय गर्ने के हो भन्ने स्वयं उनीहरुलाई थाहा छैन । यिनै नेताहरुले कयौंले संवैधानिक राजतन्त्र र कतिले हिन्दु धर्मका कुराहरु पनि गरिरहेका छन् । कसले के बनाउन खोजेको हुन त्यो थाहा छैन । दोस्रो, नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा क्रान्तिकारी धारा केही कमजोर नै परेको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा कमजोर परेको र प्रभावकारी ढंगले आन्दोलनको तयारी गरेर अगाडि नबढ्दासम्म उनीरुले आफ्नो ढंगबाट केही न केही गर्छन । तर आन्दोलनको निम्ति बस्तुगत अवस्था राम्रो बन्दै गईरहेको महसुस हुन्छ । विश्वमै पनि र नेपालको सन्दर्भमा पनि आन्दोलनको बस्तुगत अवस्था राम्रो बन्दै गएको छ । यो संबिधानले बेग्लाबेग्लै पार्टीको सन्दर्भमा हमेसा गठबन्धनको बन्नुपर्ने, अनी सरकारको निमित्त झगडा गर्नुपर्ने, केही समय पार्टनर हुन्छ अनि फेरि त्यसलाई फालेर अर्को हुनुपर्ने देखिन्छ । यहाँ त बेग्लाबेग्लै पार्टी त के एउटै पार्टी भित्र पनि त्यस्ता खालको चलखेलको सम्भावना देखियो । ०४७ सालपछि बनेका पार्टीहरुमा एउटै पार्टीमा एउटाले अर्कोलाई फालेर प्रधानमन्त्री बनेको त देखियो । एउटै पार्टीमा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुरको देखियो । गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको पनि त्यस्तै खालका विरोधाभाषहरु देखियो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सरोकारका सवाल त यिनले भन्ने मात्रै हुन् । सत्ताको निम्ति एकदम लुछाचुडी पर्छ । त्यसैले यहिँनेर आन्दोलन र क्रान्तिका बिजहरु छन् । त्यसकारणले ढुक्कसँग संविधान कार्यान्वयन गरेर संसदीय ब्यवस्था खाने अवस्था पनि देखिदैन । तर संसदीय ब्यवस्था त्यत्तिकै ढल्दैन । क्रान्तिकारीहरुले त्यसको निम्ति एउटा तयारी गर्नुपर्छ । त्यसैले क्रान्तिकारीहरुमा त्यो आवश्यकता एकदमै खड्किएर गएको छ । यो सत्ता र संसदीय ब्यवस्थामा त धाँजाधाँजा परिरहेकाछन ।   तपाईँले भनेजस्तै, संसदलाई उपयोग गर्ने कुरामा अहिले मधेसवादीहरुले उठाएको संबिधान पुनर्लेखन गर्नेतिर तपाईँहरु पनि जाने हो की ? हामी किन पुनर्लेखनतिर जाने ? हामी यो संबिधानलाई खारेज गरेर अर्को जनताको संबिधान बनाउनको निम्ति लाग्ने हो । संविधान पुनर्लेखनको एजेण्डा हाम्रो हुँदै होइन । यो बनाउने प्रक्रियामै हामीले जनगणतन्त्र नेपालको संबिधान बनाउनुपर्छ भनेर हामीले आफ्ना धारण सार्बजनिक गरिसकेका छौ । यी पुनर्लेखन गर्ने भन्ने कुराहरु सबै यहि सत्ता भित्रका कुरा हुन् । चाहे आन्दोलनमा रहेका ती मधेसीका कुरा गर्नुस्, चाहे सरकारमा आउने/जाने प्रतिपक्षमा बस्नेहरु हिजोदेखि नै सरकारमा रहिरहेका टिमहरु पुनर्लेखन वा जेजे गरे पनि आउने जाने मात्र हुन् । पुर्नलेखन गरेपनि जेजे गरेपनि गुणात्मक रुपमा म केही फरक देख्दिन ।   संविधान नै खारेज गरेर जनगणतन्त्र नेपालको संविधान लेख्ने गरी आन्दोलन उठाउन सक्ने क्रान्तिकारी पार्टीहरु पनि छैनन्, कसरी सम्भव छ र संविधान खारेज गर्न ? क्रान्तिकारी शक्तिहरु कमजोर रहेको कुरा साँचो हो । परिस्थितिले सबै कुराहरु बन्दै जान्छन् । अबको आवश्यकता नै जनगणतन्त्र नेपालको संविधान हो । अहिले नै संविधान फाल्न सक्छौं भन्न त म सक्दिन । तर हामी क्रान्तिको तयारीको दिशातिर जान्छौं । यो संसदीय व्यवस्थाले जनताको हित गर्नेवाला नै होइन । यसकाविरुद्ध वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, संसदीय व्यवस्था, संविधानकाविरुद्ध संघर्ष गर्ने आधार छन्, बिजहरु छन् । एउटा द्वन्द्वको समाधान नहुँदै अर्को द्वन्द्वको बिजहरु रोपियो भनेर भनेको मैले एक पटक भनेको थिएँ । द्वन्द्वका बिजहरु छन्, तयारी गर्नुपर्छ, लामो तयारी गर्दै गएपछि यसलाई पल्टाउन सकिन्छ ।   क्रान्तिको तयारीका निम्ति एकतामा नगएको अर्को माओवादीसँग पनि एकता गरेर अघि बढ्ने अवस्था रहन्छ कि ? हामीले अहिले नै विप्लजीसँग एकता गर्ने सोचेका छैनौं । एकता वा ध्रुवीकरणको प्रक्रियामा जानै हुँदैन भन्ने त होइन तर विचार, सिद्धान्त नमिलिकन जवर्जस्ती एकताको कुरा गर्नु हुँदैन भन्नेमा छौं । एकताको बहसले हामीले धेरै हन्डर खाइयो । एमाओवादीसँगको एकताको कुराले हामीले धेरै धोका पाएका छौं । एकता हुँदैन, एकता गर्नै हुँदैन भन्ने होइन । क्रान्तिकारीलाई एक ठाउँमा जोड्न त पर्छ । एकता वा ध्रुवीकरण होला तर त्यसको लागि पनि समय चाहिन्छ । क्रान्तिकारीहरुलाई सिध्याएर संसदवादमा लगेर हुलेर एकता गर्ने हो कि अवसरवादीहरुको भ्रममा परेका साथीहरुलाई एउटा नयाँ ढंगले क्रान्तिको प्रक्रियामा ल्याउने भन्ने अहिलेको प्रश्न हो ।   तपाईँले नै भनेजस्तो नेपालदेखि विश्वकै परिस्थिति क्रान्तितर्फ अगाडि बढिराखेको छ भने त क्रान्तिकारी समूह एकतामा जानुपर्ने होइन ? क्रान्तिकारीहरु एकतामा जाने हो । हामीले देखियो, भोगियो जवर्जस्ती एकता भन्ने हुँदैन । एकताका लागि विचार मिल्नुपर्छ । छलफल बहस गरेर विचार मिलाएर मात्रै एकता ठीक हुन्छ । एकता गर्नैपर्छ वा गर्न हुन्न भन्ने कुरा होइनन् । विचार मिलेर भएको एकता ठीक छ अन्यथा विचार नमिलिकन जवर्जस्ती भावनाले मात्रै एकता हुँदैन । विगतमा एकताको कुरा गर्दा हामीले गल्ती नै गरियो भन्ने महशुस गरेका छौं । बेकारमा त्यस्तो खालका साथीहरु रहेछन् । त्यस्तो गर्ने साथीहरुसँग के एकता गर्ने हो ? यस्तो गर्ने खालका साथिहरु रहेछन् भन्ने त देखिहालियो नि स्थिति कता जाँदैछ भन्ने । त्यसैले एकता भएन, ठीक भयो, राम्रो भयो ।   तपाईँलार्इ वैद्य एक्लै हिँड्याे भन्ने आरोप पनि त छ । कहिलेसम्म एक्लै हिड्ने ? एक्लै हिँडेको भनेर आरोप लगाउने त लगाउँछन् । उनीहरुको त आरोप लगाउने नै काम हो । तर म एक्लै होइन । हाम्रो राम्रो टिम छ । साथीहरु छन्, जनता छन्, एजेण्डा छन् । मैदान खाली छ, विस्तारै हामी फेरि ठीक ठाउँमा आउँछौं । विगतमा पनि त्यही हो, हामीलाई एक्लै भन्थे, हैरान हैरान पार्थे । पञ्चायती ब्यवस्था ढलेर बहुदलीय ब्यवस्था आउने बेलामा हामीलाई यति हैरान पार्थे । त्योबेला हामीले साम्राज्यवादी बहुदलीय ब्यवस्था आयो भनेर हामीले भन्यौं । हाम्रै साथीहरु रिसाउँथे । तर सधैंभरी यो टिक्नेवाला हुँदैन ।   दुई विशाल देशको बीचमा पर्ने हाम्रो मुलुक दक्षिण एशियाको सानो भूगोलमा रहेर जनवादी क्रान्ति सम्पन्न गर्छौ भन्ने कुरा अलि असम्भव होइन र ? हाम्रो भूपरिवेष्ठित मुलुक भएको हुनाले यहाँको जिओपोलिटिक्स समस्याहरु इत्यादि कुराहरु त छन् । तर क्रान्ति भूगोल र देशविशेषमा मात्रै होइन । हामी त सर्वहारावादी हौं । नेपालमा क्रान्ति सम्पन्न गर्नका निम्ति विश्वमा पनि क्रान्तिको वातावरण बन्नुपर्छ । हामी यहाँ मात्रै छैनौं । भारतीय शासक वर्गकाविरुद्ध पनि संघर्ष भइरहेको छ । क्रान्तिकारीहरु भारतमा पनि छन्, ती हाम्रै हुन् । अन्तका क्रान्तिकारी पनि हाम्रै हुन् । अहिलेको लडाइँ भूमण्डलीकरण भनिएको छ, साम्राज्यवादी भूमण्डलीकरण भइराखेको भनिन्छ । तर अब सर्वहारावादीहरुको भूमण्डलीकरण हुन जरुरी छ । हाम्रो अभियान त्याहाँ हो । हाम्रो यहाँ राष्ट्रियता खान खोजियो भने हामी अन्तर्राष्ट्रियवादबाट पनि पनि जित्छौं । हामी विश्वका सर्वहारावादी मिल्छौं । सर्वहारावादी नमिलेर सुखै छैन, मिल्नुपछ । अहिले सर्वहारावादी कमजोर छ । तर साम्राज्यवादीहरुले सर्वहारावर्गलाई सधैं कमजोर बनाउन सक्दैन । साम्राज्यवादीहरुले आफ्नो चिहान आफै खनिरहेका छन् । वित्तीय पूँजीको बाटोमा उनीहरु कसरी हिड्न सक्छन् ? उनीहरु वित्तीय पूँजीको बाटो पार गर्नै सक्दैनन् । उनीहरुकाबीच संकटै संकट छ । त्यसैले अब विश्वकै क्रान्तिकारीहरु मिलेर क्रान्ति गर्नुपर्ने अवस्था आएको छ । साम्राज्यवादीहरुको भूमण्डलीकरण मात्र होइन, अब सर्वहारावर्गको पनि भूमण्डलीकरण हुन्छ । त्यसकारण हामी विश्वकै सर्वहारावादी मिलेर लड्छौं । नेपालका, भारतका तथा अन्तका सबै जनता मिलेर आ–आफ्ना देशका शासकलाई पनि फाल्ने, विश्वमा पनि फाल्ने नयाँ ढंगको क्रान्ति हुन्छ ।   तपाईँहरु आफै त मिल्न सक्नु भएको छैन, विश्वकै सर्वहारावादी मिल्छन् भन्ने कुरा त अपत्यारिलो भएन र ? पार्टीभित्र अवसरवादी भएपछि त कसरी मिल्ने त ? जनताहरु नमिलेका होइनन्, पार्टी भित्रका अवसरवादीहरुका कारण समस्या भएको हो । नेताहरुलाई चिन्न गाह्रो हुँदोरहेछ । तपाईँले उठाएको कुरा ठीक हो । हामी पनि भ्रमित भयौं । त्यसैले निरन्तर गलत प्रवृत्तिका विरुद्ध लड्दै जानुुपर्ने थियो । हामीबीचमा विवाद र बहसहरु थिए । हामीले पनि ऐन मौकामा जनताको लागि लड्न पर्ने थियो । फेरि अर्को कुरा, क्रान्ति भन्ने खालको कुरा हेर्नुस ठूलो स्मार्ट भएपछि क्रान्ति हुन्छ भन्ने कुरा हुँदैन । पार्टी बनाउनु प¥यो भनेर ठूलो संख्या काम लाग्ने वाला होइन । गुणमा हो, जनसमर्थन हुनुपर्छ । जनताकोबीचमा जानुपर्छ । जनता उत्पीडित छ । अहिले विभिन्न कारणले काँग्रेस, एमाले, माओवादी केन्द्र तथा बाबुरामसँग जतिपनि मान्छेहरु छन्, ती राम्रा पनि त छन् । ती ऐन मौकामा क्रान्तिमा समाहित हुन्छन् । जनयुद्ध शुरु गर्नेबेलामा हामीसँग कोही पनि थिएनन् तर ह्वात्तै जनताहरु आए । नेपाली जनताहरु त्यस्तो ‘रिजिट’ छैनन् । प्रगति, मुक्ति, देशभक्ति, क्रान्ति भनेपछि जनताहरु आइहाल्छन् । त्यसको लागि तयारी गर्नुपर्छ । अहिले अप्ठ्यारो छ हामीलाई, विचारको बिउ जोगाउनुपर्छ । क्रान्तिको झण्डा गिर्न दिनु हुँदैन । माओत्सेतुङले भनेजस्तो एउटा सानो चिङ्गारीले पूरै जंगल डडेलो लगाउन सक्छ । हामी अहिले चिङगारी भएर बाँच्नुपर्छ ।   पूँजीवाद झनै समृद्ध हुने पूँजीवादले निरन्तर आक्रमण गरिराख्ने अनि तपाईँहरु क्रान्तिकारी कम्युनिष्टहरु चाँही एउटा कुनामा बसेर फुट्दै जाने अवस्था छ । विचारको सही प्रयोग हुन नसकेको जस्तो लाग्दैन ? तपाईँले भनेको कुरा जायज हो । अव यहाँ युगको कुरा प¥यो । हामी तत्काल नतिजा खोज्छौं । परिणाम दुई तीन दिनमा खोज्छौं । क्रान्ति भनेको सयौं वर्षको कुरा आउँछ । सामन्तवाद कति सय वर्ष भयो । यही पूँजीवाद पनि ५/६ सय वर्ष भयो होला । अझै नेपालमा राम्रोसँग पूँजीवाद आउन सकेको छैन । युगको आयू अलि लामो हुन्छ, मान्छेको आयू अलि छोटो हुने यो समस्या छ ।
हामीले त्यही थोत्रा राइफल लिएर लड्नुपर्छ भन्ने छ ? हामीले न्यूक्लीयर हतियारहरु, अरु नयाँ नयाँ आधुनिक हतियारहरुबाट लड्न सक्दैनौं ? एकठाउँमा क्लिक गरेर साम्राज्यवादीहरुले ध्वस्त पार्न सक्छन् भने हामीले पनि त सक्छौं नि एक ठाउँमा बसेर ।
अन्ततः यसले धान्दैन । उत्पादन प्रणाली नीजिमा छ, वितरण प्रणाली पनि त्यहीअनुसार लैजानुपर्यो । मान्छेले विज्ञान र प्रविधिको असाध्यै विकास भयो भन्छन् । त्यो राम्रो हो तर विज्ञान र प्रविधिको प्रयोग साम्राज्यवादले गरेको छ । सर्वहारावर्गले त्यसको उपयोग गर्न सक्नुपर्ने भयो । अहिले राम्रो भएको छ, विश्वका मान्छेहरु धेरै पढेलेखेका छन् । अवको क्रान्ति हिजोको जस्तै तरिकाले हुँदैन । अबका वार त साइवर वार हुन्छ । साइवर वार नगर्नु भन्ने छ ? हामीले त्यही थोत्रा राइफल लिएर लड्नुपर्छ भन्ने छ ? हामीले न्यूक्लीयर हतियारहरु, अरु नयाँ नयाँ आधुनिक हतियारहरुबाट लड्न सक्दैनौं ? एकठाउँमा क्लिक गरेर साम्राज्यवादीहरुले ध्वस्त पार्न सक्छन् भने हामीले पनि त सक्छौं नि एक ठाउँमा बसेर । छापामार युद्धका नयाँ टेक्निक र नयाँ तरिकाहरु आए । प्रविधिका विकासले फाइदा नै भएको छ । अव पछाडि फर्कने होइन, अगाडि बढ्नुपर्छ । अचाक्ली टिक्दैन । कृषि प्रधान भनेर आएको देशमा अरु केही नभएपनि जडिबुट्टी, बनजंगल, जमीनका कुराहरु आउला । यसलाई फलाउने फुलाउने इत्यादि गर्ने भन्दा यहाँ केही पनि गर्न नदिने, श्रम पनि लैजाने, अनुदान पनि नदिने, पूँजी पनि लैजाने अनि उनीहरुको नवउदारवादी शर्त मानेर हामीले ऋण खाएर आउनुपर्ने ? यो स्थिति सधैं टिक्दैन । अहिले ग्रीसको उदाहरण हेरौं, ग्रीस पूँजीबादी क्रान्तिबाट समृद्ध भएको देश हो । त्यहाँ भित्र पनि यस्तो स्थिति आइहाल्यो । जहाँसुकै त्यस्तै स्थिति छ । यो अन्तरविरोधको हल गर्ने तरिका अव अलि नयाँ हुन्छ । लडाईं भयो भने पनि अलि नयाँ तरिकाको लडाईं हुन्छ । त्यसकारणले पनि विचार बढाउनु पर्ने हुन्छ । यिनै मुलुकहरु भित्र पनि कन्ट्राडिक्सन छन्, उनीहरु पनि सकिरहेका छैनन् । त्यसकारणले यो अन्तरविरोधलाई ठिक ढंगले पहिचान गर्न सक्यौं र त्यो अनुसार पार्टी सोलिड हुनुपर्छ छ । सोलिड र क्रान्तिकारी हुन सकियो भने क्रान्ति पूरा हुन्छ । समय लाग्छ तर भविष्य उज्वल छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies