Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

संविधानबारे सेनाले राखेको प्रस्ताव अस्वीकृत

\"Thai-Army\"

थाइल्यान्ड, १२ साउन । थाइल्यान्डको सबैभन्दा पुरानो राजनीतिक दल डेमोक्रेट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अभिसित भेज्जाबिबाले थाइल्यान्डको सैनिक सरकारले प्रस्ताव गरेको नयाँ संविधानलाई आफू र आफ्नो दलले स्वीकार गर्न नसक्ने बताएका छन् ।

भेज्जाबिबाको यो प्रतिक्रियालाई उनको दलको आधिकारिक अडान भने नभएको बताइएको छ । थाइल्यान्डमा सैनिक सरकारले राजनीतिक दलको बैठक, भेला तथा सम्मेलन गर्न नपाउने गरी प्रतिबन्ध लगाएका अवस्थामा आधिकारिक राजनैतिक निर्णय आउन नसकेको हो ।

सरकारले प्रस्तुत गरेको संविधानको खाकामाथि आलोचना गर्नसमेत पनि कडा सीमा निर्धारण गरेको छ ।

सेनाले तयार पारेको उक्त संविधानको खाकालाई आगामी अगस्ट ७ मा हुने जनमतसङ्ग्रहका लागि पेस गरिने छ ।

अभिसितले सैनिक सरकारद्वारा प्रस्तावित संविधानको खाकामा देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको कल्पना नगरिएको साथै यसले थाई नागरिकको स्वतन्त्रतालाई सीमित राखेको लगायतका कुरामा असहमति जनाउँदै यस खाकाको विरोध गरेका छन् ।

डेमोक्रेट्सका राजनीतिक प्रतिद्वन्द्वी पार्टी फेउ थाई पार्टीले पनि नयाँ संविधानको प्रस्तावप्रति असहमति जनाएको छ ।

थाइल्यान्डको सेनाले फेउ थाई पार्टीलाई सन् २०१४ मा सत्ताच्युत गरी शासन सम्हाल्दै आएको छ । रासस/एपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending