Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रचण्डका दुई कुरा : जो बोल्दै नबोली प्रचारमा आए

\"prachanda_shirsha\"काठमाडौं, १२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड पछिल्ला १५ वर्षदेखि राजनीतिको केन्द्रमा छन् । स्पष्ट वर्गपक्षधरताको नेतृत्वकर्ता प्रचण्डलाई खासमा उच्च वर्ग र प्रचारमा पहुँच राद्यने एउटा वर्गले मन पराउँदैन । प्रचण्ड र यो वर्गबिचको लडाईमा प्रचण्डले यस्तो वर्गलाई कहिल्यै मन पराएनन् भने यो वर्ग प्रचण्डजस्तो परिवर्तनको नेतृत्वकर्तालाई ‘राक्षस’ बनाउने अभियानमा छ । प्रचण्डलाई बेलाबेलामा प्रयोग गर्ने तर राजनीतिमा राइज हुन नदिने त्यो वर्गको हातमा नेपाली संचारमाध्यम समेत छ । केहीदिन अघि कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा राजीनामा दिएर फर्किएलगत्तै प्रचण्डले ओलीलाई ‘तपाई राजनेता बन्नुभयो’ भनेको कुरा संचार माध्यममा छायो । प्रचण्ड सचिवालयका अनुसार प्रचण्डले यस्तो कुरा ओलीलाई भनेका थिएनन् । उनले ‘तपाईले स्वंयममति भएर कुरा राख्नुभयो’ भनेर भनेका थिए तर नियोजित रुपमा बोल्दै नबोलेको कुरा प्रचारमा आयो । ‘किन खण्डन नगरेको त ?’ भन्ने खबरडबलीको प्रश्नमा सचिवालय भन्छ, –‘यो कुनै खण्डनको विषय हो र ?’ त्यस्तै आफुलाई नेपाली मिडियाको शिर्ष स्थानको भनेर ब्याख्या गर्ने एक अनलाईन मिडियाले मंगलबार ‘लोकमानबारे सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाउन प्रचण्डद्धारा सभामुखलाई निर्देशन’ शिर्षकमा समाचार छाप्यो । यसबारे समाचारमा निर्देशन पाएकी भनिएकी सभामुख ओनसरी घर्तिको सचिवलाय समेत आश्चार्यचकित छ । उनको सचिवालयले समाचारलाई कपोलकल्पित भनेको छ । समाचारमा भरपर्दो स्रोत र मिल्नेसम्मको संयोग केही छैन । तर स्रोतको हवाला दिदैं लेखिएको यस्तो समाचार ‘वाइयात’ रहेको प्रचण्ड नै बताउँछन् । खबरडबलीसँग प्रचण्डले भने, –‘मनमै नभएको कुरालाई कसले बनाएको सामाचार ?’ यसको अर्थ प्रचण्डले माथि उल्लेखित दुबै कुरा बोलेका थिएनन् । तर उनका विरुद्ध राजधानिको एउटा उच्च वर्ग कसरी लागेको छ भन्ने कुरा प्रष्ट हुन्छ । प्रचण्ड खुइल्याउने अभियानको ठेक्का लिएका केही डलरेहरुको आगामी कदम के हुन्छ हेर्न भने बाँकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: