Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

माओवादी केन्द्रद्धारा बाढीपीडितलाई राहत वितरण

\"badi-3-660x330-750\"इनरुवा १२, साउन । सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ । केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घुस्की–४ का ८० घर मुस्लिम परिवारलाई राहतस्वरुप चिउरा, भुजा, प्याज र नुन वितरण गरेको जनाएको छ । केन्द्रका घुस्की अध्यक्ष दिल महमदको अगुवाइमा बाढीपीडितलाई राहत वितरण गरिएको बताइएको छ । पीडितलाई पार्टीले प्रतिपरिवार दुई केजी भुजा, तीन केजी च्युरा, एक केजी नुन र केही प्याज वितरण गरेको जनाएको छ । यता बाढीका कारण बबिया–६ र ७ का ७० परिवार विस्थापनको अवस्थामा पुगेको गाविस सचिव नेत्र न्यौपानेले जानकारी दिए। सचिव न्यौपानेका अनुसार सुनसरी खोलामा आएको बाढीले बबिया–१, ६, ७ र ८ नम्बर वडाका मुस्लिम, खत्वे, मेहता र मुसहर समुदाय बढी प्रभावित भएका छन् । पीडितलाई राहतका लागि पहल गरिदिन उनीहरुले जिल्ला तहका सरकारी कार्यालय तथा दैवी प्रकोप उद्धार समितिलाई समेत आग्रह गरेका छन् । नरसिंह–७ र वसन्तपुर–७ जोड्ने सडक सुनसरी खोलाको बाढीले बगाएको छ । सो बाटो बगाएपछि सीमावर्ती बजार बसमतियाको सम्पर्कसमेत टुटेको छ । विद्यालय र स्थानीय प्रहरी चौकीमा समेत तीन फिटसम्म पानी जमेको स्थानीयवासी रामेश्वर मेहताले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: