Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

बाढीमा परी १४ जनाको मृत्यु, २४ बेपत्ता

\"pahiro-1\"प्यूठान, ११ साउन । सोमबारदेखिको अविरल वर्षाका कारण प्यूठानमा १४ जनाको मृत्यु भएको छ । त्यस्तै २४ जना बेपत्ता भएका छन् ।

उत्तरी प्यूठानको लुङ–६ बहानेमा पाँच, पुजाँमा दुई, खवाङमा दुई र झिमरुक नदीमा पाँच गरी १४ जनाको मृत्यु भएको प्रहरीले आज पुष्टि गरेको छ ।

लुङ–६ बहानेमा शिशिर रिजाल, ध्वजबहादुर पुन र वसन्ता केसीको घर पहिरोले पुर्दा स्थानीयवासी करिब ३५ वर्षीया शोभा रिजाल, २५ वर्षीया काली परियार, ११ वर्षीया प्रेम थापा, ४० वर्षीया रञ्जना केसी र १२ वर्षीया सुशिला केसीको मृत्यु भएको छ ।

त्यस्तै झिमरुक नदीमा थप पाँच जनाको शव फेला परेको छ । झिमरुक नदीको बागदुला पक्की पुलमुनि अन्दाजी ११ वर्षीया बालिका, प्यूठान नगरपालिकाको बिजुवारमा निर्माणाधीन भवन नजिकै अन्दाजी ४५ वर्षीय पुरुष र खैरा झोलुङ्गे पुलनजिक पहिचान हुन नसकेको एक जनाको शब फेला परेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पुजाँ–१ मा घर भत्किँदा ३५ वर्षीया सुपारी मल्ल र उहाँका छोरा ११ वर्षीय मुकेश मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । त्यस्तै बिजुवारमा माजकोट गाविसकी जाली पुनको शव फेला परेको छ । त्यस्तै खवाङ–३ मा घर भत्किँदा ८० वर्षीय दविरे सुनार र ८० वर्षीया कुटली सुनारको मृत्यु भएको छ ।

त्यस्तै उत्तरी प्यूठानको अर्खा–६ गाविसमा गोठ बस्न गएका देवबहादुर बुढासहित उहाँका छोरा र छोरी बेपत्ता भएका छन् । अविरल वर्षासँगै जिल्लाको जनजीवन अत्यन्त प्रभावित भएको र जिल्लाभरमा बाढीले क्षति गरेकाले उद्धार कार्य जारी राखिएको प्रहरी नायब उपरीक्षक रञ्जित सिंहराठोँरले बताउ ।

लगातारको वर्षाका कारण जिल्लामा हालसम्ममै ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । पहिरो र बाढीका कारण फोप्ली–३ र ४ मा १४ जना बेपत्ता भएका छन् । उत्तरी प्यूठानको अर्खामा आठ र खवाङमा एकजना बेपत्ता भएका छन ।

त्यस्तै फोप्लीमा भएको घटनामा तीनजना विद्यार्थी र ११ जना स्थानीय बेपत्ता भएका छन् । स्थानीय झन्डै २०० परिवार फोप्लीमा विस्थापित भएका छन् । अहिले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयबाट उद्धार टोली घटनास्थल जाने क्रममा रहेको प्रहरीले जनाएको छ । जिल्लाभरमा बाढीका कारण धेरै मानवीय क्षति भएको हुन सक्ने प्रजिअ जनकराज पन्थले बताए।

बाढीका कारण फोप्ली, लुङ, उदयपुरकोट, रजवारा, स्याउलिवाङ र अर्खाका ३५० भन्दा धेरै घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको विद्यालयमा सारिएको छ । उद्धारका लागि जिल्लाभरमा नेपाली सेना, नेपाल प्रहरीलाई परिचालन गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ पन्थले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies