Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बाढीमा परी १४ जनाको मृत्यु, २४ बेपत्ता

\"pahiro-1\"प्यूठान, ११ साउन । सोमबारदेखिको अविरल वर्षाका कारण प्यूठानमा १४ जनाको मृत्यु भएको छ । त्यस्तै २४ जना बेपत्ता भएका छन् ।

उत्तरी प्यूठानको लुङ–६ बहानेमा पाँच, पुजाँमा दुई, खवाङमा दुई र झिमरुक नदीमा पाँच गरी १४ जनाको मृत्यु भएको प्रहरीले आज पुष्टि गरेको छ ।

लुङ–६ बहानेमा शिशिर रिजाल, ध्वजबहादुर पुन र वसन्ता केसीको घर पहिरोले पुर्दा स्थानीयवासी करिब ३५ वर्षीया शोभा रिजाल, २५ वर्षीया काली परियार, ११ वर्षीया प्रेम थापा, ४० वर्षीया रञ्जना केसी र १२ वर्षीया सुशिला केसीको मृत्यु भएको छ ।

त्यस्तै झिमरुक नदीमा थप पाँच जनाको शव फेला परेको छ । झिमरुक नदीको बागदुला पक्की पुलमुनि अन्दाजी ११ वर्षीया बालिका, प्यूठान नगरपालिकाको बिजुवारमा निर्माणाधीन भवन नजिकै अन्दाजी ४५ वर्षीय पुरुष र खैरा झोलुङ्गे पुलनजिक पहिचान हुन नसकेको एक जनाको शब फेला परेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पुजाँ–१ मा घर भत्किँदा ३५ वर्षीया सुपारी मल्ल र उहाँका छोरा ११ वर्षीय मुकेश मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । त्यस्तै बिजुवारमा माजकोट गाविसकी जाली पुनको शव फेला परेको छ । त्यस्तै खवाङ–३ मा घर भत्किँदा ८० वर्षीय दविरे सुनार र ८० वर्षीया कुटली सुनारको मृत्यु भएको छ ।

त्यस्तै उत्तरी प्यूठानको अर्खा–६ गाविसमा गोठ बस्न गएका देवबहादुर बुढासहित उहाँका छोरा र छोरी बेपत्ता भएका छन् । अविरल वर्षासँगै जिल्लाको जनजीवन अत्यन्त प्रभावित भएको र जिल्लाभरमा बाढीले क्षति गरेकाले उद्धार कार्य जारी राखिएको प्रहरी नायब उपरीक्षक रञ्जित सिंहराठोँरले बताउ ।

लगातारको वर्षाका कारण जिल्लामा हालसम्ममै ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । पहिरो र बाढीका कारण फोप्ली–३ र ४ मा १४ जना बेपत्ता भएका छन् । उत्तरी प्यूठानको अर्खामा आठ र खवाङमा एकजना बेपत्ता भएका छन ।

त्यस्तै फोप्लीमा भएको घटनामा तीनजना विद्यार्थी र ११ जना स्थानीय बेपत्ता भएका छन् । स्थानीय झन्डै २०० परिवार फोप्लीमा विस्थापित भएका छन् । अहिले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयबाट उद्धार टोली घटनास्थल जाने क्रममा रहेको प्रहरीले जनाएको छ । जिल्लाभरमा बाढीका कारण धेरै मानवीय क्षति भएको हुन सक्ने प्रजिअ जनकराज पन्थले बताए।

बाढीका कारण फोप्ली, लुङ, उदयपुरकोट, रजवारा, स्याउलिवाङ र अर्खाका ३५० भन्दा धेरै घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको विद्यालयमा सारिएको छ । उद्धारका लागि जिल्लाभरमा नेपाली सेना, नेपाल प्रहरीलाई परिचालन गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ पन्थले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: