Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

गण्डक ब्यारेजको सबै ढोका खोलियो, स्थानीयलाई सुरक्षित स्थानमा सारिदै

\"Gandak\"नवलपरासी, ११ साउन । नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।

नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि गण्डक बाँध नै फुट्ने खतरा बढेका कारण सो पानी भारततर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार नारायणी नदीमा पानीको बहाबले खतराको बिन्दुसमेत नाघेपछि उच्च सतकर्ता अपनाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।

नारायणी नदीमा गरिएको पछिल्लो पानी मापनअनुसार ९ दशमलब ४१ मिटर रहेको देबघाटस्थित जल मापन केन्द्रलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । ८ दशमलब ४ मिटर हुँदा नारायणी नदी क्षेत्रमा पूर्णरुपमा खतराको सङ्केत हुन्छ ।

नदीमा पानीको बहाव बढ्दै जाँदा जल मापन प्रविधिमा समेत प्राविधिक समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।गण्डक ब्यारेजको सबै ढोका खोलिए पनि नदीमा पानीको बहाव निकै रहेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गदै नदी किनार आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचित गरेको छ ।

अहिले यस क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले नदी किनार आसपासमा साइरन बजाई स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको बताए ।

नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका नर्सही, कुडिया, पक्लिहवा, गुठी प्रसौनी, प्रतापपुर, गुठी सूर्यपुरालगायतका १३ गाविस बाढीको उच्च जोखिममा रहेका छन् ।

नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधका कारण पानीको सतह खतराको सङ्केतभन्दा माथि पुगेको हो । पहाडी जिल्लामा तीन दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण गण्डकी–नारायणी नदीमा पानीको बहाव उच्च भएको हो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: