Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नारायणीमा खतराको साइरन बज्यो

\"Narayaniचितवन, ११ साउन । चितवनको नारायणणी नदीमा बाढीले खतराको सङ्केत नाघेपछि साइरन बजाइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक विनोदप्रकाश सिंहले नारायणीले खतराको सङ्केत नाघेपछि साइरन बजाई सम्बन्धित मातहतका निकायलाई परिचालन गरिएको जानकारी दिए ।

उहाँका अनुसार पश्चिम चितवनको गोलाघाट र मङ्गलपुरको शरणपुरमा बाढी पस्ने सम्भावना बढेकाले सेना प्रहरी र विपद् जोखिम व्यवस्थापनका टोली खटाइएको छ । दिउँसो १ बजेबाट खतराको चिह्न ८ दशमलव ४ मिटर बाढीको सतह हुनुपर्नेमा झन्डै ८ दशमलव ५ पुगेको समितिले जनाएको छ ।

यसअघि आज बिहान १० बजेको समयमा नारायणी नदीको सतह ७ दशमलव ४ मिटर पुगेको जलमापन केन्द्र देवघाट चितवनले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अनुसार ७ दशमलव ३ मिटर बाढीको तह भएमा चेतावनीको तह मानिन्छ । १० बजे बाढीको सतह ७।४ मिटर पुगेर चेतावनीको लेवल नाघेकामा अहिले ८ दशमलव ५ पुग्न लागेकाले खतराको घन्टी बजाइएको समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए ।

“अहिले खतराको तह नाघेको छ, सबै क्षेत्रमा सतर्क रहन आग्रह गर्दछु”, लुइँटेलले भने । अहिले बाढीको सतह बढ्दो क्रममा रहेको छ । दुई दिनअघि यहाँ चेतावनीको तह नाघेर ७ दशमलव ५ मिटर पुग्दा पश्चिम चितवनको शरणपुरमा पानी पसेको थियो भने ड्यामका जालीसमेत बगाएको थियो ।

सो क्षेत्रमा अहिले बोरामा गिट्टी भरेर अस्थायी ड्याम बनाइएको छ । सूचना अधिकारी लुइँटेलका अनुसार ८।४ मिटर बाढीको सतह भएपछि यहाँ खतराको सङ्केत दिने गरिएको छ ।

वर्षा मापन केन्द्रमा असर

चितवनको नारायणणी नदीमा अहिलेम्मकै उच्च बहावको बाढी आउँदा जिल्लामा रहेको वर्षा मापन केन्द्रको सूचना दिने प्रणालीमा असर पुगेको छ ।

आज दिउँसो ३ बजेसम्म सूचना दिँदै आएको चितवन देवघाटको वर्षा मापन केन्द्रमा उच्च बाढीमा आएको छालले सूचना दिने प्रविधिमा असर गरेको केन्द्रले जनाएको छ । मर्मत गरेर सिस्टम सवा ४ बजेबाट पुनः सञ्चालनमा ल्याइएको छ ।

वेबसाइटमार्फत जुनसुकै कुनाबाट पनि नारायणी नदीको सतह हेर्न सकिने उक्त प्रविधि केही समय अवरुद्ध भएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानाकारी दिए । अहिलेसम्म नेपाल सरकारको मौसम विज्ञान विभागअन्तर्गत सञ्चालित धधध।जथमचययिनथ।नयख।लउ मार्फत नारायणीको बाढीको अवस्था हेर्न सकिन्छ ।

लुइँटेलका अनुसार करिब ३ बजेको समयमा नारायणीको बाढी ९ दशमलव ५८ मिटर पुगेपछि छालले वेबसाइटमा दिने सूचना प्रणालीमा असर पु¥याएको हो । त्यसपछि नारायणीको बहाव अहिलेसम्मकै सबैभन्दा बढी पुगी ९ दशमलव ६१ मिटर पुगेको लुइँटेलले जानकारी दिए । अहिले केही घटेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सबै निकायलाई आवश्यक तयारीमा रहन निर्देशन दिएको जानकारी दिए। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: