Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

नेपाली क्रिकेटको विवाद बुझ्न आइसिसी टोली काठमाडौँमा

काठमाडौँ, १० साउन । पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को एक टोली आज नेपाल आइपुगेको छ ।

\"ICC\"आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । टोलीमा आइसिसी कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आइसिसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेख छन् ।

त्यस्तै आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेबिड रिचर्डसन र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा समेत बिहीबार नेपाल आउने बताइएको छ । नेपाली क्रिकेटको विवादले चरम रुप लिएपछि गत वैशाख १३ गते आइसिसीले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै अघिल्लो महिना मात्र स्कटल्यान्डको इडिनबर्गमा बसेको आइसिसीको वार्षिक बैठकले निलम्बन सदर गरेको थियो ।

यता नेपालमा भने निर्वाचित क्यान र राखेपले बनाएको क्यानको तदर्थ समितिको विवाद दुवै अदालतमा पुगेको अवस्था छ । क्यानका निर्वाचित अध्यक्ष टङ्क आङबुहाङ नेतृत्वको कार्यसमितिको म्याद मङ्सिरमा सकिएपछि अर्को कार्यसमितिको निर्वाचनबारे विवाद आएपछि क्यान विवादले उग्र रुप लिएको थियो ।

यस्तोमा क्यानका उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल लगायतको पक्षले मङ्सिरमा चुनावी साधारणसभा गर्दै चन्दका अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकामा त्यसलाई राखेप र अध्यक्ष आङ्बुहाङ पक्षले अवैधानिक बताउँदै आएको थियो ।

विवादपछि राखेपले गत पुसमा रमेश सिलवालका अध्यक्षतामा क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेकामा चतुरबहादुर चन्द लगायतले राखेपको तदर्थ समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले दुवै पक्षलाई काम कारबाही नगर्न अन्तरिम आदेश जारी ग¥यो ।

आइसिसीले क्यान स्वतन्त्र निकायका रुपमा स्थापित नहुँदासम्म निलम्बन कायमै रहने बताउदै आएको छ । यसैबीच नेपाल आएको आइसिसी टोलीले क्यानका पूर्व अध्यक्ष, सरकारी पक्ष, राखेप, दुवै क्यानका प्रतिनिधि तथा खेलाडी तथा सम्बन्धित व्यक्तिसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ ।

टोलीले नेपाली क्रिकेट विवादबारे यथार्थ पत्ता लगाएर आइसिसीमा लाने र त्यसपछि ठोस निर्णय लिने बताइएको छ । क्यान निलम्बनमा परे पनि नेपाली क्रिकेट टोलीले आइसिसीका अन्तर्राट्रिय प्रतियोगिताहरू भने खेलिरहेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending