Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

न्युयोर्कमा नेपाली वस्तु प्रवर्द्धन गरिने

काठमाडौँ, ६ साउन । वर्ल्ड विजिनेस म्यानेजमेन्ट एन्ड कन्सल्ट्यान्टले नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले आउँदो असोज १४ देखि १६ गतेसम्म न्युयोर्कमा ‘नेपाल एक्जिबेसन एन्ड इन्टरनेसनल ट्रेड सो’ आयोजना गर्ने भएको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा कन्सल्ट्यान्टका निर्देशक कृष्ण लामिछानेले उक्त व्यापारिक मेलामा नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अमेरिकाले भन्सार छुट गरेका विभिन्न ६६ प्रकारका वस्तुलाई प्रदर्शनमा राखिने जानकारी दिए ।

कपडा तथा गलैँचा, हस्तकलासम्बन्धी सामग्री, छालाजन्य वस्तु कपडा, झोला, जुत्ता, मफलर, टोपी, नेपाली शैलीमा निर्माण गरिएका सुनका गरगहना नेपाली उत्पादनका रुपमा प्रदर्शनीमा समावेश गरिनेछ ।

दुई वर्षदेखि वस्तु उत्पादन गरेका, खुद्रा वा थोक व्यापार गरेका, सरकारी कर तिरेका, स्वदेशी तथा विदेशी मेलामा सहभागी भई अनुभव हासिल गरेका, बैंकिङ प्रक्रियाबाट कारोबार गरेका उद्योगीलाई प्रदर्शनीमा सहभागी गराइनेछ ।

प्रदर्शनीमा नेपालबाट जाने व्यवसायीलाई ३०० तथा विश्वका अन्य स्थानमा बसेका नेपाली व्यवसायीलाई ७२ कक्षको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नेपाल महिला उद्यमी महासङ्घका सुमित्रा पलाञ्चोके (श्रेष्ठ)ले मुलुकका विभिन्न उत्पादन प्रवर्द्धन गरी नेपालका कुन उत्पादनको अन्तर्राष्ट्रिय तहमा कस्तो माग छ, त्यसका बारेमा अध्ययन गर्न प्रदर्शनीले सहयोग गर्ने बताइन् ।

विभिन्न स्थानमा अन्तर्राष्ट्रियस्तरको टिमुरको छोप आपूर्ति गर्दै आएको नेपाली मन उद्योगका सञ्चालिका बसुमाया तामाङले अन्तर्राष्ट्रिय तहमा नेपालको प्रतिष्ठा बढाउने र नेपाली व्यवसायीको व्यापार वृद्धिका साथै पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरिन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending