Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नविता सर्वाधिक लोकप्रिय खेलाडी, नवयुग र फुपू उत्कृष्ट पुरुष र महिला खेलाडी

\"kheladi-final\" काठमाडौं, ६ साउन । टेबलटेनिस खेलाडी नविता श्रेष्ठ पल्सर स्पोर्टस अवार्डमा सर्वाधिक लोकप्रिय खेलाडीको बनेकी छन् ।

भलिबलकी प्रतिभा माली र फुटबलका नवयुग श्रेष्ठलाई पछाडि पार्दै उनले बिहिबार काठमाडौंमा आयोजना गरिएको १३ औं स्पोर्टस अवार्ड समारोहमा पिपुल्स च्वाइस विधामा बाजी मारिन् ।

१२ औं सागकी कास्य विजेता नविताले एसएमएस भोट र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस विधामा अवार्ड पाएकी हुन्। नविताले कुल २ लाख ८६ हजार ५ सय ५१ भोटमध्ये १ लाख ५० हजार भोट पाएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

१२ औं सागमा काँस्य नै जितेकी प्रतिभाले १ लाख १६ हजार ६ सय भोट पाइन् भने नेपाललाई दुई दशकपछि फुटबलमा अर्न्तराष्ट्रिय उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका नवयुग श्रेष्ठले भने जम्मा १३ हजार ७५ भोट पाएर तेस्रो भए।

पिपुल्स च्वाइस विधामा तेस्रो स्थानमा चित्त बुझाए पनि नवयुग पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए। नवयुगको उत्कृष्ट प्रदर्शनमा नेपालले वंगबन्धु कपको उपाधि र सागमा स्वर्ण जितेको थियो।

महिलातर्फ जुडोकी फुपुल्हामु खत्री उत्कृष्ट खेलाडी घोषित भइन्। १२ औं सागकी स्वर्ण विजेता फुपुल्हामुले सागकै स्वर्ण विजेता उसुकी निमा घर्तीमगर, ट्रायथलनकी रोजा केसी, तेक्वान्दोकी रेजिना कार्की र पौडीकी गौरिका सिंहलाई पछाडि पारेर उत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन्।

अवार्डवापत नविता, नवयुग र फुपुल्हामुले एक एक वटा पल्सर मोटरसाइकल हात पारे।उत्कृष्ट युवा खेलाडीको अवार्ड भने फुटबल खेलाडी अञ्जन विष्टले जिते। अञ्जन वंगबन्धु कप र सागमा स्वर्ण हात पार्ने टोलीका महत्वपूर्ण सदस्य हुन्। उनले क्रिकेटका सन्दिप लामिछाने, पौडीकी गौरिका सिंह, जुडोकी मनिता श्रेष्ठ र उसुकी निमा घर्तीमगरलाई पछाडि पारेर अवार्ड हात पारे।

वंगबन्धु कप र १९ वर्ष मुनिको साफ च्याम्पियनसीपको उपाधि दिलाएवापत फुटबलबाटै बालगोपाल महर्जनले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे। बालगोपालले फुटबलकै राजुकाजी शाक्य, उसुका प्रकाश महर्जन, क्रिकेटका जगत टमाटा र जुडोका दलबहादुर गुरुङका पछाडि पारेर अवार्ड हात पारेका हुन्। समारोहमा बालगोपाल भने अनुपस्थित थिए।

अखिल नेपाल फुटबल संघका दिवंगत कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरियो भने फुटबल रेफ्रीबाट अवकाश लिएका श्रीराम रञ्जितकारलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइयो।

पारा एथलिट को अवार्ड सीता भण्डारीले जितेकामा आयोजक खेलकुद पत्रकार मञ्चले राष्ट्रिय फुटबल टिमलाई टिम अफ द इयर घोषित गरेको छ। उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेशल अवार्ड, पारा एललिट र लाइफटाइम अचिभमेन्ट विधाका विजेताले ५०–५० हजार रुपैयाँ पाएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending