Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

अविश्वास प्रस्ताव सफल बनाउन काँग्रेसको जोड

\"congress-meetingकाठमाडौँ, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावलाई अत्यधिक बहुमतले पारित गर्न जोड दिएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले अविश्वासको प्रस्तावलाई सफल पार्न जोड दिएका हुन । बैठकका सुरुमा सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक परिस्थितिका बारेमा जानकारी गराएका थिए । बैठकमा सदस्यहरुले सो अविश्वास प्रस्तावलाई प्रभावकारी रुपमा सफल पार्ने तथा भावी सरकार गठन प्रक्रिया र भ्रातृ एवम् शुभेच्छुक संस्थाको महाधिवेशनका सम्बन्धमा धारणा राख्नुभएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । बैठकमा यसअघि नयाँ सरकार गठनका लागि नेकपा ९माओवादी केन्द्र सँग भएको सहमतिलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि नेकपा एमाले लगायत सबै दलसँग सद्भावपूर्ण तवरले संवादको संयोजन र नेतृत्व गर्नुपर्ने विषयमा केन्द्रित भएर छलफल भएको नेता केसीले बताए । उनले भने –“ बैठममा नयाँ सरकारमा सहभागी हुने विषयमा सैद्धान्तिक छलफल मात्र भएको र त्यसको मापदण्ड केन्द्रीय समितिले तय गरेपछि मन्त्रिमण्डलका सम्भावित सदस्यका बारेमा उच्च नेतृत्वले आपसी सहमतिका आधारमा टुङ्गो लगाउने बारे छलफल भयो । ” केन्द्रीय सदस्य डा नारायण खड्काले नयाँ बन्ने सरकारले शान्ति प्रक्रियाका बाँकी काम अन्तर्राष्ट्रिय प्रचलनका आधारमा सहमतिका साथ शीघ्र टुंग्याउनु पर्ने, मधेस केन्द्रित र अन्य संविधानसँग असन्तुष्ट दलसँग लचकताका साथ संवाद गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने र स्थानीय निकायको निर्वाचन समयमा नै सम्पन्न गर्नुपर्ने धारणा नेताहरुले राखेको जानकारी दिए । बैठकपछि नेत्री सुजाता कोइरालाले आफूले संविधान कार्यान्वयन र मुलुकका जटिल समस्या समाधानका लागि काँग्रेसले एमालेलगायत सबै दलसँग मिलेर अघि बढ्नाको विकल्प नरहेको तथा काँग्रेसका कारणले मुलुकको राजनीति अस्थिर हुन नहुनेमा जोड दिँदै सरकार ढाल्ने बारेमा जनतालाई स्पष्ट जानकारी दिनुपर्ने धारणा राखेको बताइन । बैठकमा नयाँ गठबन्धनका बारेमा केन्द्रीय समितिले धारणा बनाई त्यसलाई पार्टीको स्थानीय तह र जनस्तरमा लैजाने बारेमा छलफल हुनाका साथै सरकार परिवर्तनका स्वाभाविक प्रक्रियाले राष्ट्रिय राजनीतिमा ठूलो तिक्तता नहोस् भन्नेतर्फ पार्टी सचेत हुनुपर्ने विषयमा छलफल भएको थियो । नयाँ सरकार गठनमा चुनौती छ भन्ने अफवाहका बारेमा संसदीय प्रणालीमा त्यस्तो कुनै संवैधानिक जटिलता नरहेको निष्कर्षमा पार्टी पुगेको नेता महेश आचार्यले जानकारी दिए । उनले भने, “नेपालको संविधान र संसद्को नियमावली, २०७३ मा सरकारले बहुमत गुमाइसकेपछि नयाँ सरकार गठनको स्पष्ट व्यवस्था रहेको छ । यसमा कसलाई द्विविधा हुनुहुँदैन ।” पद लम्ब्याउन कसैले पनि संविधानको अपव्याख्या गर्न नहुने पार्टीको धारणा रहेको जानकारी गराउँदै नेता आचार्यले प्रधानमन्त्री ओलीले त्यस्तो गर्नुहुँदैन भन्ने पार्टीको विश्वास रहेको बताए । बैठकमा नेपाल विद्यार्थी सङ्घ र नेपाल महिला सङ्घको विधान संशोधन तथा नेपाल तरुण दल, नेपाल किसान सङ्घ, नेपाल सांस्कृतिक सङ्घलगायत भ्रातृ संस्थाको महाधिवेशन निर्धारित समयमा नै हुनुपर्ने विषयमा सदस्यले धारणा राखेको बताइएको छ । मध्याह्नसम्म बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, गुरुराज घिमिरे, कृष्णप्रसाद सिटौला, गगनकुमार थापा, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना, बालकृष्ण खाण, डा मीनेन्द्र रिजाल, प्रदीप पौडेल, रमेश लेखक, भीष्मराज आङ्देम्बे, प्रदीप गिरीलगायतले धारणा राख्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE