Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

पहिरोबाट उद्धार गरिएकालाई अस्थायी आवासमा

ताप्लेजुङ, ४ साउन । तापेथोकका पहिरो प्रभावित १२ घरपरिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गरी व्यवस्थापन गरिने भएको छ । तापेथोक– ८ मा पर्ने सोत्लिमा गाउँमा माथिबाट झरेको पहिरो बीचमा परेपछि आइतबार उद्धार गरिएका सात परिवारसहित अन्य प्रभावित समेत गरी १२ परिवारका लागि सामूहिक आवास निर्माण गरेर राख्ने तयारी भएको हो । उद्धारपछि सोत्लिमाकै माथिल्लो भेगस्थित एउटा टारमा उनीहरुलाई सारिएको र सोही स्थानमा नै अस्थायी आवास निर्माण गरी व्यवस्थापन गर्न लागिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ चक्रपाणि पाण्डेले राससलाई जानकारी दिए । सो स्थानमा तत्काल सदरमुकामबाट आवासका लागि सामान पु¥याउन सक्ने अवस्था नरहेकाले कञ्चनजङ्घा संरक्षण क्षेत्रले लेलेपको लुङथुङमा हरितगृहका लागि पु¥याइएको पाल अस्थायी आवास निर्माणका लागि समन्वय गरेर आज बिहान पठाइएको पाण्डेले जानकारी दिए । सोही आवासमा विस्थापित १२ परिवारका ५२ जना परिवार सदस्यको बसाइ हुने छ । अहिले सो क्षेत्रमा तापेथोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रदीप राईको नेतृत्वमा प्रहरीको टोली रहेको छ । प्रहरीका साथै गाउँलेको संयुक्त प्रयासमा आवास निर्माण हुने जनाइएको छ । गत शनिबार बिहान आएको पहिराले सोत्लिमाका केही बस्ती नै जोखिममा परेपछि उनीहरुलाई उद्धार गरी टारमा सारिएको हो । पहिरो आएपछि बेपत्ता भएकी भनिएकी स्थानीयवासी २८ वर्षीय मनिता राईको अवस्था अझै अज्ञात रहेको र उनको खोजी जारी रहेको बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE