Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

के भयो प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा ?

\"Oliकाठमाडौं, ३ साउन । केपी ओलीले नयाँ सरकार गठनको संवैधानिक अस्पष्टताबारे नेपाली काग्रेस र माओवादी केन्द्रसँग छलफल गरेका छन् । नयाँ सरकार गठनबारे संबिधानमा नै अन्यौलता रहेको भन्दै ओलीले त्यसमा कांग्रेस र माओवादीको धारणा माग गरेका थिए ।

सोमबार साँझ बालुवाटार पुगेका देउवा र प्रचण्डलाई ओलीले संविधानभित्रका प्रावधानहरू स्पष्ट नरहेको उल्लेख गर्दै ओलीले यसमा सबै दलले स्पष्ट गर्न जरुरी रहेको धारणा राखेका थिए ।

‘मिलेर जाने हो भने संविधानमा परेका खाल्टाखुल्टीहरू पनि सहमति र सल्लाहले पुर्दै जान सकिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘होइन असहमति नै हो भने त सबैले यहीं बसेर राजनीतिक गर्ने हो, त्यहीअनुसार अघि बढौं ।’

कांग्रेस–माओवादी गठबन्धनले संसदको नियमावलीमा स्पष्ट व्यवस्था रहेकाले नयाँ सरकार गठनमा कुनै बाधा नरहेको बताउँदै आएका छन् । यही सन्दर्भमा दुवै पक्षले कानुनविद्हरूसँग शनिबार र आइतबार छुट्टाछुट्टै छलफल गरेका थिए । ओलीले संविधानअनुसार आफू अघि बढ्ने भन्दै देउवा र प्रचण्डलाई धेरै अविश्वास र भ्रम नपाल्न पनि आग्रह गरेका थिए ।

छलफलमा कांग्रेस सभापति देउवाले असहज परिस्थितिमा राजीनामा उत्तम विकल्प भएको भन्दै ओलीलाई आग्रह गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले देउवाको तर्कलाई समर्थन गर्दै सरकार गठनमा अवरोध गर्न नहुने धारणा राखेका थिए ।

बैठकमा ओलीले संसद्मा बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची अघि नबढाइएकोमा पनि आपत्ति जनाएका थिए । सभामुख ओनसरी घर्तीमगरले संसद्लाई गलत ढंगले अघि बढाउन खोजिरहेको भन्दै उनको निष्पक्षतामाथि प्रश्न गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE