Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

के भयो प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा ?

\"Oliकाठमाडौं, ३ साउन । केपी ओलीले नयाँ सरकार गठनको संवैधानिक अस्पष्टताबारे नेपाली काग्रेस र माओवादी केन्द्रसँग छलफल गरेका छन् । नयाँ सरकार गठनबारे संबिधानमा नै अन्यौलता रहेको भन्दै ओलीले त्यसमा कांग्रेस र माओवादीको धारणा माग गरेका थिए ।

सोमबार साँझ बालुवाटार पुगेका देउवा र प्रचण्डलाई ओलीले संविधानभित्रका प्रावधानहरू स्पष्ट नरहेको उल्लेख गर्दै ओलीले यसमा सबै दलले स्पष्ट गर्न जरुरी रहेको धारणा राखेका थिए ।

‘मिलेर जाने हो भने संविधानमा परेका खाल्टाखुल्टीहरू पनि सहमति र सल्लाहले पुर्दै जान सकिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘होइन असहमति नै हो भने त सबैले यहीं बसेर राजनीतिक गर्ने हो, त्यहीअनुसार अघि बढौं ।’

कांग्रेस–माओवादी गठबन्धनले संसदको नियमावलीमा स्पष्ट व्यवस्था रहेकाले नयाँ सरकार गठनमा कुनै बाधा नरहेको बताउँदै आएका छन् । यही सन्दर्भमा दुवै पक्षले कानुनविद्हरूसँग शनिबार र आइतबार छुट्टाछुट्टै छलफल गरेका थिए । ओलीले संविधानअनुसार आफू अघि बढ्ने भन्दै देउवा र प्रचण्डलाई धेरै अविश्वास र भ्रम नपाल्न पनि आग्रह गरेका थिए ।

छलफलमा कांग्रेस सभापति देउवाले असहज परिस्थितिमा राजीनामा उत्तम विकल्प भएको भन्दै ओलीलाई आग्रह गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले देउवाको तर्कलाई समर्थन गर्दै सरकार गठनमा अवरोध गर्न नहुने धारणा राखेका थिए ।

बैठकमा ओलीले संसद्मा बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची अघि नबढाइएकोमा पनि आपत्ति जनाएका थिए । सभामुख ओनसरी घर्तीमगरले संसद्लाई गलत ढंगले अघि बढाउन खोजिरहेको भन्दै उनको निष्पक्षतामाथि प्रश्न गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending