Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

नेपालमा स्थानीय तहको संख्या ५६५, कुन जिल्लामा कति ?

काठमाडौं, ३ साउन । नेपालमा स्थानीय तहको संख्या ५ सय ६५ वटा भन्दा बढी नहुने भएको छ । स्थानीय तहको संख्या तथा सीमाना निर्धारण गनै गठित आयोगले स्थानीय तहको संख्या ५ सय ६५ भन्दा धेरै बनाउन नहुने निष्कर्ष निकालेको हो ।

\"Pradesh\"आयोगले सोमबार बुद्धनगरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी स्थानीय तहको अधिकतम संख्याबारे जानकारी दिएको हो ।

आयोगले तयार पारेको मापदण्ड अनुसार मोरङ र रुपन्देहीमा सबैभन्दा बढी १३–१३ वटा स्थानीय तह रहनेछन् । सबैभन्दा थोरै आयोगले जनाएको छ । आयोगका अनुसार रसुवा, मनाङ र मुस्ताङमा सबैभन्दा कम अर्थात ३–३ वटा स्थानीय तह रहनेछन् ।

यस्तै सिन्धुपाल्चोकमा १२ तथा सुनसरी, सप्तरी, सर्लाही, काभ्रे, धादिङ र नवलपरासीमा ११–११ वटा स्थानीय तह रहनेछन् । मकवानपुरमा ९ र चितवनमा ८ स्थानीय तह हुने आयोगको निष्कर्ष छ । क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो जिल्ला डोल्पामा ६ वटा स्थानीय तह रहने आयोगले बताएको छ । यसैगरी सबैभन्दा सानो जिल्ला भक्तपुरमा जम्मा चार स्थानीय तह रहनेछन् ।

आयोगले स्थानीय तहको संख्या निर्धारण गर्दा जनसंख्या वितरण, क्षेत्रफल, जिल्लाको प्रकृति, जिल्ला समन्वय समितिको संरचना र विद्यमान स्थानीय निकायको संख्याको अनुपातलाई आधार मानेको छ ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, विज्ञ तथा सरोकारवाला लगायत करिब ७ सय जनासँगको छलफलपछि पाँच वटा आधार तयार पारेर स्थानीय तहको अधिकतम संख्या निकालेको आयोगका प्रवक्ता डा. हरि पौडेलले जानकारी दिए । उनले भने, ‘यो संख्या अधिकतम हो, यसभन्दा पनि घटाउन सकिन्छ ।’

आयोगले गाउँपालिकाका लागि हिमाली भागमा १५ हजार, पहाडी भागमा २५ हजार र तराईमा ५० हजार जनसंख्या तोकेको छ । यस्तै, आयोगले नगरपालिकाका लागि हिमाली भागमा २० हजार, पहाडी भागमा ३५ हजार, तराईमा ७५ हजार र काठमाडौ उपत्यकामा ९५ हजार जनसंख्या तोकेर स्थानीय तहको अधिकतम संख्या निर्धारण गरेको हो ।

आयोगले पहाडी जिल्लाका सदरमुकामका नगरपालिकाका लागि ४५ हजार तथा तराई र भित्री मधेशका जिल्ला सदरमुकामका नगरपालिकाका लागि ९५ हजार जनसंख्या तोकेको छ ।

आयोगका अध्यक्ष बालानन्द पौडेलले संख्या उल्लेख्य रुपमा घट्ने भएपनि स्थानीय तहबाट स्थानीय जनताले अहिलेको भन्दा सजिलोसँग सेवा पाउने दाबी गरे।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE