Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

नेपालमा स्थानीय तहको संख्या ५६५, कुन जिल्लामा कति ?

काठमाडौं, ३ साउन । नेपालमा स्थानीय तहको संख्या ५ सय ६५ वटा भन्दा बढी नहुने भएको छ । स्थानीय तहको संख्या तथा सीमाना निर्धारण गनै गठित आयोगले स्थानीय तहको संख्या ५ सय ६५ भन्दा धेरै बनाउन नहुने निष्कर्ष निकालेको हो ।

\"Pradesh\"आयोगले सोमबार बुद्धनगरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी स्थानीय तहको अधिकतम संख्याबारे जानकारी दिएको हो ।

आयोगले तयार पारेको मापदण्ड अनुसार मोरङ र रुपन्देहीमा सबैभन्दा बढी १३–१३ वटा स्थानीय तह रहनेछन् । सबैभन्दा थोरै आयोगले जनाएको छ । आयोगका अनुसार रसुवा, मनाङ र मुस्ताङमा सबैभन्दा कम अर्थात ३–३ वटा स्थानीय तह रहनेछन् ।

यस्तै सिन्धुपाल्चोकमा १२ तथा सुनसरी, सप्तरी, सर्लाही, काभ्रे, धादिङ र नवलपरासीमा ११–११ वटा स्थानीय तह रहनेछन् । मकवानपुरमा ९ र चितवनमा ८ स्थानीय तह हुने आयोगको निष्कर्ष छ । क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो जिल्ला डोल्पामा ६ वटा स्थानीय तह रहने आयोगले बताएको छ । यसैगरी सबैभन्दा सानो जिल्ला भक्तपुरमा जम्मा चार स्थानीय तह रहनेछन् ।

आयोगले स्थानीय तहको संख्या निर्धारण गर्दा जनसंख्या वितरण, क्षेत्रफल, जिल्लाको प्रकृति, जिल्ला समन्वय समितिको संरचना र विद्यमान स्थानीय निकायको संख्याको अनुपातलाई आधार मानेको छ ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, विज्ञ तथा सरोकारवाला लगायत करिब ७ सय जनासँगको छलफलपछि पाँच वटा आधार तयार पारेर स्थानीय तहको अधिकतम संख्या निकालेको आयोगका प्रवक्ता डा. हरि पौडेलले जानकारी दिए । उनले भने, ‘यो संख्या अधिकतम हो, यसभन्दा पनि घटाउन सकिन्छ ।’

आयोगले गाउँपालिकाका लागि हिमाली भागमा १५ हजार, पहाडी भागमा २५ हजार र तराईमा ५० हजार जनसंख्या तोकेको छ । यस्तै, आयोगले नगरपालिकाका लागि हिमाली भागमा २० हजार, पहाडी भागमा ३५ हजार, तराईमा ७५ हजार र काठमाडौ उपत्यकामा ९५ हजार जनसंख्या तोकेर स्थानीय तहको अधिकतम संख्या निर्धारण गरेको हो ।

आयोगले पहाडी जिल्लाका सदरमुकामका नगरपालिकाका लागि ४५ हजार तथा तराई र भित्री मधेशका जिल्ला सदरमुकामका नगरपालिकाका लागि ९५ हजार जनसंख्या तोकेको छ ।

आयोगका अध्यक्ष बालानन्द पौडेलले संख्या उल्लेख्य रुपमा घट्ने भएपनि स्थानीय तहबाट स्थानीय जनताले अहिलेको भन्दा सजिलोसँग सेवा पाउने दाबी गरे।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending