Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

भूकम्पपीडित बालबालिकाले पुनः सहयोग पाउने

\"childकाठमाडौँ, २ साउन । विसं २०७२ को भूकम्पबाट प्रभावित अत्याधिक जोखिममा परेका बालबालिकाले प्राथमिकताका आधारमा पुनः सहयोग पाउने भएका छन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले बालबालिका वा परिवारको स्थिति सुधारका लागि थप सहयोग गर्ने भएका हुन् । समितिले पहिलो चरण अन्तर्गत भूकम्प प्रभावित १४ जिल्लाका अत्याधिक जोखिममा परेका २१ हजार बालबालिकालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले स्वास्थ्य, शिक्षा र पारिवारिक सहयोगका लागि रकम दिइसकेको छ । समितिको हालसम्मको तथ्याङ्कानुसार ४१ हजार ९२६ बालबालिका भूकम्पबाट प्रभावित छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार तीन सय छन् । सो तथ्याङ्कबाट समितिले पुनः प्राथमिकता दिई दोस्रो चरणको सहयोग गर्न लागेको परियोजना अधिकृत केशव चालिसेले जानकारी दिए । दोस्रो चरणको सहयोगमा करिब ४२ हजारमध्येबाटै प्राथमिकीकरण गरी करिब एक हजार जनालाई रु पाँच हजारका दरले भदौ महिनादेखि रकम वितरण गरिने छ । त्यसैगरी समितिले १४ जिल्लामा विभिन्न सरोकार भएका निकायसँग समन्वय गरी प्रभावकारी ढङ्गबाट बाल संरक्षणार्थ योजना निर्माण तथा सहयोग वितरण कार्य समेत सञ्चालन गर्ने छ । भूकम्पबाट प्रभावित बालबालिकालाई पहिलो प्राथमिकता परिवार, समाज वा आफन्तकहाँ स्थापित गर्ने र त्यसो हुन नसकेमा केन्द्रीय बालकल्याण समितिको समन्वयमा बलागृहमा राख्ने गरिएको महिला मन्त्रालय, बाल संरक्षण शाखा प्रमुख डा किरण रूपाखेतीले जानकारी दिए भूकम्प वा अन्य कारणबाट बाबु र आमा दुवै गुमाएका, बाबुआमामध्ये कोही एक गुमाएका, बाबुको मृत्यु भएको, आमाले अर्को विवाह गरेको लगायतका आधारमा बालबालिकाको पुनः प्राथमिकीकरण गरी सहयोग वितरण गरिने परियोजना अधिकृत चालिसेको भनाइ छ । बालकल्याण समितिले सडक बालबालिकाको व्यवस्थापन र द्वन्द्वप्रभावित बालबालिकाको सम्बन्धमा समेत काम गर्दै आएको छ । यसैबीच समितिले पछिल्लो पटक देशैभरि रहेका बालगृहको अनुगमनलाई तीव्र बनाएको कार्यकारी निर्देशक तारक धितालले जानकारी दिनुभयो । समितिले २०७२ साउनदेखि २०७३ वैशाखसम्म ३६० बालगृहमा गरेको अनुगमनका क्रममा १३ बालगृह मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । समितिले ती बालगृहबाट १७८ बालबालिकालाई उद्धार समेत गरिसकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending