Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

UPDATE टर्कीमा परिस्थिति नियन्त्रणभित्रै, मारिनेको सङ्ख्या ९०, करिब १५ सय घाइते

\"Turkey-coup-4\"अङ्कारा, १ साउन । टर्कीमा केही सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेको भएपनि शनिबार बिहान परिस्थिति नियन्त्रणमा लिने प्रयास सरकारले गरिरहेको बताइएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगनले सैनिक विद्रोहलाई नियन्त्रणमा लिने प्रयास शनिबार बिहानसम्म नै गरेको बुझिएको छ । उनी बिदामा बसेको समयमा यो प्रयास भएको थियो । करिब १३ वर्षदेखि टर्कीमा शासन गरिरहेका राष्ट्रपति तैयपका विरुद्धमा टर्कीमा विद्रोहको आवाज उठेको थियो । सोही कारण पछिल्लो समयमा विभिन्न आन्दोलन सुरु भएका थिए । शुक्रबार राति टर्कीको सैनिक दुई भागमा बाँडिएर यस्तो कू को प्रयास भएको जनाइएको छ । उनी इस्तानबुलको विमानस्थलबाट ओर्लिए र आफ्ना समर्थकहरुलाई सम्बोधन गरे । उक्त समर्थनमा उनले पछिल्लो समयमा आतङ्कवादीहरुले आक्रमण सुरु गरेको समयमा देशभित्रै यस्तो विद्रोह हुनु दुःखद भएको बताए । शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्याका सैनिक सडकमा ओर्र्लिएका थिए । उनीहरुले सरकारी सेनासँग भिडन्त पनि गरेका थिए । यस भिडन्तमा परी मारिने व्यक्तिको सङ्ख्या करिब ९० रहेको जनाएका छन् । त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका छन् । घाइते हुनेमा सर्वसाधारण के कति र कति सेना छन् भन्ने बारेमा भने केही खुलेको छैन । त्यस्तै मारिनेमा पनि के कतिजना सेना वा सर्वसाधारण छन् भन्ने बारेमा पनि केही खुलेको छैन । यी दुई सहरमा ती सैनिकले विद्रोह गरेका थिए । विद्रोही सैनिकले गोलाबारी पनि गरेका थिए । टर्कीको सरकारले यसलाई सैनिक विद्रोह भनेको छैन । राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको जनाइएको छ । टर्कीको सरकारी समाचार समिति, अन्दालउले यो समाचार दिएको छ । उक्त समाचारका अनुसार शनिबार बिहान अबेर तिर सयौँ सैनिकलाई नियन्त्रणमा लिएको छ भने सयौँले आत्मसमर्पण गरेका जनाइएको छ । सरकारले इस्तानबुल र अङ्कारामा कफ्र्यू लगाएको छ । कफ्र्यूका बाबजुद पनि राष्ट्रपति तैयपको राजनीतिक दलका समर्थकहरुले उक्त प्रयासका विरुद्धमा यी दुवै सहरमा सरकारको समर्थनमा जुलुश निकालेका छन् । राष्ट्रपतिले यस प्रयासलाई देशद्रोह भनेका छन् । उनले यस्ता देशद्रोहीलाई नछोडिने पनि बताए । उनका अनुसार– यस्ता देशद्रोहीले भविश्यमा ठूलो मूल्य चुकाउनुपर्ने छ । त्यस विद्रोहमा संलग्न हुने सेनाको सङ्ख्या अझै स्पष्ट रुपमा आएको छैन । सरकारले कतिपयलाई नियन्त्रणमा लिएको छ भने केहीले आत्मसर्पण गरेका छन् । विद्रोहमा संलग्नहरुको खोजी र पहिचानको काम भइरहेको सरकारले जनाएको छ । यसको सबै विवरण आउन अझै केही घन्टालाग्ने पनि सरकारले जनाएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending