Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

आदित्यको संरक्षणमा एक करोड, पाँच लाख अपाङ्गताका लागि कति दिने सरकार ?

\"aaditya\" काठमाडौं, १ साउन । सोलुकी लक्की राई शारिरीक असक्तताकै कारण हिडडुल गर्न सक्दिनन् । ५ कक्षामा पढ्दै गरेकी उनी शारिरीक अशक्त भएर पनि कक्षामा अब्बल छिन् । लक्कीको पालनपोषणका लागि परिवारले हात फैलाउँदै हिडेका छन् । लक्की जस्तै थुप्रै अपाङ्गगता भएका भएका ब्यक्तिहरु सडकमा हात पसारेर बसेका छन् । नेपालमा ५ लाख १३ हजार ३२१ जना अपांगता भएका व्यक्ति रहेको तथ्यांकमा उल्लेख छ । यो नेपालको कुल जनसंख्याको १.९४ प्रतिशत हो । नेकपा माओवादी केन्द्रले सरकारको समर्थन झिकेपछि अल्पमतमा परेको केपी ओली नेतृत्वको सरकारले शुक्रबार मात्रै झापाका अदित्य दाहालको संरक्षणका लागि भन्दै एक करोड दिने निर्णय गर्यो । झापाका शेषराज दाहाल र इश्वराका छोरा आदित्य एकसातापछि छ वर्ष पूरा हुँदैछन् । स्कुल नै नगइ आदित्यले करिब चार वर्षको उमेरदेखि कापीकलम च्यापेर फटाफट लेख्न थाले । लेखिएका उनका अभिब्यक्ति सामान्य बालकको जस्तो थिएन, उनी महान दार्शनिकले जस्तो थियो । उनले सोधेको कुरा लेखेरै भविष्यवाणी गर्छन् । सामान्य अवस्थाका आदित्य भविष्यवक्ता हुन थालेपछि भने उनको शारिरीक अवस्था कमजोर हुँदै गयो । उन झनपछि झन असामान्य बन्दै गए । उनका हातखुट्टा चलेनन् । बालक आदित्य शारिरीक अशक्त भएपछि उनको अद्भूत ज्ञान क्षमता भने बढ्दै गयो । अद्भूत क्षमता देखाउने बालकको शारिरीक अवस्थाप्रति परिवार चिन्तित बन्यो । उनको उपचारका लागि भन्दै तत्कालिन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले अमेरिकामा लगेर उपचार गर्ने प्रवन्ध मिलायो । अनेकौं परिक्षण र लामो अनुसन्धानका बाबजुद अमेरिकी डाक्टरहरुले उनको रोग पहिचान गर्न सकेनन् । क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा आदित्यको स्वास्थ्य अनुसन्धान भएको थियो । एमआरआई गर्दा मस्तिष्कमा आइरन जम्मा भएको देखिएपछि उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबीआईए) भएको चिकित्सकहरुले आशंका गरे । तर, एनबीआईएका १३ वटा प्रकारमा आदित्यका लक्षणहरु मेल नखाएपछि चिकित्सकहरुको त्यो शंका पनि गलत भयो । चार महिनाको उपचारपछि स्वदेश फर्काइएका बालकको स्वास्थ्यमा सामान्य सुधार आएको परिवारले जनाएको छ । तीनै आदित्य पछिल्लो समय योगध्यानमा आकर्षित भएका देखिन्छन् । उनको संरक्षणका लागि भन्दै आदित्य दाहाल प्रतिष्ठान गठन गरिएको छ । त्यहि प्रतिष्ठानलाई भन्दै सरकारले एक करोड दिने निर्णय गरेपछि भने सरकारको ब्यापक आलोचना भएको छ । प्रतिष्ठानको सवारी साधन, आवास निर्माण र साधनाका लागि भौतिक पूर्वाधार तयार गर्न भन्दै मन्त्रिपरिषद शुक्रबारको बैठकले एक करोड दिने निर्णय गरेको छ । अद्भूत क्षमताका अपाङ्गगता भएका बालकको संरक्षणका लागि एक करोड दिने सरकारको निर्णयपछि अन्य अपाङ्गता भएका ब्यक्तिहरु पनि आफ्नो सरक्षण सरकारले गरिदिने रहेछ भन्दै उत्साहित हुन थालेका छन् । राज्यको दायित्व पनि हो, अपाङ्गता भएका ब्यक्तिहरुको संरक्षण गर्ने । त्यसैले सामाजिक सञ्जालहरुमा अवाज उठन थालेको छ, आदित्य प्रतिष्ठान जस्तै देशैभर रहेका पाँच लाख बढी अपाङ्गगता भएका ब्यक्तिहरुको नाममा प्रतिष्ठान स्थापना गरी सबै प्रतिष्ठानलाई सरकारले एक करोडका दरले सहयोग गरोस्, ओली सरकारको जयजयकार गर्नेछौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE