Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

धनकुटा जिविस लगातार छैटौं पटक उत्कृष्ट

\"Dhankuta\"धनकुटा, ३१ असार। स्थानीय निकाय वित्तीय आयोगको सचिवालयले गत वर्षको कामका आधारमा गरेको न्यूनतम शर्त तथा कार्य सम्पादन मापन (एमसीपीएम)मा धनकुटा जिल्ला विकास समिति लगातार छैटौं पटक सर्वोत्कृष्ट भएको छ ।

वित्तीय आयोगको सचिवालयले आर्थिक वर्ष २०६२/६३ बाट सुरु गरेको नमुना परिक्षणमा तेस्रो भएको धनकुटा जिल्ला विकास समिति दोस्रो हुँदै लगातार छैटौं पटक उत्कृष्ट ठहरिएको हो ।

स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले उपलब्ध स्रोत, साधनको सक्दो परिचालन गरि गुणस्तरमा मापदण्ड पूरा गरिएकाले सफल भएको बताए । अधिकारीले भने, \"यो उपलब्धि बचाइ राख्न हामीसामु चुनौती पनि थपिएको छ ।\"

न्यूनतम शर्तका अनिवार्य वार्षिक बजेट तथा कार्यक्रम स्वीकृति, प्रगति प्रतिवेदन, खाता सञ्चालन, सूचना अभिलेख, जिन्सी तथा कर्मचारी व्यवस्थापनमा उत्कृष्ट भएको हो । यस्तै, कार्य सम्पादन मापनका योजना तथा बजेट व्यवस्थापन, स्रोत परिचालन तथा वित्तीय व्यवस्थापन, बजेट निकासी, खर्च र कार्यक्रम कार्यान्वयन, अनुगमन र मुल्यांकन, सञ्चार र पारदर्शिता तथा संगठन व्यवस्थापन र कार्य जिम्मेवारी लगायतका सूचकमा उत्कृष्ट अंक प्राप्त गरेको छ ।

स्थानीय निकाय वित्तीय आयोगको सचिवालयद्धारा निर्धारित न्यूनतम शर्तका अनिवार्य ९ र कार्य सम्पादन मापनका ५ वटा सूचकमा ८७ अंक ल्याएर जिल्ला विकास समिति धनकुटा सर्वोत्कृष्ट घोषित भएको हो । यसैगरी ८५ अङ्क प्राप्त गरी बाँके र दैलेख जिविस दोस्रो, ७५ अङ्क प्राप्त गरी पाँचथर, कास्की र प्यूठान जिविस तेस्रो भएका छन् ।

नगरपालिकातर्फ ९० अङ्क प्राप्त गरी बुटवल उपमहानगरपालिका पहिलो, ८९ अङ्क प्राप्त गरी हेटौँडा उपमहानगरपालिका र धनकुटा नगरपालिका दोस्रो, ८८ अङ्क प्राप्त गरी घोराही नगरपालिका तेस्रो भएका छन् ।

सम्बन्धित जिविसमार्फत कुल तीन हजार एक सय ५७ गाविसमध्ये ५५ जिल्लाका दुई हजार तीन सय ४९ गाविसको न्यूनतम सर्त तथा कार्यसम्पादन मूल्याङ्कन भएकामा एक हजार आठ सय ८२ गाविसले न्यूनतम सर्तका सूचक पूरा गरेका छन्, बाँकी १८ जिल्लाका आठ सय ८ गाविसले मूल्याङ्कन गराएका छैनन् ।

मूल्याङ्कन अनुसार ६८ जिविस, ४८ नगरपालिका र एक हजार आठ सय ८२ गाविस न्यूनतम सर्तका सूचक पूरा गर्न सफल भएका छन् । सात जिविस, १० नगरपालिका र चार ६७ गाविसले न्यूनतम सर्तका सूचक पूरा गर्न नसकेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

नतिजा अनुसार पहिलो, दोस्रो र तेस्रो भएका छ जिविसले थप पुँजीगत अनुदानको २० प्रतिशत पाउने भएका छन् । त्यसैगरी पहिलो, दोस्रो र तेस्रो भएका चार नगरपालिकाले पनि थप पुँजीगत अनुदानको २० प्रतिशत पाउनेछन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending