Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

‘स्पोर्टस अवार्ड’को मनोनयन सार्वजनिक

\"sportsकाठमाडौँ, २९ असार । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’का लागि मनोनयन सार्वजनिक गरेको छ ।

आज यहाँ पत्रकारसम्मेलनको आयोजना गर्दै मञ्चले चार विधाका लागि मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि हरेक विधामा पाँच÷पाँच खेलाडी मनोनयनमा परेका छन् । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा गठित सात जनाको समितिले गत वर्ष अर्थात् विसं २०७२ भरि विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र देशलाई सफलता दिलाउने खेलाडीलाई अवार्डका लागि योग्य ठहर गर्दै मनोनयन गरेको बताइएको छ ।

जसअन्तर्गत वर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथू, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरा छन् ।

त्यस्तै उत्कृष्ट महिला खेलाडीतर्फ जुडोकी फुपू ल्हामु खत्री, उसुकी निमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की रहेका छन् ।

त्यसैगरी क्रिकेटका सन्दीप लामिछाने, फुटबलका अन्जन विष्ट, पौडीकी गौरिका सिंह, जुडोकी मनिता श्रेष्ठ प्रधान, उसुकी निमा घर्ती मगर उत्कृष्ट युवा खेलाडीका लागि मनोयनमा परेका छन् ।

साथै वर्षको उत्कृष्ट प्रशिक्षकमा फुटबलका बालगोपाल महर्जन र राजुकाजी शाक्य, क्रिकेटका जगत टमाटा, उसुका प्रकाश महर्जन र जुडोका दलबहादुर गुरुङ छनोट हुन सफल भए ।

यीबाहेक अन्य चार विधामा गरी यो वर्ष जम्मा आठ विधामा पुरस्कार दिइनेछ । ‘पिपुल्स च्वाइस अवार्ड’का लागि यसअघि नै पाँच खेलाडी मनोनयनमा परिसकेका थिए ।

दर्शकको ‘एसएमएस’ मतका आधारमा हुने यस विधामा फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी प्रतिभा माली, टेबलटेनिसकी नविता श्रेष्ठ र भारोत्तोलनकी तारादेवी पुन मनोनयनमा परिसकेका छन् ।

अन्य विधामा उत्कृष्ट पाराएथलेटिक, स्पेसल अवार्ड र ‘लाइभ टाइम अचिभमेन्ट’ अवार्ड छन् । यी तीन विधामा अवार्ड प्रदान गरिने दिन सोझै निर्णय गरिने छ ।

विभिन्न विधाका मनोनयनमा परेका मध्ये फुटबलका नवयुग, क्रिकेटका सन्दीप र उसुकी निमा दुई विधामा समावेश छन् ।

यीमध्ये वर्षका सर्वोत्कृष्ट पुरुष, महिला र ‘पिपुल्स च्वाइस’ विधाका एक÷एक खेलाडीले जनही पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्यले जनही रु ५० हजार पाउनेछन् । अवार्ड आगामी साउन ६ गते यहाँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रदान गरिने कार्यक्रम छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending