Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

वर्तमान सरकार राष्ट्रिय सहमतिको बाधक छैन– सञ्चारमन्त्री राई

\"serdhanभक्तपुर, २५ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकार राष्ट्रिय सहमतिको बाधक नभएको बताएका छन् । जिविस भक्तपुरको सहयोगमा नेपाल पत्रकार महासङ्घ भक्तपुरले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा उनले भने , “हामी राष्ट्रिय सहमतिको पक्षमा छौँ, प्रधानमन्त्रीले सुरुदेखि नै राष्ट्रिय सहमतिको आह्वान गर्दै आउनुभएको हो, राष्ट्रिय सहमतिको ढोका अहिले पनि खुला छ ।” नेपाल सरकारका प्रवक्ता राईले राष्ट्रिय आवश्यकता र संविधान कार्यान्वयनका जगमा सहमति जुट्न सक्छ भने सरकार सहमतिका लागि सरकार तयार रहेको बताए । विगतको भद्र सहमति, १६ बुँदे सहमति, संविधानले निर्देश गरेको मार्ग र जनताको आकाङ्क्षालाई फर्केर हेरेर आत्मालोचना गर्दै सहमतिमा आउन नेपाली काँग्रेसलाई उनले आग्रह गरे । सहमतिका नाममा संविधान कार्यावन्यनको कार्यदिशालाई अलमल गर्न नहुने धारणा राख्दै उनले संविधान कार्यान्वयन गर्न नचाहने र निर्वाचन गराउन नचाहनेसँग सरकारले सल्लाह र सहमति गरेर नहिँड्ने बताए । वर्तमान सरकारले राष्ट्रिय स्वाधीनतासँग लडेको र देशको असहज परिस्थितिलाई सहज बनाएको बताउँदै मन्त्री राईले भने, “यो सरकारले पाँच वर्षभित्र पुनःनिर्माणको कार्य सम्पन्न गर्ने घोषणा ग¥यो, संविधान कार्यान्वयनको स्पष्ट कार्य योजना अगाडि ल्यायो, देश बाहिर र भित्रको भ्रम चिरियो, इतिहासमै पहिलो पटक भूपरिवेष्ठित देशको पहिचान दिँदै चीनसँग व्यापार र सम्झौता ग¥यो, जनताको व्यापक समर्थन र विश्वास यसमा छ, सरकारको यस्ता काम मन नपर्ने व्यक्तिले यो सरकार ढाल्ने चाहना राख्दैमा सरकार ढल्दैन ।” उनले मधेसकेन्द्रित दलसँग वार्ता र छलफलबाटै सहमति गरेर समस्या समाधान गर्न सरकार सधैँ तयार रहेको बताउँदै सरकारले तीन पटक वार्ताका लागि पत्र पठाउँदा पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्रै आन्तरिक मतभेदका कारण वार्ता हुन नसकेको बताए । उनले भने–“संविधान पुनःलेखनको मागलाई बटम लाइन नबनाई संविधान संशोधनबाटै समस्या समाधान गर्नेगरी मोर्चा वार्तामा आए सरकारसँग हुने वार्ता निष्कर्षमा पुग्न सक्छ ।” उनले मोर्चाभित्रको मतभेदलाई छिटो टुङ्गोमा पु¥याएर सरकारसँग वार्तामा बसी मुलुकलाई समाधान दिन मोर्चालाई आग्रह गरे । सरकारले आमसञ्चार नीति तर्जुमा गर्न लागेको बताउँदै सूचना तथा सञ्चारमन्त्रीले उच्चस्तरीय समितिले एक साताभित्र प्रतिवेदन बुझाएलगत्तै संसद्बाट पारित गरी त्यसलाई कार्यान्वयनमा ल्याइने बताए। आगामी साउन १ गतेदेखि श्रमजीवी पत्रकार ऐन अनिवार्य लागू हुने बताउँदै मन्त्री राईले यसको नाममा सञ्चारगृह खुम्चन र बन्द हुने अवस्था आउन नदिन सरकार सञ्चारगृहसँग बसेर छलफल गरी उनीहरुको मागलाई सम्बोधन गर्न कटिबद्ध रहेको बताए । कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगर, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागार्इं, पत्रकार महासङ्घ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगाईं, सहसचिव दीपक लामिछाने लगायतले सञ्चारगृहलाई समेत मार नपर्ने गरी श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्नेमा जोड दिए । पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष अमर भुजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार विकल श्रेष्ठ, दिलीप थापा मगर र नारायणसुन्दर किलम्बूलाई जनही रु तीन हजार १० सहित सम्मान गरिएको थियो । सम्मानित हुने पत्रकार श्रेष्ठले पुरस्कार पाएको रकममा थप रु तीन हजार १० थपेर महासङ्घलाई नै फिर्ता गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending