Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

एक सय विद्यार्थीलाई अनेरास्ववियुको छात्रवृत्ति

\"anerashobiyu\"काठमाडौँ, २३ असार । अनेरास्ववियुले प्रवेशिका परीक्षा उत्तीर्ण १०० विद्यार्थीलाई आज बिहीबारछात्रवृत्ति प्रदान गरेको छ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ६५औँ जन्मजयन्तीका अवसरमा अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा ग्रामीण क्षेत्रका विपन्न, दलित, उत्पीडित वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले राष्ट्रियताको जगमा उभिएको वर्तमान सरकार कसैले चाहँदैमा परिवर्तन नहुने बताउँदै सरकारले ल्याएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिपक्षलाई जिम्मेवार हुन आग्रह गरे ।

व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले सीपमूलक र व्यावसायिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिए । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले अबको शिक्षा उत्पादन र प्रविधिमैत्री बनाई विद्यार्थीलाई रोजगार बनाइने जानकारी दिए ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले पहुँचवालाले मात्र छात्रवृत्ति पाइरहेको अहिलेको अवस्थामा दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।

छात्रवृत्तिका लागि दुर्गम क्षेत्रका उत्पीडित, अल्पसङ्ख्यक, मुक्तकमैयाका छोराछोरी, सहिद परिवार, द्वन्द्वपीडित, भूकम्प प्रभावित, पिछडिएको क्षेत्रका विद्यार्थी हुनुपर्नेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE