Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अरुण ३ अब हामी आफैँले यसरी बनाऔं

नौ सय मेगावाटको अरुण ३ तथा अरुण उपत्यकामा निर्माण गर्न सकिने विभिन्न जलविद्युत आयोजनाहरु हालको पूर्वाञ्चल तथा भविष्यको १ नं. प्रदेशका आर्थिक क्रान्तिका मेरुदण्ड हुन् अर्थात् सेतो सुन बराबर । २३ वर्षअघि हाम्रो एउटा सानो अभियानकारी समूहले गरेको सफल अभियान अरुण ३ को निर्माण नेपालले नेपालकै लागि गर्नुपर्दछ तथा विश्व बैँकलगायतका अन्तर्राष्ट्रिय दातृ निकाय र सरकारहरूले दिएको ऋण तथा अनुदानको पनि सही सदुपयोग हुनुपर्दछ भन्ने थियो । तर यस देशलाई आज यो गतिमा पु¥याउने त्यसबेलाका खलनायकहरु डा. रामशरण महत, पशुपति शम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी, सूर्यनाथ उपाध्याय, डा. विनायक भद्रा, अजितनारायणसिंह थापा र डा. जनकलाल कर्माचार्यहरूका कारण यो सम्भव भएन । अरुण ३ खारेजीमा प¥यो ।   [caption id=\"attachment_81849\" align=\"alignleft\" width=\"222\"]\"गाेपाल गाेपाल चिन्तन[/caption] त्यसपछि पनि हाम्रो अभियान जारी रह्यो । तर २०६५ सालमा आएर नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को सरकारले बिनासोच अरुण ३ भारतीय सरकारी कम्पनी, सतलज जलविद्युत निगमलाई केही मेगावाट बिजुली र केही रोयल्टी पाउने शर्तमा कौडीको मूल्यमा सुम्पिदिए । भित्रभित्र के कति रकमको चलखेल के कसरी भयो त्यो त छानबिनको विषय हो । यसमा पछि आएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईसमेतको समर्थन रह्यो । यसरी जनयुद्धको जगमा प्रधानमन्त्री बनेका यी दुई क्रान्तिकारी कम्युनिष्टहरुको योगदान, बलिदान र राष्ट्रियता पनि बालुवामा पानी हालेबराबर भयो । १० वर्षे जनयुद्धमा खेलिएको रगतको होली दाहालको झोली र भट्टराईको नयाँ करिश्मायुक्त चोलीमा सिद्धियो । अब के गर्ने त ? अबको कुरा सिधा छ । हामीले बल्लतल्ल देशका लागि केही सुनौला सपना देख्ने प्रधानमन्त्री केपी शर्मा ओली पाएका छौँ । उनकै पालामा केही होलाको जस्तो पनि छ । उनी आँटिला पनि देखिएका छन् । तपाइँले बोलिदिए पुग्छ, हामी लड्न तयार छौँ । हामीलाई दलाल र डाक्टर बुद्धिजीवीभन्दा पनि धेरै नपढेकै होस् तर यस्तै र अझ बढी आँटिला र इमान्दार नेताहरु चाहिएको छ । प्रधानमन्त्री ओलीले आजै र अहिल्यै घोषणा गरी दिनुप¥यो कि अरुण ३ अब नेपालले आफैँ बनाउने छन्, दूतमार्ग सरकार आफैँले बनाउने घोषणा गरेजस्तै । अरुण ३ पूर्वाञ्चल अर्थात् १ नं. प्रदेशका जनताले आफैँ बनाउने छन् ।
अरुण ३ लगायतका यी आयोजनाहरु आफैँले आफ्नै लागि बनाइयो भने नेपाल छिट्टै नै जलविद्युतमा आत्मनिर्भर हुनेछ । भारत र अरब मुलुकहरुमाथिको नेपालको परनिर्भरताको अन्त्य हुनेछ । नेपालमा आर्थिक क्रान्ति हुनेछ ।
र, सक्नुहुन्छ भने बिनापूर्वाग्रह भनिदिनु होस् (किनकि म आफू मालेको संस्थापक कार्यकर्ता हो तर एमाले होइन) कि “यसको नेतृत्व आफ्नो सम्पूर्ण जिन्दगी नेपाल र भारतबीच भएका असमान सन्धिसम्झौताहरुको खारेजीका लागि बिताएको, जलस्रोतसँग सम्बन्धित सन्धिसम्झौताहरुका बारेमा विद्यावारिधि गरेको एउटा प्राध्यापक तथा सफलतापूर्वक अरुण ३ अभियान हाँकेको र अरुण ३ खारेज भएबापत खाँदबारीमा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरूबाट गोदाइ खाएको पूर्वाञ्चलकै आठराईका ह्वाकुमा जन्मेको प्रधानमन्त्रीको छिमेकी डा. गोपाल चिन्तनले गर्नेछ !” प्रधानमन्त्री ओलीले यस देशका लागि नगरी नहुने एउटा महान काम हो यो । अरुण ३ लगायतका यी आयोजनाहरु आफैँले आफ्नै लागि बनाइयो भने नेपाल छिट्टै नै जलविद्युतमा आत्मनिर्भर हुनेछ । भारत र अरब मुलुकहरुमाथिको नेपालको परनिर्भरताको अन्त्य हुनेछ । नेपालमा आर्थिक क्रान्ति हुनेछ । तपाइँ प्रधानमन्त्रीको सधैं जयजयकार हुनेछ । तपाइँका लागि काँध थाप्नेहरूको लावालस्कर हुनेछ । प्रधानमन्त्रीज्यू, तपाइँले यस राष्ट्रलाई यति गुण लगाइदिनु भयो भने म पनि आजैदेखि तपाइँको पछाडि लाग्ने छु । तपाइँलाई अन्तिम घडीसम्म साथ दिनेछु । म काठमाडौँ र पोखराको हुँदोखाँदो बुर्जुवा जागिर, वकालत, कमाइधमाइ र उपभोक्तावादी सुखसुविधा सबैथोक छोडेर बिनापारिश्रमिक अरुण र बरुणमा पाइने दुईछाक ढिँडो र सागका भारमा अरुण नदीका खोँचमा झम्पल र गैँती चलाएर अरुण ३ आयोजना तोकिएको समय र लागतमा मेरै नेतृत्वमा निर्माण गरेर देखाइदिनेछु । गर्नु हुन्छ यति हिम्मत हाम्रा लागि ? पूर्वाञ्चलका लागि ? १ नं. प्रदेशका लागि ? यस राष्ट्रका लागि ? यो हो छिट्टै र सजिलै पूरा हुने तपाइँको एउटा सपना । अनि के यसका लागि हामी पूर्वेलीहरु तयार छैनौँ ? पैसा त छ नि हामीसँगै । विज्ञहरु पनि हामीसँगै छन् । काम गर्ने प्राविधिक र मजदुरहरू पनि छन् । रोडा, ढुङ्गा र माटोको त समस्यै भएन । बिजुलीको बजारको कुरा गर्ने हो भने पूर्वाञ्चलले मात्र दशौँ हजार मेगावाट बिजुली खपत गर्न सक्छ, गर्नुपर्दछ । किन गर्नुप¥यो निर्यात ? बिजुली बढी भएर बेच्नै परेछ भने त्यही जोगबनी र सिलगुढी कटाउँला नि । किन चाहियो दिल्ली ! कि मरिसक्यौँ हामी पूर्वेलीहरु पनि ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending