Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

ढाकाको आतङ्ककारी हमलामा आइएसको सम्लग्नता अस्वीकार

\"dhaka-crisis\" ढाका, २० असार । बङ्गलादेशको राजधानी ढाकामा शनिबार बिहान भएका आतङ्ककारी हमलामा आइएसको सम्लग्नता नरहेको बङ्गलादेशले जनाएको छ । राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा गत शनिबार आतङ्ककारी हमला भएको थियो । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका र त्यहाँ रहेका कम्तीमा पनि २० जना विदेशीको हत्या गरेका थिए । उक्त आक्रमण इस्लामिक स्टेट्सले गरेको भनी यसअघि गरिएको दाबी सत्य नभएको बताइएको छ । बङ्गलादेशको सरकारले त्यसमा आइएसको सम्लग्नता अस्वीकार गरेको हो । बङ्गलादेशका गृहमन्त्री असादुजमान खानले उक्त हमलामा आइएसको हमलाको कुनै पनि संकेत नमिलेको जानकारी दिए । यस क्रममा सुरक्षाकर्मीको कारबाहीका क्रममा पाँचजना बन्दुकधारी मारिएका बताइएको थियो । ती मारिएका व्यक्ति बङ्गलादेशको नै एक प्रतिबन्धित समूहका सदस्य रहेकोले आइएसको सम्लग्नता नखुलेको उनको भनाई छ । साथै सुरक्षाफौजले नियन्त्रणमा लिएका केही व्यक्तिसँगको सोधपुछका क्रममा पनि यहाँ आइएस आतङ्कारीको सहभागिता नदेखिएको उनले बताए । मारिएका ती व्यक्ति बङ्गालादेशमा गएको करिब दश वर्षदेखि प्रतिबन्धित आतङ्ककारी संगठन जमाएतुल मुजाहिद्दीनका सदस्य रहेको खुलेको समाचारमा जनाइएको छ । मन्त्री खानले भने– आइएससँग उनीहरुको कुनै पनि सम्लग्नता छैन, हामीले अनुसन्धानबाट यो पत्ता लगाएका छौँ । यसअघि उक्त हमलामा आइएसको सम्लग्नता रहेको यहाँको सरकारले नै दाबी गरेको थियो । त्यस लगत्तै आइएस संगठनले पनि ढाकामा भएको आक्रमणमा आफ्नो संलग्नता रहेको जानकारी गराएको थियो । सोमबार यहाँको सरकारको सो भनाई आएको हो । त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले बङ्गलादेशलाई यस्तो आतङ्कवादी क्रियाकलापबाट हामीले जतिसक्दो चाँडै सामान्य अवस्थामा ल्याउने छौँ भनिन् । उनले बङ्गलादेशको सुरक्षा निकायले आक्रामक रुपमा कामगर्ने र उक्त होटलमा हमलागरी नागरिकको हत्या गर्ने दोषीलाई चाँडो भन्दा चाँडो कारबाहीको दायरामा ल्याएरै छोड्ने पनि बताइन् । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending