Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

माथिल्लो तामाकोशीबारे के भन्छ विप्लव माओवादी ?

काठमाडौं, यतिबेला चर्चाको विषय बनिरहेको माथिल्लो तामाकोशीको समस्या समाधानका लागि विप्लव माओवादीको दोलखा जिल्ला संगठन समितिले पछिल्लो धारणा सार्वजनिक गरेको छ । समितिका इन्चार्ज हिमाल र सेक्रेटरी संजिवद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो पार्टीले प्राकृतिक स्रोतमा स्थानीय जनता र श्रमिक वर्गको अग्राधिकार कायम हुनुपर्छ भन्ने मागलाई लामो समयदेखि उठाउँदै आएको छ । तर, शासकवर्गले त्यसलाई लत्याउँदै, झारा टार्ने कार्य गर्दै आएको छ । गणतान्त्रिक व्यवस्था केही टाठाबाठाहरुका लागि स्वर्ग र उत्पीडित, गरिव, श्रमिकका लागि उपलब्धिहीन बनिरहेको छ । दोलखाका प्राकृतिक स्रोत र स्थानीय जनताका सन्दर्भमा त्यस्तै तीतो यथार्थ अनुभूत भैरहेको छ । जसका कारण समय–समयमा समस्याहरु बल्झिरहेका छन् । तसर्थ, आयोजना स्थानीय जनता र श्रमिकका बीचमा दिगो समस्या समाधानार्थ निम्न कार्य अविलम्ब गर्न हामी सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं– - २०७१ फागुन २४ गते हाम्रो पार्टीद्वारा प्रस्तुत १० बुँदे माग अविलम्ब पूरा गरिनुपर्छ । - आयोजनामा कार्यरत नेपाली श्रमिकले कार्यदिन अनुसार निश्चित शेयर पाउनु पर्दछ । श्रमिकहरुको माग जायज भएकाले सो माग पूरा गरिनुपर्दछ । - आयोजनामा स्थानीय श्रमिकलाई रोजगारीको व्यवस्था गरिनु पर्दछ । - स्थानीय जनताले उठाएका मागहरुको सन्दर्भमा सर्वपक्षीय वार्ताद्वारा निकास खोजिनु पर्दछ  । स्थानीय जनता र मजदुरका मागहरु यथाशिघ्र वार्ताद्वारा समाधान गर्नुको सट्टा बलप्रयोग तथा दमन गर्ने भन्ने कतिपय दलका नेता र आयोजना पक्षको धारणाले हामी स्तब्ध भएका छौं । तसर्थ वार्ताद्वारा अविलम्ब मजदुरका माग पूरा गरी आयोजना सुचारु गर्न हामी जोडदार माग गर्दछौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: