Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

पोल्याण्ड पेनाल्टीमा चुकेपछि पोर्चुगल सेमिफाइनल पुग्यो

\"portuchal-750\"काठमाडौं, १७ असार । युरोकप २०१६ को क्वाटरफाइनलको पहिलो खेलमा पोर्चुगलले पोल्याण्डलाई पेनाल्टी सटआउटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । गएराति भएको खेलमा सुरुवाती अग्रता पोल्याण्डले जोगाउन नसक्दा खेल १÷१ को बराबरीमा गएको थियो । खेलको दोस्रो मिनेटमै लेवानाडोस्कीको गोलबाट अग्रता लिएको पोल्याण्डलाई ३३ मिनेटमा पोर्चुगलका १८ वर्षे मिडफिल्डर रेनाटो सान्चेजले जवाफी गोल फर्काइ बराबरी गरेका थिए । सान्चेज पोर्चुगलका तर्फबाट सबभन्दा सानो उमेरमा युरो खेल्ने खेलाडी हुन् भने यस प्रतियोगिता गोल गर्ने सबैभन्दा कान्छा उमेरका खेलाडीसमेत हुन् । ९० मिनेटपश्चात थपिएको अतिरित्त समयमा समेत थप गोल हुन नसकेपश्चात खेल पेनाल्टी सुट आउटमा गएको थियो । यसअघि स्विजरल्याण्डलाई पेनाल्टी सट आउटमा हराएको पोल्याण्ड पोर्चुगलसँग भने चुक्यो । पोल्याण्डका लागि रोबर्ट लेवान्डास्की, अर्काडिउस मिलिक, कमिल ग्लिक मात्र पेनाल्टीमा गोल गर्न सफल भए भने ज्याकुव ब्लाज्कोवस्कीको प्रहार पोर्चुगलका गोलरक्षकले रोके । उता पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, रेनाटो सान्चेजले जाओ माउटिन्हो, नानी र रिकार्डो क्वारेस्माले गोल गरे । फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्वियम र वेल्सको खेलको विजेतासँग खेल्नु पर्नेछ । तर जारी युरोकपमा सबैभन्दा कम समयमा गोल गर्ने खेलाडी लेवानाडोस्की भएका छन् । उनले खेल सुरु भएको १ मिनेट ४० सेकेण्डमा  गोल गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending