Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

संविधान कार्यन्वयनका लागि प्रमुख दलहरुकोबीचमा सहमति आवस्यक ः सभामुख घर्ती

\"speaker-onsari-gharti-magar\"काठमाडौँ, १६ असार । सभामुख ओनसरी घर्तीले प्रमुख दलको राजनीतिक सहमति बिना नेपालको संविधान कार्यान्यवनको विषय सहज नभएको बताएकी छिन् । पूर्व सांसद मञ्चले ५८ औँ संसद् दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले संविधान निर्माणका बेला एकै ठाउँमा उभिएका प्रमुख राजनीतिक दल कार्यान्वयनको समयमा समेत एकताबद्ध हुनुपर्नेमा जोड दिइन । प्रमुख दल मिल्दा ठूलठूला राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले नेपाली जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न पनि प्रमुख दलले सहमतिको यात्रा सुरु गर्नुका विकल्प नभएको उल्लेख गरिन । राष्ट्रिय कार्यभार पूरा गर्न राजनीतिक आग्रह तथा पूर्वाग्रह त्यागेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै सभामुख घर्तीले जनताको प्रतिनिधि थलो व्यवस्थापिका–संसद्लाई जनताप्रति उत्तरदायी बनाउन आफू प्रयासरत रहेको जानकारी गराइन । सभामुख घर्तीले भनिन , “संसद्बाट जनतालाई कसरी सेवा दिन सकिन्छ, कसरी जनउत्तरदायी बनाउन सकिन्छ भन्नेमा हामी प्रतिबद्ध छौँ । संसद्को प्रमुख हुनुको नाताले पनि म त्यतातर्फ क्रियाशील छु ।” उनले पूर्वसांसद मञ्चको आफू संरक्षक रहेको भए पनि व्यवहारत पूर्वजनप्रतिनिधि नै आफ्नो अभिभावक रहेको बताइन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले संविधान कार्यान्वयनको विषय नै तत्कालको महत्वपूर्ण कार्यभार रहेको बताए । संविधान कार्यान्वयन, राष्ट्रिय माग तथा चाहनालाई सम्बोधन गर्न विगतमा एकै ठाँउमा उभिएका दल फेरि मिल्नुपर्ने र त्यसमा पूर्वसांसद् मञ्चको सहयोग र सद्भाव जरुरी रहेको उनको कथन थियो । कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्सेर राणा, पूर्व सांसद होमराज दाहाललगायतले मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्न जनप्रतिनिधि निकायलाई सबल र सक्षम बनाउनुपर्नेमा जोड दिए । उनीहरुले राष्ट्रिय विषयमा पूर्वजनप्रतिनिधिको भूमिका र उहाँहरुको अनुभव नै महत्वपूर्ण हुने धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE