Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

 ईयूको कडा शर्तः आप्रबासी समस्या समाधानबिना ईयू राष्ट्रका कुनै पनि बजार बेलायतको पहुँचमा नहुने

\"UK-Exit-EU\"ब्रसेल्स, १५ असार । युरोपियन युनियन  (ईयू) का नेताहरुले ईयूबाट बाहिरिने घोषणा गरेको बेलायतसँग कडा सर्त राख्दै भनेका छन्, यदि बेलायती व्यवसायले युरोपको कुनै पनि बजारमा पहुँच चाहन्छ भने उसले बेलायतस्थित युरोपियन श्रमिकलाई पनि स्वीकार गर्नुपर्छ । ईयू नेताहरुले बेलायत ईयूबाट बाहिरिने घोषणा गरेको सम्मेलनमार्फत बेलायतको जनमत सङ्ग्रहपछि देखिएको अनिश्चितताका बारेमा ठोस केही निर्णय नगरे पनि आफ्ना नागरिकलाई सुरक्षित राख्नका लागि सबै राष्ट्र एकजुट भएर लाग्ने प्रतिबद्धता जाहेर व्यक्त गरे । सबै ईयू सदस्य राष्ट्रका नेताहरु विल्कुलै एकताबद्ध रहनेमा प्रतिबद्धता जाहेर गरिएको ईयू परिषद्का प्रमुख डोनाल्ड टस्कले बताए । ईयूका बाँकी २७ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी भएको छलफलमा ईयू राष्ट्रबीच मानिसहरुको आवतजावत, सेवा, समान र वित्तीय गरी चार किसिमका स्वतन्त्रता ९छुट० लाई जारी राख्नेमा प्रतिबद्धता जाहेर गरिएको छ । उनीहरुले बेलायत ईयूबाट बाहिरिएको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा छलफललाई केन्द्रित गरेका भए पनि बेलायत ईयूबाट बाहिरिने प्रक्रिया कार्यान्वयनमा आउन बाँकी रहेको अवस्थामा कुनै ठोस निर्णय नलिइएको बैठकमा सहभागी एक नेताले बताए । हामी सबैले अब उठ्नुपर्छ र कफीको मिठो बास्ना लिनुपर्छ, लिथुवानियाली राष्ट्रपति डालिया ग्राइबाउस्केटले नयाँ परिस्थितिमा ईयूको नयाँ कार्यनीति कस्तो बनाउने भन्ने सवालमा बताए । हामीले यथास्थितिलाई जारी राख्यौँ भने यसबाट पपुलिस्ट फोर्स जसले युरोपको अन्त्य चाहन्छ उसैलाई फाइदा पुग्नेछ, फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दको भनाइ थियो । बेलायत ईयूबाट बाहिरिने निर्णय लिएको अवस्थामा हामीले यो कुरा बुझ्न जरुरी छ कि बेलायतको ईयूबाट प्रस्थान नत गहिरो एकीकरण नै हो न यो राष्ट्रिय सरकारलाई धेरै शक्तिशाली बनाउने कदम हुनसक्छ । ईयू सदस्य राष्ट्र एक भएर राम्रो नतिजाका लागि काम गर्नुपर्छ, जर्मन चान्सलर एन्जेला मर्केलले बताइन् । ईयू प्रमुख टस्कले आगामी बैठक स्लोभाकियाको राजधानी ब्राटिस्लाभामा सेप्टेम्बर १६ गतेका लागि हुने जानकारी दिए । रासस÷एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending