Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सामाजिक सञ्जालबाट एउटा यस्तो सन्देश

\"haribol   टिप्पणी काठमाडौं, १६ असार । विगतमा जसरी राजनीतिक दलहरुका नेताहरुले जेजे गर्थे, जनताले मौन समर्थन जनाउँथे । सर्वसाधारण नागरिकको राजनीतिक पहुँच पनि हुँदैनथ्यो भने नेताहरुलाई सुझाव दिने हैसियत पनि राख्दैनथे । क्रमशः प्रविधिको विकाससँगै अहिलेको समाज बदलिएको छ । विशेष गरी युवा पुस्ता नेपालको तीब्र गतिमा नेपालको विकास भएको हेर्न चाहन्छ । त्यसैले युवाहरु नेपालका राजनीतिक दलका नेताहरुको दृष्टिकोण परिवर्तन होस् भन्ने चाहन्छन् । अहिले लाखौं लाख नेपालीहरु सामाजिक सञ्जालहरुमा जोडिएका छन्, जसले तत्कालै राज्यको उच्च तहमा रहेका नेतृत्वलाई पनि तत्कालै सुझव र आलोचना गर्न भ्याउँछन् । तर यति हुँदाहुँदै पनि प्रधानमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका नेताहरुले सजकतापूर्वक काम गर्दैनन् । सञ्चारमाध्याम भन्दा पनि प्रभावकारी बनेको सामाजिक सञ्जालकै कारण गएको असार १५ गते धान दिवसमा पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुली मन्त्री पद नै त्याग्नुपर्ने अवस्थामा पुगे । जसको कारण थियो, धान दिवसका अवसरमा रोपाईँ कार्यक्रमको उद्घाटन गर्न गएका पूर्वमन्त्री पराजुलीको महिलामाथिको दुब्र्यवहार । यो पटकको असार १५ मा मन्त्री तथा नेताले सकारात्मक सन्देश प्रवाह गरुन् भन्ने सबैको चाहना थियो । तर यो पटक पनि कृषिमन्त्री हरिबोल गजुरेल आम नागरिकका सामु आलोचित बन्न पुगे । कृषिप्रधान देशका आम नेपालीलाई थाहा छ, गमलामा धान फलाउनुपर्ने अवस्था आइसकेको छैन । धान खेती हुने उर्बरभूमि प्रशस्त भएपनि बरु उचित सदुपयोग हुन सकेको छैन । त्यसका लागि आधुनिक कृषि प्रणालीको आवश्यकता छ । धान दिवसको अवसरमा आयोजित किसानलाई सम्मान गर्ने एक कार्यक्रममा कृषिमन्त्री गजुरेलले सोफामाथि राखिएको गमलामा धान रोपेर धान दिवस मनाएपछि उनका आलोचकहरुले मात्र होइन, आफ्नैले समेत आलोचना गरेका छन् । नेपालमा कृषि क्रान्ति ल्याउने सपना बाड्ने नेताहरुसँग कुन बिरुवा कहाँ रोप्नुपर्छ भन्ने ज्ञान नभएको हो वा मैले जे गरे पनि हुन्छ भन्ने मानसिकताको उपज हो, अझै प्रष्ट भएको छैन । विशेष गरी युवाहरु नेपालको समृद्धि र विकासका लागि नेताहरु सुध्रिएको हेर्न चाहन्छन् । त्यसैले आम नागरिकको आलोचनाबाट नेताहरुले एक पटक केही सिक्ने हो कि !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE