Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

‘मोदी–फर्म्याट’ को मञ्चनपछि भारतका सञ्चारमाध्यम समेतकाे समर्थन पाएँ : मनाेज गजुरेल

चर्चित हास्यकलाकार मनोज गजुरेल पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, एमालेका अध्यक्ष खड्गप्रसाद ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को क्यारिकेचर गरेर अत्याधिक चर्चामा आए । उनले किन गरे यी तीन राजनीतिक पुरुषहरुको क्यारिकेचर ? हामीले मनोज गजुरेलको बयानमा आधारित रहँदै  ‘ओली, मोदी र प्रचण्ड संवाद’ नाम दिएर खबरडबलीले गरेको कुराकानी प्रस्तुत गर्ने जमर्को गरेका छौं । यो संवाद लगातार तीन दिनसम्मका लागि हो । र, आज प्रस्तुत छ त्यसै श्रृंखलाअन्तर्गतको अन्तिम  ‘मोदी संवाद’ । – सम्पादक   यसअघि प्रचण्ड र ओलीका विषयमा गरिएको कुराकानीमा जसरी मैले \'मोदी नक्कल\' का विषयमा पाठकहरुसमक्ष कुरा गरिरहँदा अब पाठकहरुलाई म मेरो शैलीमा बगाउँदै लैजाने छु । मैले मोदीको नक्कल गर्नुका तीन आधार छन् । पहिलो आधार सजिलो छ– मैले तीनै व्यक्तिहरुको नक्कल गर्ने हो जो चर्चित छन् । दोस्रो– विश्वमै शक्ति उन्मुख राष्ट्रको नेता भएर उदाउँदै गरेका कारण । र तेस्रो– रिक्स छ भन्दा भन्दै पनि थोरै केही नयाँ गरौ भन्ने ध्येय । त्यसैले मैले मोदीको नक्कल गरेँ । जति बेला मैले मोदीको नक्कल गर्ने भनेर निधो गरी सकेको थिए त्यसवेला सम्म उहाँ गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो । प्रधामन्त्री हुने भन्ने कुरा मोदीको पार्टीले निर्णय गरी सकेको थिएन् । त्यसबेला मैले भारतका नेताहरु मध्ये मलाई मोदी नै नक्कलका लागि उपयुक्त ठाने । मोदीको नक्कल गर्नका लागि मैले उनको नजिकबाटै अध्ययन गर्न थाले । मलाई थाहा थियो यो संवेदशिल विषय हो । मैले उहाँको नक्कल गर्ने भनेर हाउँभाउँको अध्ययन गर्ने क्रममै थिए कि उहाँ प्रधानमन्त्री भएको केही समयपछि नेपालको भ्रमणमा आउनु भयो । मलाई त्यसपछि के चाहियो र मैले मोदीको भनाईलाई गुजुरियल शैलीमा फेरँे र अगाडी बढे । तपाईलाई थाहा छँदै छ मोदीको नक्कल धेरै चर्चामा आयो । मोदीले नेपालको संसदमा भाषण गर्दा ‘पानी और जवानी पहाड में नहीं रह सकती’ भन्नुभयो मैले त्यसमा थपेर मेरो डाइलग बनाएँ– ‘नानी, पानी और जवानी पहाड में नहीं रेह सकती, इसलिए आपके नेता ने नानी को बम्बई की तरफ, पानी को दिल्ली की तरफ और जवानी कोे खाडी की तरफ जब से धकेलना शुरु किया, नेपालका दुर्भाग्य वहीँ से शुरु हुआ ।’
‘नानी, पानी और जवानी पहाड में नहि रेह सकती, इसलिए आपके नेता ने नानी को बम्बई की तरफ, पानी को दिल्ली की तरफ और जवानी कोे खाडी की तरफ जब से धकेलना शुरु किया, नेपालका दुर्भाग्य वहीँ से शुरु हुआ ।’
मैले मोदीको नक्कल गर्नु अगाडिको पृष्ठभूमी पनि पाठकहरुलाई भन्न चाहन्छु । जब मैले मोदीको नक्कल गर्ने भने त्सपछि मैले मेरो टिममा सल्लाह गरे । हाम्रो सिस्नु पानी नेपालमा यस विषयमा नक्कल गर्ने भन्दा साथीहरुले राम्रो हुदैन भनेर भने । यहाँ महत्वपूर्ण कुरा के पनि छ भने– यो दुई देशको भावना र राष्ट्रिय संबन्धसँग गासिएको कुरा हो । समग्रमा भन्दा सम्वेदनशिल बिषय । विश्वकै शक्ति उन्मुख राष्ट्रको नेतालाई व्यंग्य गर्ने ? मलाई पनि होइन के हुने हो भन्ने भइ रहेको थियो । अझै स्पष्ट भाषमा भन्दा मोदीको नक्कल गर्दै गर्दा मनमा डरको बास थियो । मैले हिन्दीमा बोल्नु पथ्र्यो । मोदी जुन पृष्ठभूमीबाट आए हामीलाई उहाँको बारेमा थाहा छ । यसमा जे पनि हुन सक्ने सम्भावनाबारे हामीले विभिन्न चरणमा छलफल गर्‍यौं । यस्ता यावत विषयहरुलाई मैंले मिहिन विश्लेषण गरेँ र अगाडि बढेँ ।
मोदीको नक्कल गर्ने निधो गर्दा होइन के हुने पो हो भन्ने भैरहन्थ्यो । मैले सबै कुराको मिहिन विश्लेषण गरे र अगाडि बढेँ । मोदीको नक्कल विशुद्ध नेपाल अथवा भारतका नेताहरुलाई मात्र होइन यो हाम्रो राजनीति कता तर्फ जाँदै छ भनेर गरिएको नक्कल हो ।
यसमा पाठक तथा दर्शकहरुले बुझनु पर्ने कुरा के छ भने मैले मोदीको जुन नक्कल गरे त्यो मात्र मोदीको नक्कल थिएन र होइन । त्यो त्यस प्रवृतिमा बाच्ने र रमाउँने सबै नेताहरु प्रतिको व्यँग्य हो । नेता भन्ना साथ विशुद्ध नेपाल वा भारतको मात्रै हुदैन् । नेतृत्व र त्यसमा पनि भावि विश्व राजनिति कता गइरहेको छ ? नेताको गुण, व्यवहार, आचरण र नैतिकता कस्तो हुनु पर्छ ? भनेर देखाउन मैले मोदीलाई पात्र मात्र बनाएको हुँ । मैले यस विषयलाई देखाउँन पात्र खोजी रहेको थिए । त्यसक्रममा मोदी गुजरातका मुख्यमन्त्री थिए पछि भारतका प्रधानमन्त्री भए अनि मैले प्रधानमन्त्री छान्दा पनि त के हुन्छ र ? मेरो मोदी फरम्याटको मञ्चन पछि नेपालका मात्र नभएर भारतका सञ्चार माध्यमले समेत निकै समर्थन गरे । र, यसमा जोड्नु पर्ने कुरा के छ भने जब म लण्डन गएँ, त्यहाँको बीबीसी हिन्दी सेवाले आफ्नो स्टुडियोमा बोलाएर मेरो अन्तर्वार्ता लियो । त्यो विभिन्न अनलाइनहरुमा पनि आयो । जब बीबीसीमा प्रशारित र प्रकाशित भयो त्यसपछि हिन्दुस्तान टाइम्स्, अमर उज्याला लगायतका विभिन्न भारतिय सञ्चारमाध्यमहरुले नेपालका कलाकारको सकरात्मक चर्चा गरे । अहिले मलाई राम्रो काम गरिएछ भन्ने आत्मसन्तुष्टी भएको छ ।
हास्य व्यंग्य क्षेत्रमा नेताहरुलाई पुरै होलसेलमा गाली मात्रै गर्ने आम प्रवृत्ति हावी छ । ‘पोलिटिक्स इज डर्टि गेम’, ‘साला देश लुटाहा नेताहरु’, भन्ने ढंगले गाली गर्ने र आफ्नो राजनीतिलाई जमाउँने गरिएको देखिन्छ । म विश्लेषण सहितको व्यँग्य गर्दछु ।
मैले एउटा अरेबियन सेख, साउथ इन्डीयन मान्छे र बाबा रामदेवको पनि नक्कल गर्‍या छु । जुन अत्यन्त चर्चित रहे । तर राजनीतिमा ध्रुव तारा जस्ता उदाएका मोदीको नक्कल निकै प्रभावकारी रह्यो । नक्कलको कुरा गर्दैगर्दा मेरो मुख्य ध्यान यसको सामाजिक, सांस्कृतिक सन्देशमा र यसले समाजमा पार्ने प्रभाव नै मुख्य हुने गर्दछ । त्यो कुरा मैले प्रचण्ड देखि मोदीसम्म पच्छ्याएको छु । हरेक प्रस्तुतिका आफ्नै किसिमका समाजिक सन्देश हुने गरेका हुन्छन् । म आफ्नो कला माफर्त मैले नेताहरुलाई कहिलै पनि नाङ्गो गाली गर्ने गर्दिन । हास्य व्यँग्य क्षेत्रमा नेताहरुलाई पुरै होलसेलमा गाली मात्रै गर्ने आम प्रवितृ हावी भएको छ । ‘पोलिटिक्स इज डर्टि गेम’, ‘साला देश लुटाहा नेताहरु’, भन्ने ढंगले गाली गर्ने र आफ्नो राजनीतिलाई जमाउँने गरिएको देखिन्छ जुन मैले कहिलै गर्ने प्रयास गरिन । म विश्लेषण सहितको व्यँग्य गर्दछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies