Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले प्रचण्डलार्इ भेटे

\"prachandकाठमाडौं, १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच मंगलबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा भेट भएको छ । उक्त भेटका क्रममा अष्ट्रेलियन राजदुतले प्रचण्डकाे अष्ट्रेलिया भ्रमण स्थगन भएकाे बारेमा चासाे राखे । अष्ट्रेलिया भ्रमण स्थगित गरेको विषयमा चासो राख्दै मिडियामा आएको जस्तो नभएको अवगत गराएका थिए । राजदूत ग्लेनले प्रचण्डलार्इ अष्ट्रेलियामा कुनै खतरा नरहेकाे पनि स्पष्ट गरे । उनले आफु नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको कुरा जानकारी गराए । अध्यक्ष प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेकोबारे आफु अवगत रहेको बताए । वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले अाफ्नाे अष्ट्रेलिया भ्रमण स्थगित गर्नुपरेको उल्लेख गरे । प्रचण्डले अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय पनि उपयुक्त नभएकोले पनि स्थगित गर्नु परेको बताए । उनले राजदुत ह्वाइटसँग उपयुक्त समयमा अष्ट्रेलियाको भ्रमण गर्ने बताए । भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक विकासका बारेमा चर्चा गरेका थिए । नेपालको राजनीतिक विकास प्रक्रिया विशिष्ट खालको रहेको प्रचण्डले बताए । संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, मधेशी, थारू, जनजातिलगायतको मागलाई छलफल गरी सम्बोधन गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन र जनताका समस्यालाई हल गर्न राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतीय सरकार आवश्यकता रहे को अध्यक्ष प्रचण्डले भेटका अवसरमा बताए । उनले भने, “यसका निम्ति राजनैतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ” साथै “अन्तर्राष्ट्रिय समुदायको समेत सकारात्मक सहयोगको निम्ति अपेक्षा गर्दछौं ।” राजदूत ह्वाइटले अष्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई सहयोग गर्दै आइरहेको तथा पुनर्निमाणमा सहयोग गरिरहेको जानकारी गराए । । त्यसत्रममा अध्यक्ष प्रचण्डले भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणलगायतका क्षेत्रमा सहयोगका लागि समेत धन्यवाद दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE